Khabar Dabali १८ बैशाख २०८३ शुक्रबार | 1st May, 2026 Fri

चैते वर्षाले महोत्तरीमा राहत

खबरडबली संवाददाता

महोत्तरी । पूरै हिउँद पानी नपरी बित्दा मध्य फागुनदेखि नै बढेको गर्मीले असहज भएको मधेसको जनजीवनलाई आज बिहान अल्पवर्षा भए पनि राहत भएको छ । महोत्तरीसहितका मधेसका धेरैजसो ठाउँमा आज बिहान सामान्य बदलीबीच भएको अल्पवर्षाले चढ्दो गर्मीबाट राहत पाएको सर्वसाधारणले बताएका छन् ।

“रुखिएको जग्गामा चिस्यान हुनेगरी त पानी परेन, तर चिसो बताससँगै एकछिन परेको पानीले अत्यधिक बढेको गर्मीबाट राहत मिलेको छ”, भङ्गाहा नगरपालिका–५ सीतापुरका ९२ वर्षीय मानबहादुर भुजेल भन्नुहुन्छ, “रुख बिरुवाका पातमात्रै भिजाए पनि अहिलेको वर्षा अमृतसरह बनेको छ ।” यसपालि पूरै हिउँद पानी नपरी बितेका बेला लाग्दो चैतमै आज बिहान सिमसिमे पानी परेको हो ।

आजको वर्षाले वैशाखी तरकारीका बेला ९लहरा० पात भिजाएको, फलपूmलका बोट ९आँप, लिची० का मज्जर ९मञ्जरी, पूmल० र पातमा लागेका किरा, धब्बा पखालेको किसानले बताएका छन् । “मुख्य त आँपमा मधुवा ९मज्जरमा लाग्ने एक प्रकारको रोग० लाग्ने डर रहेकाबेला पानीले हाँगा, पात, मज्जरका धब्बा, माकुराको जालो पखाली दिएको छ”, बर्दिबास–५ ढुङ्ग्रे बस्तीका किसान दलबहादुर थापा मगर भन्नुहुन्छ, “यसले मधुवाको प्रकोप हुन दिँदैन भन्ने आश छ ।”

जग्गामा चिस्यान हुनेगरी वर्षाको आशमा रहेका यहाँका किसानले सुक्खा भएको जग्गा खनजोत गर्न भने अझै पर्खनुपर्ने भएको छ । चिस्यान हुनेगरी पानी पर्नासाथ महोत्तरीको उत्तरीक्षेत्रका किसान बर्खे मकै, कोदो लगाउन र बर्खे धानको धुले ब्याड राख्न मिल्ने ताक ९समय०को पर्खाइमा छन् ।

“सबै ठिक हुनेगरी हिसाब गरेर कहाँ प्रकृति चल्दो रहेछ र रु”, भङ्गाहा–४ पलार बस्तीका ८० वर्षीय वृद्ध किसान चौठी सर्दार बाँतर भन्नुहुन्छ, “मुख्य कुरा प्रचण्ड गर्मीले काममा निस्कन सकिएको थिएन, हल्का वर्षाले यसमा राहत दियो ।” अन्य बालीमा परेको अनुकूलतालाई उपयोग गर्दै चित्त बुझाउन पर्ने बाँतर बताउनुहुन्छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अतिक्रमित जग्गा खाली गराउन ७७ वटै जिल्लाहरूलाई गृहको सर्कुलर

काठमाडौं । सरकारले देशभरका अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गामा बनेका संरचना हटाउने अभियानलाई तीव्र बनाएको छ। यसका लागि गृह मन्त्रालयले ७७ वटै जिल्ल...

जेनजी आन्दोलनमा भागेका व्यक्तिबाट हत्यापछि लुटपाट, २५ दिनपछि पक्राउ

नवलपुर। नवलपुरको देवचुली–१६ टाँगीकोटका ७५ वर्षीय जिवनराम थनेको हत्या गरी सुनका गरगहना लुटपाट गरी फरार एक जना पक्राउ परेका छन् ।  प्रहरीको केन्द्रीय...

स्थानीय तहबाटै नापी–मालपोत सेवा दिन २०७ पालिका इच्छुक

काठमाडौं । स्थानीय तहबाटै नापी तथा मालपोत सेवा प्रवाह गर्ने सरकारको योजनामा देशभरका २०७ वटा पालिकाले रुचि देखाएका छन्। भूमि व्यवस्था, सहकारी तथा गर...

अध्यादेशबारे कानुनविद्हरूसँग छलफल गर्न थाले राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेका विभिन्न अध्यादेशहरूबारे कानुनविद्हरूसँग छलफल गरेका छन्। राष्ट्रपति निवास शीतलनिवासमा ...

मापदण्डविपरीत चलेका मोरङका दुई क्रसर उद्योग बन्द

विराटनगर। मापदण्डविपरीत सञ्चालन र अनधिकृत उत्खनन गरेको भन्दै मोरङको चिसाङ खोला किनारमा सञ्चालित दुईवटा क्रसर उद्योग १३ दिनदेखि बन्द गरिएका छन् । जिल्ल...

राष्ट्रपतिद्वारा एक मात्र अध्यादेश जारी, बाँकीबारे परामर्श जारी

काठमाडौं । रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेका ६ वटा अध्यादेशमध्ये हालसम्म सहकारी ऐन पहिलो संशोधन अध्यादेश मात्र जारी गर्नुभएको छ। सरकारले संवै...

अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना

काठमाडौँ। नयाँ शैक्षिकसत्र सुरू भएसँगै अभिभावकको रोजाइमा परेका केही सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना गराउन अभिभावक, शिक्षक–कर्मचारीलाई भ्याइनभ्या...

सरकारका जनहितकारी कार्यमा कांग्रेसको साथ रहन्छ : विश्वप्रकाश शर्मा

दमक। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नेपाली कांग्रेसलाई समयअनुसार परिमार्जन गर्दै व्यवस्थित र सुदृढ दलका रूपमा अघि बढाइने बताएको छन् । ...

रोल्पाको जलजलामा जिप दुर्घटना:१५ जना गम्भीर घाइते, उद्धारमा कठिनाइ

काठमाडौं । रोल्पाको थवाङ गाउँपालिका–१ जलजलामा मेला भर्न गएका व्यक्तिहरू चढेको जिप दुर्घटना भएको छ। दुर्घटनामा कम्तीमा १५ जना गम्भीर घाइते भएका छन् भने...

मधेसको खानेपानी सङ्कट समाधानमा संसदीय समितिको जोड

काठमाडौँ ।राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिले मधेस प्रदेशमा देखिएको खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी समस्या तत्काल सम...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending