चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नेता तथा कार्यकर्तालाई जनताको दैनिक जनजीविकासँग जोडिने गरी काम गर्न निर्देशन दिएको छ । यही फागुन २७ गतेदेखि जिल्लाको सौराहामा जारी पार्टीको आन्तरिक प्रशिक्षणका क्रममा सहभागी नेताहरुलाई उत्पादन केन्द्रित रणनीति बनाएर काम गर्न निर्देशन दिइएको हो ।
प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका सभापति रवि लामिछानेले जनताको दैनिक जीवनसँग जोडिने गरी काम गर्न सबै तहका नेतृत्वलाई निर्देशन दिए। उनले उत्पादनमा देशलाई आत्मनिर्भर बनाउने गरी सङ्गठनले काम गर्नुपर्ने बताउनु भएको लामिछानेका निजी सचिव प्रकाश सिग्देलले जानकारी दिए । उनका अनुसार सभापति लामिछानेले सङ्गठनलाई चलयमान बनाउन स्थानीयस्तरसम्म सङ्गठन विस्तार आवश्यक रहेको उल्लेख गरे। आगामी स्थानीय तहको निर्वाचन र प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा पार्टीलाई पहिलो पार्टी बनाउने गरी तल्लो तहबाट काम गर्न जरुरी रहेको उनको भनाइ थियो ।
प्रशिक्षणमा पार्टीका केन्द्रीय सदस्य, प्रतिनिधिसभा सदस्य र प्रदेश कमिटीका पदाधिकारीहरु सहभागी रहेको निजी सचिव सिग्देलले बताए। प्रशिक्षणमा पार्टीका उपसभापति डोलप्रसाद अर्याल, महामन्त्री डा मुकुल ढकाल, सङ्गठन विभाग प्रमुख कविन्द्र बुर्लाकोटीलगायतले प्रशिक्षण दिएको थिए । प्रशिक्षणका क्रममा पार्टीको विधान, साङ्गठनिक संरचना, अधिकारका विषयमा छलफल भएको उनले बताए । कार्यक्रम आजसम्म सञ्चालन हुने बताइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १७ गते, २०८३ - १७:४५
काठमाडौं । सरकारले देशभरका अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गामा बनेका संरचना हटाउने अभियानलाई तीव्र बनाएको छ। यसका लागि गृह मन्त्रालयले ७७ वटै जिल्ल...
बैशाख १७ गते, २०८३ - १७:३३
नवलपुर। नवलपुरको देवचुली–१६ टाँगीकोटका ७५ वर्षीय जिवनराम थनेको हत्या गरी सुनका गरगहना लुटपाट गरी फरार एक जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय...
बैशाख १७ गते, २०८३ - १७:२६
काठमाडौं । स्थानीय तहबाटै नापी तथा मालपोत सेवा प्रवाह गर्ने सरकारको योजनामा देशभरका २०७ वटा पालिकाले रुचि देखाएका छन्। भूमि व्यवस्था, सहकारी तथा गर...
बैशाख १७ गते, २०८३ - १७:१३
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेका विभिन्न अध्यादेशहरूबारे कानुनविद्हरूसँग छलफल गरेका छन्। राष्ट्रपति निवास शीतलनिवासमा ...
बैशाख १७ गते, २०८३ - १७:००
विराटनगर। मापदण्डविपरीत सञ्चालन र अनधिकृत उत्खनन गरेको भन्दै मोरङको चिसाङ खोला किनारमा सञ्चालित दुईवटा क्रसर उद्योग १३ दिनदेखि बन्द गरिएका छन् । जिल्ल...
बैशाख १७ गते, २०८३ - १६:४३
काठमाडौं । रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेका ६ वटा अध्यादेशमध्ये हालसम्म सहकारी ऐन पहिलो संशोधन अध्यादेश मात्र जारी गर्नुभएको छ। सरकारले संवै...
बैशाख १७ गते, २०८३ - १६:३७
काठमाडौँ। नयाँ शैक्षिकसत्र सुरू भएसँगै अभिभावकको रोजाइमा परेका केही सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना गराउन अभिभावक, शिक्षक–कर्मचारीलाई भ्याइनभ्या...
बैशाख १७ गते, २०८३ - १६:१२
दमक। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नेपाली कांग्रेसलाई समयअनुसार परिमार्जन गर्दै व्यवस्थित र सुदृढ दलका रूपमा अघि बढाइने बताएको छन् । ...
बैशाख १७ गते, २०८३ - १६:०६
काठमाडौं । रोल्पाको थवाङ गाउँपालिका–१ जलजलामा मेला भर्न गएका व्यक्तिहरू चढेको जिप दुर्घटना भएको छ। दुर्घटनामा कम्तीमा १५ जना गम्भीर घाइते भएका छन् भने...
बैशाख १७ गते, २०८३ - १५:४९
काठमाडौँ ।राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिले मधेस प्रदेशमा देखिएको खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी समस्या तत्काल सम...


प्रतिकृया लेख्नुहोस्: