Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

खोटाङमा करेन्ट तथा विस्फोटक पदार्थ प्रयोग गरेर माछा मार्न प्रतिबन्ध

खबरडबली संवाददाता

खोटाङ । खोटाङको रावाबेँसी गाउँपालिकाले आफ्नो सीमा क्षेत्रका नदी तथा खोलामा करेन्ट तथा विस्फोटक पदार्थ प्रयोग गरेर माछा मार्न रोक लगाएको छ । दूधकोसी र रावाखोलामा अवैध तरिकाले करेन्ट तथा विस्फोटक पदार्थ प्रयोग गरेर माछा मार्ने गरेको गुनासो आएपछि गाउँपालिकाले सूचना जारी गर्दै नदी तथा खोलामा करेन्ट तथा विस्फोटक पदार्थ प्रयोगमा रोक लगाएको हो । 

करेन्ट र ब्लाष्टिङको प्रयोग गर्दा नदी तथा खोलामा भएका सबै किसिमका जलचरको अस्तित्व नै समाप्त हुने र पर्यवरणमा क्षति पुग्ने भएकाले सो कार्यमा रोक लगाउनुपरेको रावाबेँसी गाउँपालिका प्रमुख फटिककुमार श्रेष्ठले बताए । “माछा मार्नेक्रममा करेन्ट तथा ब्लाष्टिङ प्रयोगले माछासँगै जलचरसमेत पूर्णरुपमा नष्ट हुन्छ”, उनले भने, “आगामी दिनमा माछा मार्ने क्रममा नदी तथा खोलामा करेन्ट र विस्फोटक पदार्थ प्रयोग गरेको पाइएमा कानुनबमोजिम कडा कारबाही गरनेछ ।”  

रावाखोलामा धेरैजसो अन्यत्रबाट आउने व्यक्तिले माछा मार्नेक्रममा करेन्ट तथा विस्फोटक पदार्थ प्रयोग गर्ने गरेको गाउँपालिकाले जनाएको छ । दूधकोसीमा भने स्थानीय बासिन्दाले नै विष लगाउनुका साथै ब्लाष्टिङ हानेर माछा मार्ने गरेको बताइएको छ । 

जिल्लाको उत्तरी क्षेत्रमा बग्ने रावाखोलामा पाइने असला माछा देशभर प्रसिद्ध छ । रावाखोलामा पाइने असला माछाको सिकुटी राजधानी काठमाडौँलगायत विभिन्न सहर तथा बजारमा निर्यात हुने गरेको छ ।  रावाखोलाको माछा मारेर स्थानीय बासिन्दाले राम्रो आयआर्जनसमेत गर्दै आएका छन् । सावाखोला आसपास गर्ने कुभिण्डे, खार्पा, लामीडाँडा, हौँचुर, जालपालगायतका स्थानीय बासिन्दाले माछा मार्ने व्यवसाय गर्दै आएका छन् । 

रावाखोलामा प्रतिकेजी रु छ सय मा बिक्री हुँदै आएको असला माछाको सुकुटी जिल्लामै प्रतिकेजी रु तीन हजार पाँच सयमा बिक्री हुने स्थानीय बासिन्दाले बताएका छन् । जिल्लका रावाखोलासँगै तापखोला, साप्सुखोला, बुँवाखोला, टुवाखोला, देखुमखोलालगायतमा असला माछा पाउने गरेको छ । यसअघि केपिलासगढी गाउँपालिकाले पनि स्थानीय खोलामा करेन्ट तथा विस्फोटक पदार्थ प्रयोग गरेर माछा मार्न रोक लगाएको थियो । गाउँपालिकाले करेन्ट तथा विस्फोटक पदार्थ प्रयोग गर्न रोक लगाएपछि स्थानीय खोलामा असला माछासमेत वृद्धि भएको स्थानीय बासिन्दाले जानकारी दिएका छन् । 

गत वर्ष जनता समाजवादी पार्टी (जसपा) खोटाङले गठन गरेको सुरक्षा दलले माछा मार्नेक्रममा स्थानीय खोलामा विष लगाउने, करेन्ट लगाउने र ब्लाष्टिङ गर्नेलगायतका गतिविधिलाई रोक लगाउन सम्बन्धित पक्षलाई लगाउन आग्रह गरेको थियो । विष, करेन्ट र ब्लाष्टिङको प्रयोग गर्दा खोलामा भएका सबै किसिमका जलचरको अस्तित्व नै समाप्त हुने र कतिपय अवस्थामा करेन्ट लाग्दा मान्छेको ज्यान नै जाने गरेको उदारण प्रस्तुत गर्दै सुरक्षा दलले पर्यावरणको संरक्षण गर्दै माछाबाट आर्थिक उपार्जनमा टेवा पुग्ने किसिमका कार्यक्रम सञ्चालन गर्न जिल्लास्थित स्थानीय सरकार, जिल्ला प्रशासन र सुरक्षाकर्मीको ध्यानाकर्षण गराएको हो ।

सुरक्षा दलले स्थानीय खोला तथा नदीमा पाइने माछालाई आयआर्जनको माध्यमका रुपमा विकास गर्ने खालका कार्यक्रम सञ्चालन गर्न स्थानीय सरकारसमक्ष माग गरेको थियो । स्थानीय खोलामा पाइने माछालाई जैविक विविधतामा असर नपुग्ने गरी उचित समयमा सही विधि अपनाएर मार्ने र आर्थिक आयआर्जनमा टेवा पुग्ने गरी जनचेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताएको थियो । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र

काठमाडौँ। केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाल राष्...

हामीले दुई सय आठ रोपनी सार्वजनिक जग्गा फिर्ता गर्याै : बालेन शाह

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफू प्रमुखको भूमिकामा आएपछि रु २३ अर्ब मूल्य बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिएको ...

ओली प्यानलमा नपरेपछि रघुजी पन्तले दिए उपाध्यक्षमा उम्मेदवारी

काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । पन्त केपी शर्मा ओली समूहमा थिए तर ओली समूहले उनलाई समेटेर प्यानल बनाएन ।...

मनहरीमा शिकारीको बन्दुक पड्कँदा अर्का शिकारीको मृत्यु

मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार गर्न हिँडेका शिकारीको भरुवा बन्दुक पड्किँदा अर्का शिकारीको मृत्यु भएको छ । ...

भिजिट भिसा प्रकरण: म्याग्दीका सीडीओ बद्रि तिवारी गृह मन्त्रालय तानिए

काठमाडौं । भिजिट भिसा प्रकरणमा नाम जोडिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ)बद्रि तिवारीलाई गृह मन्त्रालय तानिएको छ । ...

को को समेटिए ईश्वर पोखरेलको टीममा ?

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा ईश्वर पोखरेल समूहले आफ्नो उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । यस क्रममा स्व...

एकै वर्षमा २३ अर्ब ४ करोड कर छुटको दाबीः ४ अर्ब ८४ करोड मात्रै कर फिर्ता

काठमाडाैं। सरकारले एकै वर्षमा ४ अर्ब बढी कर फिर्ता गरेको छ । कुटनीतिक नियोग कुटनीतिज्ञ एवं विभिन्न कुटनीतिक एजेन्सीहरुलाईदेखि निकासीको आधारमा सरकारले ...

अध्यक्ष पदमा ओलीले गरे उम्मेदवारी दर्ता

काठमाडौँ । एमालेको अध्यक्ष पदको लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएलगत्तै ओलीले पनि महाधिवेशनस्थल...

ईश्वर पोखरेलले दर्ता गराए उम्मेदवारी, ओलीसँग भिड्ने

काठमाडौँ । एमाले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उनी अध्यक्षमा केपी शर्मा ओलीसँग पोखरेल भिड्न लागेका हुन्...

नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ युद्धभैरव गण (शान्ति सैनिक) तेस्रो डफ्फालाई बदल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending