Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

गृह र अर्थमध्ये एक मन्त्रालय आफैँ लिने माओवादीको अडान

प्रचण्डपछि प्रधानमन्त्री को ? देउवा कि माधव नेपाल

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमवार संसद्‌मा विश्वासको मत लिएसँगै आफूलाई समर्थन गर्ने दलहरूसँग शक्ति बाँडफाँटबारे छलफल अघि बढाउने उनका प्रमुख सल्लाहकारले बताएका छन्।

यद्यपि उनका भनाइमा अहिले पनि मन्त्रिमण्डलमा दलहरूको हिस्सेदारीबारे “अनौपचारिक छलफल” जारी छन्।

प्रधानमन्त्रीलाई विश्वासको मत दिने र सरकारमा सामेल हुने निर्णय गरेको संसद्‌को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका प्रवक्ताले पनि विश्वासको मत दिएपछि मात्र सत्ता साझेदारीबारे विस्तृत छलफल अघि बढ्ने जनाकारी दिए।

संसद्‌को चौथो ठूलो दलका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले भने प्रचण्डलाई दिएको समर्थन कायम रहेको तर सरकारमा सहभागी हुने वा नहुनेबारे अहिले छलफल नभएको जनाएको छ।

माओवादीको अडान

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार तथा माओवादी नेता हरिबोल गजुरेलले विश्वासको मत लिएपछि संविधानले तोकेको मापदण्डभित्र रहेर मन्त्रिमण्डलको गठन हुने बताए।

उनले भने, “संविधानको परिधिभित्र रही हामी साझेदार दलहरूसँग पनि कुराकानी गरेर सोही बमोजिम मन्त्रिपरिषद्को गठन गर्छौँ।” उनले विश्वासको मत लिएपछि मात्र सत्ता साझेदारीबारे विस्तृत र औपचारिक छलफल अघि बढ्ने बताए।

गजुरेलले भने, “अहिले अनौपचारिक छलफलहरू मात्र भइरहेका छन्। विश्वासको मत प्राप्त गरेपछि औपचारिक र घनीभूत छलफल हुनेछन् र त्यसैअनुसार मन्त्रिमण्डल गठन हुन्छ। हामीले संविधानले दिएको सीमाभन्दा बढी जाने भन्ने हुँदैन। त्यसैभित्र हुन्छ।”

उनका भनाइमा आगामी शुक्रवार (चैत १० गतेभित्र)सम्ममा मन्त्रिपरिषद्ले पूर्णता पाइसक्नेछ।
गजुरेलका अनुसार सत्ताको नेतृत्व गर्ने दलले नै “गृह र अर्थमध्ये एक मन्त्रालय” लिनुपर्छ भन्ने माओवादीले ठानेको छ।

उनले भने, “गृह र अर्थ मन्त्रालयमध्ये एउटा चाहिँ प्रधानमन्त्री जो हुन्छ उसैको पार्टीको हुँदा सहज हुने रहेछ। पहिले विशेष कारणले भएन तर अहिले चाहिँ त्यस्तो हुँदैन। त्यसले सरकार सञ्चालनमा असहजता उत्पन्न हुने रहेछ।”

उनले साझेदार दलहरूसँगको छलफलमा माओवादीको त्यो अडान कायम रहने सङ्केत गरे।

आलोपालोमा देउवा कि नेपाल?

राष्ट्रपति निर्वाचनका क्रममा बनेको नयाँ समीकरण अनुसार ‘अब आलोपालो प्रधानमन्त्री हुने हो?’ भन्ने प्रश्नमा उनले त्यस्तो गर्ने अनौपचारिक सहमति रहेको कुरा अस्वीकार गरेनन्।

तर उनले आलोपालो प्रधानमन्त्री हुने क्रममा अब नेपाली कांग्रेसले नै प्रधानमन्त्री पाउने हो वा होइन भन्नेबारे छलफल हुन बाँकी रहेको बताए।

“अब कांग्रेसले राष्ट्रपति पाइसकेको अवस्थामा कसरी जाने भन्ने छलफल जारी छ। माधव नेपालजी पनि हुनुहुन्छ” गजुरेलले भने, ‘त्यसो भए अब माधवजी प्रधानमन्त्री बन्ने हो?’ भन्ने प्रश्नमा उनले भने, “त्यसबारे पनि विस्तृत छलफल हुन बाँकी नै छ।”

उनका दाबीमा अहिलेको गठबन्धन पाँच वर्षसम्म टिक्नेछ। त्यसका लागि आलोपालोलगायनका विषयमा थप छलफलहरू हुनेछन्।

‘सरकारबाट बाहिरिएका अन्य दल र एमालेलाई पनि समेट्नेबारे पनि छलफल भएको हो?’ भनेर सोधिएको प्रश्नमा उनले एमालेसँग सत्ता साझेदारीबारे अहिले छलफल नभएको बताए।

गजुरेलले भने, “त्यो राष्ट्रपति चुनावका बेला भएको छलफल हो। त्यसबेला सहमति नबनेपछि अब त्यसको त च्याप्टर नै क्लोज भइहाल्यो नि!”

कांग्रेस र अरु दल के भन्छन्?

कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले आइतवार प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको थियो। त्योसँगै उसले सरकारमा सामेल हुने पनि निर्णय गर्‍यो। तर त्यसबारे औपचारिक छलफल गर्न बाँकी रहेको कांग्रेस प्रवक्ता प्रकाशरण महतको भनाइ छ।

उनले बैठकपछि संवाददाताहरूलाई भने, “विश्वासको मत लिइसकेपछि सरकारमा जाने कुरा पनि अघि बढ्छ। कोको जाने भन्ने तय भएको छैन नेतृत्वले सुझाव सल्लाह लिएर अघि बढ्नुहुन्छ।”

उक्त दलका दुई महामन्त्री विश्वप्रकाश शर्मा र गगन थापाले अहिले आफूहरू मन्त्री नबन्ने घोषणा गरेका छन्। नेता पूर्णबहादुर खड्काको नेतृत्वमा कांग्रेस सरकारमा जाने भएको भन्ने विवरण पनि सार्वजनिक भएका छन्।

तर महतले अहिले नै कसको नेतृत्वमा सरकारमा जाने तय भइनसकेको बताए। त्यस्तै आइतवारै पार्टी बैठकबाट प्रचण्डलाई रहेको समर्थन कायम राख्ने निर्णय गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले भने सरकारमा जानेबारे अहिले छलफल नगरेको उक्त दलका एकजना केन्द्रीय सदस्य रमेश प्रसाइँले बताए।

उनले भने, “यसअघि हामीले सरकारलाई समर्थन दिएको समयमा २०४६ साल यताका भ्रष्टाचारका मुद्दा छानबिन गर्ने, सरकारी सेवा प्रवाहमा टाइम कार्ड लागु गर्ने, विदेशमा भएका नेपालीहरूलाई मतदानको अधिकार दिने जस्ता मुद्दा समावेश दिए। यी मुद्दाहरू सरकारको वार्षिक निती र कार्यक्रममा कायमै रहेको अवस्थामा हाम्रो समर्थन जारी रहन्छ।”

उनले अब विस्तार हुने मन्त्रिपरिषद्‌मा सहभागी हुनेबारेमा भने आफ्नो दलले कुनै निर्णय नलिएको बताए।

प्रधानमन्त्रीले नै सम्हालिरहेका छन् १६ मन्त्रालय

सत्ताको नेतृत्व गरिरहेको संसद्‌को तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालले अहिले १६ वटा मन्त्रालयको जिम्मेवारी आफैँले सम्हालिरहेका छन्।

आम निर्वाचनपछि पुरानो गठबन्धन छाडेर नेकपा एमालेको साथ लिइ प्रधानमन्त्री बनेका प्रचण्डले राष्ट्रपति चुनावमा नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने सहमति गरेसँगै एमालेले उनलाई दिएको समर्थन फिर्ता लिएको थियो।

त्यसअघि नै आफ्नो दलका अध्यक्ष रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले गरेको निर्णयका कारण सांसद र गृहमन्त्री पद गएसँगै उनको दलले राखेको अडान पूरा नहुँदा राष्ट्रिय स्वतन्त्र पार्टी पनि सरकारबाट बाहिरिएको थियो।

त्यस्तै राष्ट्रपति निर्वाचन पूर्व नयाँ समीकरण बनेसँगै राप्रपाले पनि सरकारबाट बाहिरिने निर्णय गरेको थियो।  बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending