काठमाडौं । पुस १० गते प्रधानमन्त्री भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज दोस्रो पटक विश्वासको मत लिँदैछन् । यसअघि पुस २६ गते विश्वासको मत लिँदा उनले संसदमा उपस्थित २७० मध्ये २६८ जना सांसदको मत पाएका थिए ।
दुई महिनामै सत्ता समीकरण फेरिँदा एमाले र राप्रपा सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि संवैधानिक बाध्यताअनुसार प्रधानमन्त्री प्रचण्डले दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् ।
एमाले नेतृत्वको सात दलीय गठबन्धन भत्काएर चुनावअघिकै गठबन्धन ब्युँताएका प्रचण्डलाई दश दलीय गठबन्धनको साथ छ । गठबन्धनमा माओवादीसहित कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी, जनमत, नागरिक उन्मुक्ति, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय जनमोर्चा, आम जनता पार्टीले विश्वासको मत दिने भएका छन् ।
तर, सरकारबाट बाहिरिएपछि अझै समर्थन कायम राखेको प्रतिनिधिसभाको चौथो दल राष्ट्रिय स्वतन्त्र पार्टीले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको छ । रास्वपाको प्रतिनिधिसभामा १९ जना सांसद छन् ।
कांग्रेस, रास्वपा र नेकपा एसले आजै बैठक बसेर प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेका छन् । योसँगै प्रधानमन्त्रीको पक्षमा ११ दल खुलेका छन्।
प्रचण्ड नेतृत्वको सरकारले संविधानको रक्षा, समृद्धि, स्थिरतालाई केन्द्रमा राखेर कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिन लागेको पार्टी प्रवक्ता प्रकाशशरण महतले बताए ।
कांग्रेस, नेकपा एससहित गठबन्धनमा सामेल अन्य साना दलले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिने निश्चित छ । अहिले एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेमकिपामात्रै प्रधानमन्त्रीको विपक्षमा उभिने देखिएको छ ।
एमालेको ७८, राप्रपाको १४ र नेमकिपाको १ जना सांसदले विश्वासको मत नदिने निश्चित छ ।
प्रधानमन्त्री प्रचण्डले कांग्रेसको ८७, माओवादीको ३२, रास्वपाको १९, जसपाको १२, नेकपा एसको १०, जनमतको ६, लोसपाको ४, नाउपाको ४, राजमो र आम जनता पार्टीका एक(एक सांसदले विश्वासको मत पाउनेछन् । यीबाहेक केही स्वतन्त्र सांसदको पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिने आकलन गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १४ गते, २०८२ - ०७:५०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका सं...
पौष १४ गते, २०८२ - ०७:४४
म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालको जीवनका पाँच दशक भेडाको बथानसँगै लेकबेँसी गर्दै बितेका छन्। सात वर्ष...
पौष १४ गते, २०८२ - ०७:२३
काठमाडौँ । नियमित रूपमा बजार अनुमगन तथा निरीक्षण गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ वटा उद्योग तथा फर्मको अनुमगन गरी कारवाही गर...
पौष १४ गते, २०८२ - ०७:२०
काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा निर्धारण गरेको छ । आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेद्वारले रु त...
पौष १४ गते, २०८२ - ०७:१९
चन्द्रपु । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि जिल्लामा एक मतदातास्थल सहित १८ केन्द्र थप गरिएका छन् । जिल्ला निर्वाचन कार्यालयलका अनुसार २०७९ सालमा भए...
पौष १४ गते, २०८२ - ०७:०८
सर्लाही । नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा मलङ्गवा नगरपालिका–७, मुसैलीका वडाध्यक्ष मो ईशा मिक्रानी पक्राउ परेका छन् । वडाध्यक्ष मिक्र...
पौष १४ गते, २०८२ - ०७:०२
महोत्तरी । लगातारको शितलहर । पुसको पहिलो सातादेखि महोत्तरीसहितका मधेसमा दिनप्रतिदिन लगलगी मुटु कमाउने जाडो छ । यसले सबैभन्दा बढी बनिहारा अर्थात दैनिक ...
पौष १३ गते, २०८२ - ०९:२९
कञ्चनपुर । भारतसँग जोडिएको खुला सीमा, प्रविधिको बढ्दो दुरुपयोग र आफन्तकै संलग्नताले यहाँ मानव बेचबिखन तथा ओसारपसारको जोखिमयुक्त क्षेत्र बन्दै गएको छ ।...
पौष १३ गते, २०८२ - ०९:२०
अन्य पार्टीमा विलय नहुने निष्कर्ष, अब संगठन विस्तार र चुनाव केन्द्रित हुने रणनीति
पौष १३ गते, २०८२ - ०९:१०
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूर...




प्रतिकृया लेख्नुहोस्: