काठमाडौँ। त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियु सभापतिमा १२ जनाको उम्मेदवारी कायम भएको छ।
निर्वाचन समितिले सोमबार सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावली अनुसार विभिन्न विद्यार्थी संगठनबाट ९ जना र स्वतन्त्र उम्मेदवार ३ गरी १२ जनाको उम्मेदवारी कायम भएको हो।
अध्यक्ष पदमा उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार रुमकान्त केसी र क्रान्तिकारी विद्यार्थी आन्दोलनको तर्फबाट उम्मेदवारी दिएका विक्रम केसीले भने फिर्ता लिएका छन्।
सोमबार बिहान ११ बजेदेखि १ बजेभित्र उम्मेदवारको नाम फिर्ताको समय तोकिएको थियो । उक्त समयभित्र दुई जनाले मात्रै उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत प्रा रमेश श्रेष्ठले जानकारी दिए।
चैत ५ गते हुने स्ववियु निर्वाचनको लागि त्रिभुवन विश्वविद्यालय विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा विभिन्न पदको लागि प्रत्यक्षतर्फ ६२ जनाको उम्मेदवारी कायम भएको छ।
अध्यक्ष पदमा नेपाल क्रान्तिकारी विद्यार्थी संघबाट प्रविन लाखाजु, अनेरास्ववियुबाट प्रकाश विष्ट, स्वतन्त्र विद्यार्थी समूहबाट अर्जुन बगाले, नेविसंंघबाट श्यामराज ओझा, अखिल (क्रान्तिकारी)बाट विपिन विक, अनेरास्ववियूबाट समीर गौतम, अखिल क्रान्तिकारी विप्लवबाट मदन केसी, नेपाल स्वतन्त्र विद्यार्थी समाजबाट विष्णुबहादुर बडैला, अखिल क्रान्तिकारी संयुक्तबाट प्रबल भण्डारी उम्मेदवार बनेका छन्।
त्यस्तै दीपकराज जोशी, ललितजन रावल, मिलन बस्नेतले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
२१ सदस्यीय स्ववियु समितिमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट एक जना अध्यक्ष, एक जना सचिव, एकजना कोषाध्यक्ष र ८ जना सदस्यहरु निर्वाचित हुनेछन् भने समानुपातिक निर्वाचन प्रणालीबाट उपाध्यक्ष र सहसचिवसहित १० जना उम्मेदवार निर्वाचित हुनेछन्
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...


प्रतिकृया लेख्नुहोस्: