Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८० बिहीबार | 30th November, 2023 Thu

भारत लागिन् सञ्चार मन्त्री शर्मा

खबरडबली संवाददाता

काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा विभिन्न कार्यक्रममा भाग लिन मंगलबार भारत प्रस्थान गरेकी छन्।

मन्त्री शर्मा बुधबार र बिहीबार नयाँ दिल्लीमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन भारत प्रस्थान गरेकी हुन्।

मन्त्री शर्मा बुधबार अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आइटीयू)को क्षेत्रीय कार्यालय उद्घाटनमा सहभागी हुने कार्यक्रम छ। नयाँदिल्लीमा स्थापना भएको आइटीयूको एसिया प्रशान्त क्षेत्रीय कार्यालय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्ने कार्यक्रम छ।

सो कार्यक्रममा विभिन्न देशका सञ्चार मन्त्रीहरू सहभागी हुने छन्। त्यस्तै मन्त्री शर्मा बुधबार नै विभिन्न देशका मन्त्रीहरू सहभागी हुने मन्त्रीस्तरीय संवादमा सहभागी हुने छिन्।

बिहीबार उनले भारतीय समकक्षी अश्विनी वैष्णवसँग दुई पक्षीय भेटवार्ता गर्ने र शुक्रबार दिउँसो स्वदेश फिर्ता हुने कार्यक्रम रहेको मन्त्री शर्माका सञ्चार विज्ञ नरेन्द्र केसीले जानकारी दिए। मन्त्री शर्मा भारतस्थित नेपाली दूतावास र त्यहाँस्थित नेपाली समुदायले गर्ने कार्यक्रममा पनि सहभागी हुनेछिन्।

मन्त्री शर्माका साथ नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरूषोत्तमप्रसाद खनाल, मन्त्रालयका सहसचिव गौरव गिरी, मन्त्री शर्माका स्वकीय सचिव हेमराज शर्मा पोख्रेल, नेपाल टेलिकममा प्रबन्धक विमल आचार्य भारत प्रस्थान गरेका छन्।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बझाङमा ४.१ रेक्टर स्केलको भूकम्प

काठमाडौँ।  बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ। आज साँझ ६:४४ बजे बझाङ सदरमुकाम र आसपासमा भूकम्प धक्का महसुस गरिएको हो। सदरमुकाम चैनपुर आसपास केन्द...

६ थान नक्कली नोटसहित एकजना पक्राउ

काठमाडौँ। काठमाडौं महानगरपालिका–३१ शङ्खमूलबाट एक हजार दरको नोट पाँच थान र ५०० दरको नोट एक थान गरी जम्मा ६ थान नक्कलीजस्तो देखिने नोटसहित एकजना पक्राउ ...

सामाजिक सद्भाव प्रवर्द्धन गर्नुपर्नेमा पूर्वराष्ट्रपति यादवको जोड

काठमाडौँ।  प्रथम राष्ट्रपति डा रामवरण यादवले राष्ट्रिय एकता र धार्मिक सद्भावसहित देश विकासमा लाग्नुको विकल्प नरहेको बताएका छन् । धनुषाको जनकपुरधाम ...

रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले

काठमाडौँ।  रास्वपाले सांसद स्वर्णिम वाग्लेलाई उपसभापति बनाएको छ । यस्तै सहमहामन्त्रीमा कविन्द्र बुर्लाकोटी, सुमना श्रेष्ठ र विपिन आचार्य चयन भएका छन् ...

भद्रपुर उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि काठमाडौँ ‘डाइभर्ट’

काठमाडौँ। काठमाडौंबाट झापाको भद्रपुर विमानस्थलका लागि उडान भरेको जहाजमा प्राविधिक समस्या देखिएको छ। समस्या देखिएपछि जहाजलाई पुनः त्रिभुवन अन्तर्राष्ट्...

गणतन्त्र विरोधी गतिविधिलाई निस्तेज पार्न संविधान कार्यान्वयनमा जोड दिऔँ : कांग्रेस

काठमाडौँ। सत्तारुढ प्रमुख घटक नेपाली कांगेसले संविधान कार्यान्वयनमा जोड दिने निष्कर्ष निकालेको छ ।  बुधवार धुम्बाराहीस्थित पार्टी सभापति शेरबहादुर ...

फेवातालको मापदण्ड लागु गर्न मुख्यमन्त्रीको संयोजकत्वमा समिति गठन

काठमाडौँ। फेवातालको मापदण्डबारे सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयन गर्न गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको संयोजकत्वमा समिति गठन गरिएको ...

अहिलेकै व्यवस्थाभित्र रहेर नागरिकको अवस्था परिवर्तन गर्छौँ : रवि लामिछाने

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान व्यवस्थाभित्र रहेर नागरिकको अवस्था परिवर्तन गर्ने बताएका छन्। बुधवार जनकपुरधाम...

अष्ट्रेलियामाथि भारतको विशाल लक्ष्य

काठमाडौँ। युवा ओपनर रितुराज गायकवाडको शतकमा भारतले तेस्रो टि२० आई खेलमा अष्ट्रेलियालाई २ सय २३ रनको विशाल लक्ष्य दिएकोछ । गुवाहाटीमा टस हारेर पहिला...

काठमाडौं महानगरमा सुर्तीजन्य पदार्थ बेच्न नपाइने

काठमाडौँ।  काठमाडौं महानगरपालिकाले प्लास्टिकको बट्टामा प्याकेजिङ गरिएका सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाएको छ । अबदेखि महानगर क्षेत्रभित्रका...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies