Khabar Dabali ७ चैत्र २०७९ मंगलवार | 21st March, 2023 Tue

नारायणघाट-बुटवल सडकमा वन्यजन्तुका लागि ३५ ‘अन्डरपास’

खबरडबली संवाददाता

कावासोती । पूर्वपश्चिम राजमार्गको नारायणघाट बुटवल सडक विस्तारको क्रममा वन्यजन्तुका लागि ३५ ‘अन्डरपास’ निर्माण हुने भएको छ । सडक निर्माण सम्पन्न हुँदा आयोजनाको पूर्वी खण्ड (गैडाकोट–दाउन्ने) मा २२ र पश्चिम खण्ड (दाउन्ने–बुटवल) मा १३ गरेर जम्मा ३५ अन्डर पास तयार हुने आयोजनाका प्रोजेक्ट म्यानेजर राकेश झाले बताए ।

वन्यजन्तुका कारण हुने सडक दुर्घटना तथा दुर्घटनाबाट वन्यजन्तुलाई जोगाउन साना र ठूला अन्डरपास निर्माण गरिने झाले बताए । उनका अनुसार ३५ अन्डरपासमध्ये कतिपय ठुला पुल र कल्र्भटलाई अन्डरपासको रुपमा बनाइएको छ । पुल र ठूला कल्र्भट नभएका स्थानमा अन्डर पासकै संरचना बनाइने छ । यसरी निर्माण गरिने अन्डरपास तीन मिटरदेखि १२ मिटरसम्म उचाइ र आवश्यकताअनुसार १६ मिटरसम्म फराकिलो हुने झाले जानकारी दिए ।

यसरी निमार्ण गरिने अन्डर पासमा वन्यजन्तुको निगरानी गर्नका लागि क्यामेरा राख्ने गरी निर्माण गरिएको छ । आयोजनाको विस्तृत परियोजना प्रतिवेदनमा ‘ओभरपास’को व्यवस्था नभएको भए पनि दातृ निकाय एसियाली विकास बैंकले दुम्कीवासको विनयी खोलाको पुलभन्दा केही पूर्वतर्फ एउटा ओभर पास बनाउनुपर्ने आशय व्यक्त गरेकाले ओभरपासको सम्बन्धमा अध्ययन भइरहेको झाले बताए । 

यसअघि गत वैशाखमा सरकारले वन्यजन्तुमैत्री पूर्वाधार निर्माण निर्देशिका जारी गर्दै वन्यजन्तुको ज्यान जोखिममा पर्ने गरी पूर्वाधार निर्माण गर्न रोक लगाएको थियो । नेपालमै पहिलो पटक नारायणघाट मुग्लिन सडकमा वन्यजन्तुका लागि अन्डरपास निर्माण गरिएको थियो ।

निर्माण कम्पनी चाइना स्टेट इञ्जिनीयरिङ करपोरेशनले गैंडाकोटको नारायणी नदी पुलदेखि बुटवलसम्म एक सय १५ किलो मिटर सडक बस्ती क्षेत्रमा छ लेन र जङ्गल क्षेत्रमा चार लेन दाउन्नेमा तीन लेन विस्तार गर्ने गरी एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा कूल रु १६ अर्ब ९९ करोड ५२ लाख लागतमा राजमार्गको यस खण्डको विस्तार भइरहेको छ । 

लागतको ८५ प्रतिशत रकम एडिबीले ऋण उपलब्ध गराएको छ भने बाँकी सरकारकै लगानीमा काम हुने आयोजनाले जनाएको छ । एडिबीले एक दशमलव पाँच प्रतिशत ब्याजदरमा ३२ वर्षमा चुक्ता गर्ने गरी ऋण उपलब्ध गराएको हो । 

साढे तीन वर्षमा सडक निर्माणको काम सक्ने र पाँच वर्षसम्म निर्माण कम्पनीले नै मर्मतको काम गर्नेगरी सम्झौता भएपछि विसं २०७५ चैत्र ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

युक्रेन युद्ध अन्त्य गर्ने चीनको योजनाबारे छलफल गर्न पुटिन तयार

सीले पुटिनलाई भने- तपाईँको नेतृत्वमा रुसले ठूलो प्रगति गरेको छ

प्रधानमन्त्रीको अपिल- जातीय विभेदविरूद्ध उभिँदै सभ्य समाज निर्माणमा लागौं

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जातीय विभेद अन्त्य गर्दै सभ्य र सुसंस्कृत समाज निर्माणका लागि आह्वान गरेका छन्।   अन्तर्राष्ट्रिय...

ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु, २६ घाइते

कैलाली । कैलालीको दक्षिणपूर्वी क्षेत्र जोशीपुर गाउँपालिका–७ मा गए राति से १ च ८८७० नंको ट्रलीसहितको ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ...

सरकारलाई पूर्णता दिन गठबन्धनमा आबद्ध दलहरू छलफलमा जुट्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिएसँगै सत्ता गठबन्धन आबद्ध दलहरूले सरकारको पूर्णताका विषयमा छलफल गर्ने भएका छन्। ...

सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकमा सभामुख निर्णायक?

काठमाडौं । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन संशोधन विधेयक सङ्घीय संसद्‌मा प्रस्तुत गरे पनि त्यसले सार्थक परि...

देशभर मेघ गर्जनसहित पानी पर्ने, हावाहुरीको पनि सम्भावना

काठमाडौं । काठमाडौं उपत्यकामा केही दिनदेखि वर्षा भइरहेको छ। आज बिहान पनि काडमाडौं उपत्यकामा हल्का वर्षा भएको छ।  काठमाडौं उपत्यकासहित पहाडी क्षेत्र...

आज घोडेजात्रा मनाइँदै, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

काठमाडौं । काठमाडौं उपत्यकामा आज (मंगलबार) घोडेजात्रा पर्व मनाइँदै छ।  घोडेजात्राका अवसरमा आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइएको छ।  घोडेजात्...

सुपको केन्द्रीय क्याम्पसमा चैत २१ मा निर्वाचन

महेन्द्रनगर । महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा यही चैत २१ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन हुने भ...

आयोगद्वारा तनहुँ १ र बारा २ को उप-निर्वाचनका लागि दल दर्ता आह्वान

काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख १० गते दुई क्षेत्रमा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि दल दर्ता आह्वान गरेको छ। आयोगले तनहुँ क्षेत्र...

प्रधानमन्त्री प्रचण्ड, बाबुराम र उपप्रधानमन्त्री श्रेष्ठ आज गोरखा जाँदै

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मंगलबार गोरखा जाने भएका छन् । पालुङटार नगरपालिकाको बिमिरेमा पन्थहिटी-कटहरे-हर्मी-साहिलटार सडक स्तरोन्न...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page