Khabar Dabali १८ बैशाख २०८३ शुक्रबार | 1st May, 2026 Fri

थारू हस्तकला सामग्रीको व्यावसायिक उत्पादन

खबरडबली संवाददाता

कञ्चनपुर । परम्परागत सीपको प्रयोग गरी थारू समुदायले हस्तकलाका आकर्षक सामग्री बनाउँदै आएका छन् । दैनिक जीवनमा प्रयोग हुने हस्तकलाका सामग्रीलाई घरायसी प्रयोजनका लागि मात्रै सीमित राखिने गरिएको छ ।

पुस्तौँदेखि बनाइँदै आएका सामग्रीलाई परिमार्जन गरी बजारमा बिक्री गर्न सकिए सहजरूपमा थारू समुदायले आयआर्जन गर्न सक्ने थारू अगुवा शुक्लाफाँटा नगरपालिका–१० का हवल्दार चौधरीले बताए ।

डेल्वा, ढक्या, पनछोपनी, छिटुवा, छतरी, पङ्खा, सुप्पा, मच्या, भौका, गोन्द्री, गाग्री, करुवा, डोरी, सिकहर, व्याना, मच्या, खटौलीलगायतका स्थानीय साधन स्रोतको प्रयोग गरी थोरै लागतमा निर्माण गरिने घरायसी काममा प्रयोग हुने सामग्रीको व्यावसायिक उत्पादन गरी थारू समुदायले गतिलो आम्दानी लिन सक्ने उनले बताए ।
 
“सीप भएर पनि थारू समुदायले पुर्खाँदेखि पुस्तान्तरण हुँदै आएको सीपको प्रयोग गरी बनाइँदै आएका सामग्री घरभित्रै सीमित राखिएका छन्”, उनले भने, “केही सामग्री बूढापाकाको ढल्किँदो उमेरसँगै ओझेलमा पर्न थालेका छन्, युवा पिँढीको सिक्ने उत्सुकता नहुनु र बूढापाकाको सिकाउने चाहना नहुँदा पुराना हातैले निर्माण गरिने सामग्री लोप हुने अवस्थामा पुग्न थालेका छन् ।”

हाल घर सजावट गर्ने चलन चलेको छ । घर सजावटका सामग्री विदेशबाट आयात हुने गरेका छन् । घर सजावटका लागि थारू समुदायले धेरै पहिलेदेखि बनाउँदै आएका सामग्री विकल्प हुनसक्ने थारू अगुवाहरूको भनाइ छ । 

“हस्तकलाका सामग्री बनाउने सीप भए पनि थारू समुदायका अधिकांश व्यक्तिको आर्थिक अवस्था कमजोर हुँदा व्यावसायिक उत्पादन गर्न सक्ने अवस्थामा छैनन्”, थारू बुद्धिजिवी वीरबहादुर राजवंशीले भने, “थारू समुदायलाई घरायसी प्रयोगमा आउने गरेका वस्तु बजारमा बिक्री गरेर आम्दानी गर्न सकिन्छ भन्ने व्यासायिक सोचको विकास गर्न जरुरी छ, यसका लागि स्थानीय तहले उत्प्रेरित गर्नुपर्छ ।”

घरमा वर्षौदेखि बनाइँदै आएका सामग्री बनाएर बजारमा बिक्री गरेर आम्दानी हुन्छ भन्ने कुराको ज्ञान नभएर पनि व्यावसायिकरूपमा थारू समुदाय अगाडि सर्न नसकेको उनले उल्लेख गरे ।

परम्पारगत सीपलाई परिमार्जन गरी आधुनिक तरिकाका बुट्टा भर्ने, चित्र बनाउने, डिजाइन गर्नेलगायतका सीप सिकाएर थारू समुदायका महिला–पुरुष दुवै जनालाई व्यावसायिक बनाउन सकिने थारू अगुवा दानसिंह दहितले बताए । 

घरायसी सामानसँगै थारू समुदायका महिलाले लगाउने गहना, पहिरनले विस्तारै बजार लिन थालेको छ । केही व्यक्तिले थारू समुदायका महिलाले लगाउने पहिरनको व्यावसायिक उत्पादन गरी बजारमा ल्याउन लागे पनि त्यो सङ्ख्या थोरैमात्रै रहेको दहितले बताए । कारिगर नहुँदा परम्परागत गहना लोप हुने सङ्घारमा पुगेको उनी बताउछन्।

थारू समुदायका थोरै लागतमा आकर्षक ढङ्गबाट कलात्मक बुट्टा भरेर बनाइने गहना बनाउने कारिगरलाई व्यावसायिक बनाएमात्रै गहना जोगाउन सकिने उनले बताए । स्थानीय तहले परम्परागत सीपलाई आधुनिक बनाउन तालिम, बजार प्रवद्र्धनसँगै लगानीको वातावरण बनाउन भूमिका खेल्नुपर्ने धनबहादुर कुश्मी बताउछन् ।

“स्थानीय तहले थारू समुदायका महिलाले लगाउने लेहङ्गा, चोली बनाउने तालिम दिने गरेका भए पनि त्यो तालिम सकिएपछि सबैले बिर्सने गरेका छन्”, उनले भने, “व्यावसायिक योजना बनाई लगानीको वातावरण कायम गरिनुपर्छ, नजिकको सरकार भनेकै स्थानीय तह भएकाले त्यसको महत्वपूर्ण भूमिका रहन्छ, तालिम लिएकालाई व्यावसायिक कार्यमा संलग्न गराउनका लागि आवश्यक पूँजीको व्यवस्थाका लागि बैंक तथा वित्तीय संस्थासँग सहजीकरण गरिदिने, बजारको खोजी गरिदिए परम्परागत सीपमा आधारित व्यवसायलाई जीवन्त राख्न सकिन्छ ।”

 थारू समुदायका गहना, पहिरन घरायसी प्रयोगमा ल्याउने हस्तकलाका सामग्रीलाई आधुनिक बनाउन, संरक्षण गर्न र व्यावसायिक बनाउन स्थानीय तहले हालसम्म कुनै पनि कार्यक्रम ल्याउन नसकेकामा रतनबहादुर राना चिन्ता व्यक्त गर्छन् ।

“तराईका भूमिपुत्रका रूपमा रहेका थारू समुदायको कला, संस्कृति र त्यससँग जोडिएका वस्तुको संरक्षण गर्ने कर्तव्य स्थानीय तहको हो”, उनले भन्नुभयो, “त्यसका लागि चासो दिने गरिएको छैन, थारू समुदायको नयाँ पिँढीलाई परम्पारगत वस्तुको महत्वका बारेमा बुझाउन थारू अगुवाहरू अगाडि सर्नुपर्ने हुन्छ ।”

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अतिक्रमित जग्गा खाली गराउन ७७ वटै जिल्लाहरूलाई गृहको सर्कुलर

काठमाडौं । सरकारले देशभरका अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गामा बनेका संरचना हटाउने अभियानलाई तीव्र बनाएको छ। यसका लागि गृह मन्त्रालयले ७७ वटै जिल्ल...

जेनजी आन्दोलनमा भागेका व्यक्तिबाट हत्यापछि लुटपाट, २५ दिनपछि पक्राउ

नवलपुर। नवलपुरको देवचुली–१६ टाँगीकोटका ७५ वर्षीय जिवनराम थनेको हत्या गरी सुनका गरगहना लुटपाट गरी फरार एक जना पक्राउ परेका छन् ।  प्रहरीको केन्द्रीय...

स्थानीय तहबाटै नापी–मालपोत सेवा दिन २०७ पालिका इच्छुक

काठमाडौं । स्थानीय तहबाटै नापी तथा मालपोत सेवा प्रवाह गर्ने सरकारको योजनामा देशभरका २०७ वटा पालिकाले रुचि देखाएका छन्। भूमि व्यवस्था, सहकारी तथा गर...

अध्यादेशबारे कानुनविद्हरूसँग छलफल गर्न थाले राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेका विभिन्न अध्यादेशहरूबारे कानुनविद्हरूसँग छलफल गरेका छन्। राष्ट्रपति निवास शीतलनिवासमा ...

मापदण्डविपरीत चलेका मोरङका दुई क्रसर उद्योग बन्द

विराटनगर। मापदण्डविपरीत सञ्चालन र अनधिकृत उत्खनन गरेको भन्दै मोरङको चिसाङ खोला किनारमा सञ्चालित दुईवटा क्रसर उद्योग १३ दिनदेखि बन्द गरिएका छन् । जिल्ल...

राष्ट्रपतिद्वारा एक मात्र अध्यादेश जारी, बाँकीबारे परामर्श जारी

काठमाडौं । रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेका ६ वटा अध्यादेशमध्ये हालसम्म सहकारी ऐन पहिलो संशोधन अध्यादेश मात्र जारी गर्नुभएको छ। सरकारले संवै...

अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना

काठमाडौँ। नयाँ शैक्षिकसत्र सुरू भएसँगै अभिभावकको रोजाइमा परेका केही सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना गराउन अभिभावक, शिक्षक–कर्मचारीलाई भ्याइनभ्या...

सरकारका जनहितकारी कार्यमा कांग्रेसको साथ रहन्छ : विश्वप्रकाश शर्मा

दमक। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नेपाली कांग्रेसलाई समयअनुसार परिमार्जन गर्दै व्यवस्थित र सुदृढ दलका रूपमा अघि बढाइने बताएको छन् । ...

रोल्पाको जलजलामा जिप दुर्घटना:१५ जना गम्भीर घाइते, उद्धारमा कठिनाइ

काठमाडौं । रोल्पाको थवाङ गाउँपालिका–१ जलजलामा मेला भर्न गएका व्यक्तिहरू चढेको जिप दुर्घटना भएको छ। दुर्घटनामा कम्तीमा १५ जना गम्भीर घाइते भएका छन् भने...

मधेसको खानेपानी सङ्कट समाधानमा संसदीय समितिको जोड

काठमाडौँ ।राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिले मधेस प्रदेशमा देखिएको खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी समस्या तत्काल सम...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending