Khabar Dabali २७ माघ २०८२ सोमबार | 9th February, 2026 Mon
Investment bank

राष्ट्रपति चुनावपछि कांग्रेस, एमाले र माओवादी कुन बाटो हिँड्लान् ?

प्रदीप ज्ञवाली भन्छन्- तत्काल राष्ट्रिय सहमतिको सरकारको सम्भावना छैन

खबरडबली संवाददाता

काठमाडौं । अन्ततः नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा निर्वाचित गरेर नेकपा एमालेसँगको सहमति भङ्ग गरेसँगै नयाँ राजनीतिक समीकरणको औपचारिक बाटो खुला भएको छ।

कांग्रेसले सरकारलाई विश्वासको मत दिएपछि नयाँ परिस्थिति बनेको भन्दै माओवादीले ‘राष्ट्रपतिमा राष्ट्रिय सहमति’ को पक्षमा अडान लिँदै एमालेका उम्मेदवारलाई समर्थन गर्ने वाचाबाट पछि हट्यो।

एमाले नेता प्रदीप ज्ञवालीका भनाइमा माओवादीले राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई सघाउने निर्णय गरेसँगै उनीहरूबीचको सहयात्रा अन्त्य भएको थियो।

“तर हामीले एक खालको डेडलाइन (अन्तिम समय-सीमा) को प्रतीक्षा गरिरहेका थियौँ तर वस्तुतः सहकार्य त फागुन १२ गते टुट्यो जति बेला उहाँहरूले हामीसँगको सहमतिलाई लत्त्याएर कांग्रेसलाई सघाउने निर्णय गर्नु भयो”, ज्ञवालीले भने।

प्याकेजमा नयाँ सहमति?

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छाडे पनि नयाँ मन्त्री नियुक्त गरेका छैनन्।

माओवादी नेता तथा प्रधानमन्त्रीका मुख्य सल्लाहकार हरिबोल गजुरेलका अनुसार अब कांग्रेस सहितको सत्ता यात्रा सुरु हुन्छ।

उनी भन्छन्, “हामीले राष्ट्रपतिमा कांग्रेसका नेता रामचन्द्र पौडेललाई समर्थन गरिसकेपछि अब हाम्रो सहकार्य झन् मजबुत हुन्छ।”

राष्ट्रपति चुनावपछि प्रधानमन्त्रीमा आलोपालो लगायतका विषयमा गरिने प्याकेज सहमतिको आधारमा अघि बढ्ने ‘विकल्प’ राख्दै कांग्रेस सरकारमा सहभागी नभएको ठानिएको छ।

कांग्रेस प्रवक्ता प्रकाशशरण महतका अनुसार सरकारमा सहभागिता र प्रधानमन्त्रीको कार्यकाल लगायतबारे नयाँ गठबन्धनमा रहेका दलहरूको छलफलले टुङ्गो लगाउने छ।

उनले भने, “समग्रमा सरकारमा सहभागिता र त्यो केका लागि भन्ने निर्णय गरेर आउँदो पाँच वर्ष कसरी जाने र जनताका अपेक्षा पूरा गर्ने भन्नेमै केन्द्रित भएर अघि बढ्ने कुरा हुनुपर्छ।”

प्रदेश सरकार अन्योलमा

प्रचण्डलाई प्रधानमन्त्री सिफारिस गर्दा एक ठाउँमा आएका दलहरूबीच पुस १० मा भएको सहमति अनुसार सात वटै प्रदेशमा सरकार बनेका थिए।

सुदूरपश्चिमबाहेक गण्डकी, कोशी र लुम्बिनी प्रदेश सरकारमा अझै एमालेले नेतृत्व गरिरहेको छ।

सुदूरपश्चिम प्रदेशमा एमालेका मुख्यमन्त्री अल्पमतमा परेपछि सबैभन्दा ठूलो दलको हैसियतले मुख्यमन्त्री पाएको कांग्रेस सरकारलाई माओवादी लगायतले विश्वासको मत दिइसकेका छन्।

कांग्रेस नेता महत केन्द्रसँगै प्रदेश सरकारबारे पनि निर्णय हुने ठान्छन्। उनले भने, “प्रदेशको वस्तुस्थिति हेरेर निर्णय हुन्छ तर गठबन्धनकै आधारमा अघि बढ्छ।”

माओवादी नेता गजुरेल पनि केन्द्रमा पुरानो गठबन्धन टुटेर नयाँ बनेपछि त्यसको असर प्रदेशहरूमा पनि पर्ने बताउँछन्।

“तर कति र कुन रूपमा पर्ने हो त्यो सङ्ख्याले पनि निर्धारण गर्ने कुरा हो, त्यो एमालेको गतिविधिमा भर पर्छ”, उनले भने।

असर रोक्ने पक्षमा एमाले

प्रदेशलाई स्वायत्त रूपमा चल्न दिने भनिए पनि त्यहाँका हरेक जसो गतिविधि केन्द्रीय निर्णयको आधारमा चल्ने गरेको पाइन्छ।

यस पटक पनि केन्द्रीय समीकरण एक ठाउँमा रहेमा एमाले सबैजसो प्रदेश सरकारबाट बाहिरिने सम्भावना देखिन्छ।

एमाले नेता प्रदीप ज्ञवाली भन्छन्, “राष्ट्रिय राजनीतिका असरहरू तल पनि पर्लान् यद्यपि प्रदेशहरू सकेसम्म स्वायत्त ढङ्गले चलून् र केन्द्रमा भएको सरकारसँग सम्बन्धित राजनीति गठबन्धनको विशुद्ध छाया नबनून् भन्ने हाम्रो प्रयास हुन्छ।”

तर त्यो आफूहरूको भूमिकाले मात्रै निर्धारण नगर्ने उनको भनाइ छ। केही प्रदेशमा गणितीय अन्तर निकै कम भएकाले एक जना सांसद पनि निर्णायक हुने देखिन्छ।

त्यसैले पनि कांग्रेस र माओवादीले पनि आआफ्नो दाबी बलियो बनाउन अहिल्यै गठबन्धन गरिहाल्ने निर्णय प्रदेश तहमा गर्न सकेको देखिन्न।

राष्ट्रिय सहमतिको सम्भावना

निर्वाचन लगत्तै त्यसअघिको गठबन्धन भत्कियो। नयाँ बन्यो। दुई महिनामै त्यो नयाँ समीकरण पनि टुट्यो। त्यसले अबका पाँच वर्षमा अनिश्चयको चक्र लामो हुने अनुमानलाई बल दिएको छ।

सत्ताको चलखेलले जनतालाई निराश बनाउने भन्दै माओवादीसँग पार्टी एकीकरणको चरणमा रहेका नेता बाबुराम भट्टराईले एमाले सहितको राष्ट्रिय सरकार गठन र तीन दलबाट सरकारको नेतृत्व गर्न प्रस्ताव गर्नुपर्ने पक्षमा रहेको बताएका छन्।

कांग्रेस नेता महतका भनाइमा त्यो छलफलको विषय बनेको छैन, “भविष्यमा त्यो के हुन्छ भन्न सकिन्न तर अहिले त्यो सम्भव होला जस्तो लाग्दैन।”

कांग्रेसलाई राष्ट्रपति दिने कुरामा एमालेले सहमति जनाएको भए त्यो सम्भावना रहने दाबी माओवादी नेता गजुरेलले गरे। “अहिले तुरुन्तै त्यस्तो वातावरण बनिहाल्छ जस्तो लाग्दैन”, उनले भने।

भट्टराईको दलका सांसद महिन्द्र राय यादवले पनि त्यसबारे छलफल नभएको जानकारी दिए। उनले अहिले नयाँ समीकरण अनुसारको सरकार गठन गर्ने सहमति भएको बताए।

एमाले नेता ज्ञवाली पनि तत्काल राष्ट्रिय सहमतिको सरकारको सम्भवना देख्दैनन्।

“किनभने बहुदलीय प्रतिस्पर्धात्मक लोकतान्त्रिक व्यवस्थामा ठूलो राष्ट्रिय सङ्कट हुँदाबाहेक अरू बेला सशक्त प्रतिपक्षीको उपस्थिति जरुरी हुन्छ,” नेता ज्ञवालीले तर्क सुनाए।

आम चुनाव लगत्तै तत्कालीन गठबन्धनको नेतृत्व गरेको कांग्रेस पार्टीका नेताहरूले पनि लोकतान्त्रिक मूल्य र मान्यता विपरीत हुने भन्दै दुई ठूला दल कांग्रेस र एमालेबीचको सहकार्य अस्वीकार गर्दै आएका थिए। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमाडौं उपत्यका र तराईमा हुस्सु/कुहिरो

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार यतिबेला (सोमबार बिहान) तराई भूभागका ...

झापामा दुर्घटनाको क्रम बढ्यो, २५ दिनमा १८ जनाको निधन

झापा । झापामा सवारी दुर्घटनाक्रम बढेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क अनुसार पछिल्लो २५ दिनमा जिल्लाका विभिन्न स्थानमा भएका सवारी दुर्घ...

जाँचबुझ आयोगको म्याद तेस्रोपटक थप्ने तयारी, चुनावी प्रभावको आशंकाबीच प्रतिवेदन अलपत्र पर्ने संकेत

काठमाडौं । जाँचबुझ आयोगको प्रतिवेदन समयमै तयार हुन नसकेपछि म्याद तेस्रोपटक थप गर्ने तयारी गरिएको छ। यसअघि दुईपटक गरेर ५० दिन म्याद थपिँदा पनि प्रतिवेद...

भारतको कोइलाखानीमा विस्फोट हुँदा मृत्यु भएका खोटाङका तीन जनाको शव ल्याउन समस्या, एक अझै बेपत्ता

खोटाङ । भारतको मेघालयस्थित कोइलाखानीमा भएको विस्फोटका घटनामा यहाँका तीन युवकले अकालमा ज्यान गुमाएका छन् भने अझै एक जना बेपत्ता भएका छन् । सो घटनामा अन...

अग्यौलीमा तीन मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई घाइते

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को अग्यौलीमा तीन  मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । जिल्ला प...

इङ्ल्यान्डविरुद्ध नेपालले हारेर पनि जितेको एउटा खेल

काठमाडौं । भनिन्छ, जितको सदैव महत्त्व रहन्छ, हारले त मन मात्र खिन्न बनाउँछ। तर कहिलेकाहीँ जितनजिक पुगेर हार्नु पनि जितसरह हुने रहेछ। यस्तो हारले अंकमा...

चुनावमा पूर्वप्रधानमन्त्री ओली, प्रचण्ड र नेपालको दौडधुप , अरु अलमलमा

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा चार दशक लामो विरासत बोकेका पूर्वप्रधानमन्त्रीत्रय चुनावी दौडधुपमा छन् भने अन्यमा अलमल देखिएको छ । पूर्...

मकवानपुरमा १५ जनाले बुझाए इजाजत प्राप्त हतियार

बागमती । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा मकवानपुरमा १५ जनाले निजी प्रयोजनका लागि राखिएका हतियार बुझाएका छन् । प...

म्याग्दीमा ३१ करोड ६० लाखको सुन्तला उत्पादन

म्याग्दी । यस वर्ष म्याग्दीमा रु ३१ करोड ६० लाख मूल्य बराबरको सुन्तला उत्पादन भएको छ । सुन्तला म्याग्दीको प्रमुख नगदेबाली हो । ४३० हेक्टर क्षेत्रफलमा ...

मनाङमा ३० मेगावाटको म्यार्दी आयोजना निर्माण हुने

काठमाडौँ । मनाङ जिल्लाको नासोङ गाउँपालिका र लमजुङ जिल्लाको मस्र्याङदी गाउँपालिकको बिचमा कूल ३० मेगावाट क्षमताको म्यार्दी जलविद्युत् आयोजना निर्माण हुन...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE