Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

छाडा गाईको संरक्षणमा जुटेका नरबहादुर

खबरडबली संवाददाता

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–३ का नरबहादुर सुनार स्थानीय छाडा गाईको संरक्षणमा लागेका छन् ।

करिब एक दशकअघिदेखि स्थानीय प्रजातिका छाडा गाईको संरक्षणमा लाग्नुभएका सुनारको दिनचर्या गौशालामा रहेका गाईको स्याहारसुसार र रेखदेखमा बित्ने गरेको छ ।

सुनारले २०६८ सालमा दुई छाडा गाई राखेर संरक्षण अभियान सुरु गर्नुभएकामा अहिले गौशालामा ८५ गाई छन् । सुनार एक्लैले गौशालामा गाईको रेखदेख गर्दै आएका छन् । 

बजार क्षेत्रमा स्थानीयले छाडारूपमा छाडेका गाई गौशालामा राख्ने गरिएको उनले बताए। स्थानीय गाईको सङ्ख्या कम हुँदै गएकाले समेत यसको संरक्षण गर्नुपर्छ भनेर आफू लागेको सुनारको भनाइ छ ।

सुरुआतमा आफू एक्लैले पहल गरेको भए पनि हाल स्थानीयस्तरमा यसको संरक्षणमा आवश्यक सहयोग हुँदैआएको सुनारले बताए ।  दानाका लागि चापट, पराल स्थानीयस्तरबाटै सहयोग हुने गरेको छ । “सुरुमा एक्लै लागे, गाई पनि थोरै थिए, अहिले गाई धेरै छन्, दाताले दाना, परालका लागि बेला–बेलामा सहयोग गर्दैआएका छन्”, उनले भने। 

धार्मिक दृष्टिकोणबाट गाईको महत्व हुने र स्थानीय जातको गाई लोप हुँदै जान थालेपछि यसको संरक्षण गर्नुपर्छ भनेर अभियान थालिएको हो । गाई संरक्षणबाट कृषि पेशामा लाभ मिलेको छ । 

प्राङ्गारिक मल उत्पादन हुँदा यसको प्रयोगले कृषि उत्पादन बढाउन सहज भएको सुनारले बताए। प्राङ्गारिक मल अभाव हुँदा रासायनिक मल प्रयोग गर्ने चलन छ । यसले माटोलाई बिगार्दै जाँदा क्रमशः उत्पादनमा ह्रास आउँछ ।

गौशालामा उत्पादन भएको प्राङगारिक मल कृषकले लैजाने गरका छन् । “हामीले मल बिक्री गर्दैनौं, तर कृषकले पराल ल्याउनुहुन्छ सोहीअनुसार मल लैजाने गर्नुहुन्छ, कृषि उत्पादन बढाउन समेत यसले सहयोग पुगेको छ”, सुनारले भने। 

धार्मिक दृष्टिले समेत गाईको महत्व रहेकाले गौशाला निर्माण गरी संरक्षण हुँदा बजार क्षेत्रका बासिन्दालाई लाभ छ । तिहारको समयमा कावासोतीको बजार क्षेत्रमा घरमा गाई नहुनेले पूजाआजाका लागि गौशालामा आउने गरेका छन् । “कृषि र धार्मिक प्रयोजनका लागि उचित ठानेरै छाडा गाईको संरक्षणमा लागेको हुँ”, उनले भने। 

छाडा गाईले बजार क्षेत्रमा दुर्घटनाको जोखिम हुने, बालीनाली नष्ट गर्ने गरेकामा त्यस्ता गाईलाई गौशालामा राख्दा एकातर्फ दुर्घटनाको जोखिम कम हुने, बालीनालीमा क्षति नहुने हुँदा संरक्षण आवश्यक भएको कावासोती–३ का वडाध्यक्ष डोरमान गिरीले बताए। गौशाला व्यवस्थित गरी सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।  

गाईको सङ्ख्या बढ्दै जाँदा चरनको अभाव भएको सुनारको भनाइ छ । गाईका लागि दाना र परालको समस्या हुने गरेको छ । बेला–बेलामा विभिन्न सहयोगीले दाना, चापट र पराल सहयोग गर्ने गरेकाले केही राहत मिलेको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending