वीरगन्ज । अर्थतन्त्रलाई चलायमान बनाउन नयाँ वर्षको अवसर पारेर वीरगन्ज महानगरपालिकाले वीरगन्जमै पहिलो पटक ‘रात्रि बजार’ लगाउने भएको छ ।
यही चैत ३० गते बेलुकादेखि २०८० वैशाख २ गते मध्यरातिसम्म वीरगन्जको आदर्शनगर चोकदेखि पुरानो बसपार्कसम्म ‘रात्रि बजार’ लगाइने महानगरपालिकाले जनाएको छ ।
वीरगन्जवासीको सपना साकार पार्ने सङ्कल्पअनुरुप वीरगन्जमै पहिलो पटक ‘रात्रि बजार’ लगाउन लागिएको महानगर प्रमुख राजेशमान सिंहले जानकारी दिए । आर्थिक नगरी भनेर वीरगन्ज परिचित भए पनि यहाँको व्यवसाय साँझ नपर्दै बन्द हुने गरेकाले यहाँको अर्थतन्त्र चलायमान बनाउन र बजार अबेरसम्म सञ्चालन हुने वातावरण बनाउन परीक्षणस्वरूप नयाँ वर्षको अवसर पारेर तीन दिने रात्रि बजार लगाउने तयारी गरिएको महानगरप्रमुख सिंहले बताए ।
“व्यावसायिकरूपमा वीरगन्जको पहिचान थप बढाउन र रोजगारको अवसर प्रदान गर्ने योजनासहित ‘रात्रि बजार’ लगाउन लागेका हौँ”, उनले भने, “यसले बजार चलायमान बनाउने विश्वास लिएका छौँ ।”
महानगरको आयोजनामा वीरगन्जमै पहिलो पटक हुन लागेको ‘रात्रि बजार’ मा विभिन्न ठाउँका विशेष खानाका परिकार, लत्ताकपडा, कस्मेटिक, भाँडाकुँडालगायतका सरसामान पाउनुका साथै वीरगन्जमै पहिलो पटक तन्दुरी चायको सुरुआत गरिने पनि महानगर प्रमुख सिंहले जानकारी दिए ।
रात्रि बजार आयोजना गर्दै गर्दा अवसर र चुनौतीबारे सम्बन्धित निकायसँग समन्वय भइरहेको र यसबाट नयाँ सन्देशसहित सफलता प्राप्त भए लामो समयसम्म बजार लगाउन सकिने भएकाले वीरगन्जमै पहिलो पटक नयाँ अवधारणासहित लाग्ने बजारमा सहभागी भई सफल बनाउन प्रमुख सिंहले अपिल पनि गरे ।
ग्रीन सिटी सामुदायिक सेवा प्रहरी केन्द्र, एन.वाई.ई.एफ, वीरगन्ज साइक्लिङ क्लब, ओमेन्स क्रिएसन र फोर.जि.आर जस्ता संस्थासँगको सहकार्यमा ‘रात्रि बजार’ तयारीको काम अघि बढाइएको उनले बताए । रात्रि बजारमा लगाइने स्टलहरू बुकिङको काम अहिले धमाधम भइरहेको सहआयोजक ग्रिन सिटीका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिए ।
आदर्शनगर चोकदेखि कैलाश चोक र त्यहाँबाट पुरानो बसपार्कसम्मको क्षेत्रमा करिब एक सय स्टल लगाउने गरी आवश्यक तयारी गरिएको र अहिले स्टल बुकिङको काम धमाधम भइरहेको उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: