Khabar Dabali ३२ असार २०८३ बिहीबार | 16th July, 2026 Thu
Investment bank

प्रतिनिधिसभाको बैठक बस्दै, प्रमुख प्रतिपक्ष कांग्रेस कि एमाले ?

सत्य निरुपण र बेपत्ता छानबिन आयोगसम्बन्धी विधेयक पेश हुँदै

खबरडबली संवाददाता

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ। संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकका लागि संघीय संसद् सचिवालयले  सम्भावित कार्यसूची तय गरेको छ।

बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरुको व्यहोरा जानकारी गराउनेछन्।  उनले नेपालको संविधानको धारा ६२ को उपधारा (६) बमोजिम प्रतिनिधि सभा सदस्यको स्थान एक रिक्त रहेको व्यहोरा प्रतिनिधि सभा नियमावली, २०७५ को नियम २१२ को (१) बमोजिम जानकारी गराउनेछन्।

बैठकमा राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त अनुगमन तथा मूल्यांकन विधेयक, २०७८ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची पनि छ।

यस्तै, बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन विधेयक र बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो) संशोधन विधेयक, २०७९ पेस गर्नेछन्।

तर, गत फागुन १७ मा प्रतिपक्षमा को बस्ने विवाद भएपछि सभामुख घिमिरेले बैठक झण्डै एक महिना पछि सारेका थिए।   

एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वलाई दिएको समर्थन फिर्ता लिएको र कांग्रेस सरकारमा सहभागी भइनसकेको अवस्थामा संसद बैठकमा प्रमुख प्रतिपक्षीको कुर्सीमा कुन दल बस्ने भन्ने हानाथाप हुने भएपछि फागुन १७ गते बस्ने बैठक चैत ५ का लागि सारिएको थियो।

नेपाली कांग्रेसले संसदको प्रतिपक्षीबाट सत्ता पक्षीय बेञ्चमा सर्ने तयारी गरेको छ।माओवादी केन्द्रले राष्ट्रपतिमा समर्थन गर्दै १२ फागुनमै कांग्रेससँग सहकार्य सुरु गरेको थियो भने नेकपा एमालेले १५ फागुनमा समर्थन फिर्ता लिएर सरकार छाडेको थियो।

कांग्रेसले प्रतिपक्षी बेञ्च नछाडेको र एमालेले प्रतिपक्षी बेञ्चमा बस्ने बताएका कारण के गर्ने भनेर छलफल गर्न सभामुख देवराज घिमिरेले शनिबार प्रमुख दलका प्रमुख सचेतकहरुलाई बोलाएका थिए।

सिंहदरबारमा भएको छलफलमा एमाले प्रमुख सचेतक पदम गिरीले आफूहरु प्रमुख प्रतिपक्षी भएको र त्यसअनुसार नै संसदमा सिट व्यवस्थापन हुनुपर्ने बताएका छन्।

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने भोलि विहान साढे १० बजे आफ्नो दलको बैठक बसेर एउटा धारणा बनाउने भन्दै सिटको विषय समस्या नहुने बताए। त्यस बिषयमा छलफल गर्न कांग्रेको कार्यसम्पादन समितिको बैठक बस्दैछ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending