Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

समावेशी म्युजिक अवार्डबाट गीतकार सुवेदीसहित ४२ जना पुरस्कृत

खबरडबली संवाददाता

काठमाडौं । यही फागुन २८ गते ललितपुरको स्क्वायर होटलमा सम्पन्न ‘छैटौँ समावेशी म्युजिक अवार्ड’बाट गीतकार प्रकाश सुवेदीसहित ४२ जनालाई पुरस्कृत गरिएको छ । 

सर्वोत्कृष्ट राष्ट्रिय भावको गीतमा ‘असारै लाग्यो’ बोलको गीतबाट गीतकार सुवेदी, ‘धोकेबाज’ बोलको गीतका लागि गायक शिव परियार, ‘नछुटोस्’ बोलको गीतका लागि आधुनिक गायिका बेनिशा पौडेल र ‘धर्ती आकाश’ बोलको गीतमा सङ्गीत दिएका अर्जुन पोखरेललाई पुरस्कृत गरिएको छ ।

विभिन्न ४२ विधामा अवार्ड प्रदान गर्दै सम्पन्न सो समारोहमा  सञ्चारकर्मी बिदुर गिरीलाई यस वर्षको ‘ पिम नेपाल पत्रकारिता पुरस्कार’बाट पुरस्कृत गरिएको छ । 

यस्तै अछामको साँफेबगर नगरपालिकाका प्रमुख राजेन्द्रबहादुर कुँवर, भुम्लु गाउँपालिकाका उपाध्यक्ष जितेन्द्रमान तामाङ, गायिका केन्जुमा सुब्बा, सङ्गीतकार शङ्कर थापा, पत्रकार राज लुइँटेल, गायिका अमृता श्रीपाली, व्यवसायी नमराज श्रेष्ठ, सञ्चारकर्मी दिनेश थापा, मूर्तिकार विनिता श्रेष्ठ, निर्देशक चेतनाथ दङ्गाल, अभिनेता दिनेश केसीलगायतलाई सम्मानित गरिएको थियो । 

गीतकार तथा पत्रकार शान्तिप्रियको सभापतित्व, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा पूर्वउपसभामुख चित्रलेखा यादव, वरिष्ठ अभिनेत्री वसुन्धरा भुसाल, चैत्यदेवी सिंहसहित गीत–सङ्गीत, कलाकारिता र पत्रकारिता क्षेत्रका विभिन्न व्यक्तित्वको सहभागिता थियो । समारोहमा वरिष्ठ गायक तथा सङ्गीतकार चन्द्रकुमार दोङलाई पिम नेपाल रजत सम्मान प्रदान गरिएको थियो ।  

‘नेपाली हुनुमा गर्व गरौँ, कला र संस्कृतिको जगेर्ना गरौँ’ भन्ने मूल नाराका साथ छ वर्षदेखि सञ्चालित सो कार्यक्रमको उद्देश्य प्रतिस्पर्धाभन्दा पनि नेपालमा विभिन्न भाषाभाषी, कला र संस्कृतिलाई प्रोत्साहन गर्दै एकापसमा भाइचारा तथा एकताको भावना जागृत गराउनु रहेको आयोजक संस्थाका अध्यक्ष माधव खरेलले जानकारी दिए । 

अवार्ड समारोहमा मोडल सनम कठायत, पत्रकार चक्र कुँवर, गायिका कालिका रोका, छायाँकार कृष्णबहादुर थापा, निर्देशक निरेन श्रेष्ठ, गायक ओम सुनार, सङ्गीतकार राजु शर्मा नेपाली, गायिका रोशनी रसाइली, निर्देशक उमेश गुरुङ, सङ्गीतकार योगेन्द्र उपाध्याय, कल्याण अधिकारी, जुगल डङ्गोल, गीतकार भरत बम्जन, सञ्चारकर्मी तथा निर्देशक विजयरत्न तुलाधर, गीतकार तथा सङ्गीतकार कस्तुप पन्त, भिडियो सम्पादक वीरेन्द्र भाटलगायत विभिन्न विधामा ख्यातिप्राप्त व्यक्तित्व निर्णायकको भूमिकामा रहेका थिए । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हुम्लाको रिप गाउँमा आगलागी हुँदा पाँच घर जले, दुई जना घाइते

हुम्ला । यहाँको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए ...

कांग्रेसमा फेरि महाधिवेशन विवाद

काठमाडौं । कांग्रेस महाधिवेशन २१ फागुनको प्रतिनिधिसभा निर्वाचन अगाडि कि पछाडि गर्ने भन्ने विवाद फेरि चर्किएको छ । पार्टीले तोकेको नियमित महाधिवेशन नजि...

रवि-बालेन वार्ता सहकार्यको ‘मोडालिटी’तर्फ

काठमाडौं । तेस्रोपटक छलफलमा बसेका रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह सहकार्य गरेर जाने निष्कर्षसहित मोडा...

दलहरूलाई समानुपातिक बन्दसूची बुझाउने चटारो, के गर्दै छ एमाले ?

काठमाडौँ । फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको एउटा प्रमुख खुड्किलो अर्को साताको सुरुमै आइपुग्दै छ जब दलहरूले समानुपातिकतर्फ तिनका उ...

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी । मङ्गला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् । मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत...

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चा...

टिपरको ठक्करबाट गम्भीर घाइते भएका एक जनाको मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइसधारास्थित सडकखण्डमा गए राति टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।...

लाओसबाट थाइल्याण्ड हुँदै काठमाडौं आएकी महिलाको पेटबाट निकालियो लागुऔषध, तीन जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर लागुऔषध तस्करी गरिरहेका एकसहित तीन जना विदेशीलाई पक्राउ गरेको छ । एक जना...

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव

मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छा...

जेलेन्स्कीको कडा चेतावनी

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको र त्यसले विश्वव्यापी सुरक्षा जोखिम बढाइरहे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending