Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

जेलका साथीले यसरी सम्झिए राष्ट्रपति पौडेललाई

खबरडबली संवाददाता

गण्डकी । पञ्चायत विरुद्ध जनमत बढाउन नेपाली कांग्रेसले देशव्यापी अभियान चलाएको थियो । धवलागिरि क्षेत्रमा अभियानको नेतृत्व नेता रामचन्द्र पौडेलले सम्हालेका थिए । पार्टी सङ्गठन विस्तारको जिम्मा पनि उनलाई थियो ।

पार्टी सुदृढीकरणको भूमिगत अभियान लिएर पौडेल बागलुङ र पर्वतका गाउँगाउँ पुगेका थिए । विसं २०४६ को आन्दोलन उत्कर्षमा पुग्नुअघि पौडेल त्यही क्षेत्रमा खटिएका थिए । उनीसँगै अभियानमा सारथी थिए बागलुङका गोविन्द्रप्रसाद शर्मा कँडेल, पर्वतका अर्जुनप्रसाद जोशीलगायत ।

पार्टी कामकै सिलसिलामा पर्वत फलेवासका डिल्लीराज शर्माको घरमा पुगेका बेला पौडेल, कँडेलसहितका नेता पक्राउ परे । उनीहरूलाई पवर्तबाट प्रहरीले बागलुङ कारागार पुर्यायो । राज्य विप्लवको अभियोगमा मुद्दा लगाइयो । बाहिर बहुदल प्राप्तिको आन्दोलन चर्किंदै थियो । पौडेललगायत नेताहरू जेलमा थिए ।

“त्यतिबेला रामचन्द्र पौडेलजी र म सँगै आठ महिना बागलुङ जेलमा बस्यौँ, जेलमा अरु साथीहरू पनि थिए”, पूर्वसांसद कँडेलले विगत सम्झिए, “हामी जेलभित्रै रहेका बेला जनआन्दोलन सफल भयो, बहुदल घोषणा भयो, त्यसपछि हामी रिहा भयौँ ।” 

यसरी सँगसँगै जेलजीवन बिताएका पौडेल राष्ट्रपति जस्तो मुलुकको सर्वोच्च पदमा निर्वाचित हुँदा कँडेल पनि खुसीले गद्गद् छन् । “रामचन्द्रजी राष्ट्रपतिमा चुनिएको खबरले औधी खुसी भएँ, पूरा दिनहरू सम्झिएँ”, कँडेलले भने, “राष्ट्रपतिका लागि उहाँ सुयोग्य पात्र हुनुहुन्छ, उहाँमा चरित्रवान् व्यक्तित्व छ ।”

मुलुकको राजनीतिक तथा सामाजिक परिवर्तनका लागि त्याग, तपस्या गरेको व्यक्तित्वले राष्ट्राध्यक्षको भूमिका पाउनु सबैका लागि गर्वको विषय रहेको उनले बताए । नवनिर्वाचित राष्ट्रपतिले संविधानतः साझा र निष्पक्ष भूमिका खेलेर राष्ट्रलाई अभिभावकत्व दिनेमा कँडेलले विश्वास व्यक्त गरे ।

जन्मस्थल तनहुँ भए पनि नवनिर्वाचित राष्ट्रपति पौडेलले भेटका क्रममा आफ्नो कर्मथलो बागलुङ हो भनेर सुनाउने गरेको कँडेलको भनाइ छ । बागलुङसँग नवनिर्वाचित पौडेलको नजिकको साइनो रहेको उनले बताए । पछिल्लो सयम पनि जिल्लामा हुने पार्टी गतिविधिमा पौडेल पुगिररहन्थे ।

“राजनीतिक जीवनमा उनले बागलुङ, पर्वत, म्याग्दीलगायत ठाउँमा लामो समय बिताउनुभयो, यहीँबाट जेल पनि पर्नुभयो, उहाँ त्यसबेला निकै सक्रिय हुनुहुन्थ्यो”, कँडेलले भने, “परिवर्तनका सोच भएको, वैचारिकरूपमा सुस्पष्ट र सरल व्यक्तित्वका रूपमा मैले उहाँलाई चिन्दछु ।” बहुदल आएपछि बागलुङ र पर्वतमा औपचारिकरूपमा नेपाली कांग्रेसको जिल्ला पार्टीको गठन पनि पौडेलकै पहलमा भएको थियो । कँडेलले विसं २०४८ को आम चुनावमा पौडेल र आफू सँगसँगै विजयी भएको बताए । पौडेलले तनहुँ–२ र कँडेलले बागलुङ–१ बाट चुनाव लडेका थिए ।

गण्डकी प्रदेशसभा सदस्य एवं नेपाली कांग्रेस बागलुङका निवर्तमान सभापति दीपेन्द्रबहादुर थापाले बागलुङमा प्रजातान्त्रिक आन्दोलनको माहोल सिर्जना गर्न नवनिर्वाचित राष्ट्रपति पौडेलले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

“पञ्चायत विरुद्ध गतिविधि गरेको आरोपमा पर्वतबाट गिरफ्तारीमा पर्नुभयो, उहाँ जेलमै रहेका बेला आन्दोलन सफल भयो, जेलबाट छुटेपछि बागलुङमै भएको विजयोत्सवमा उहाँ सहभागी हुनुभएको थियो”, थापाले भने, “राजनीतिक दल खोल्न र गतिविधि गर्न बन्देज लागेका बेला पौडेल सक्रियतापूर्वक अभियानमा होमिनुभएको थियो ।”

पौडेल स्थानीय विकासमन्त्री हुँदा विश्व बैंकको सहयोगमा बागलुङ–बुर्तिबाङ र बागलुङ–कुश्मिसेरा कृषि सडक निर्माण सुरु भएको थियो । ती सडकले अहिले राजमार्गको स्वरुप लिएका छन् । विकास निर्माणका काममा पुर्याएको योगदानका लागि पनि नवनिर्वाचित राष्ट्रपति पौडेललाई बागलुङवासीले सम्झिने गर्छन् । तनहुँको व्यास–८ रिस्तीमा जन्मिएका पौडेल बिहीबार राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

पौडेल राष्ट्रपति चुनिएपछि गृह जिल्ला तनहुँसहित गण्डकी प्रदेशका विभिन्न जिल्लामा खुसियाली मनाइएको छ । व्यास–३ स्थित अनसन चौतारीमा बिहीबार साँझ दीप प्रज्वलन गरिएको थियो । राष्ट्रपति पौडेल तनहुँ–१ बाट गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित भएका थिए ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हुम्लाको रिप गाउँमा आगलागी हुँदा पाँच घर जले, दुई जना घाइते

हुम्ला । यहाँको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए ...

कांग्रेसमा फेरि महाधिवेशन विवाद

काठमाडौं । कांग्रेस महाधिवेशन २१ फागुनको प्रतिनिधिसभा निर्वाचन अगाडि कि पछाडि गर्ने भन्ने विवाद फेरि चर्किएको छ । पार्टीले तोकेको नियमित महाधिवेशन नजि...

रवि-बालेन वार्ता सहकार्यको ‘मोडालिटी’तर्फ

काठमाडौं । तेस्रोपटक छलफलमा बसेका रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह सहकार्य गरेर जाने निष्कर्षसहित मोडा...

दलहरूलाई समानुपातिक बन्दसूची बुझाउने चटारो, के गर्दै छ एमाले ?

काठमाडौँ । फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको एउटा प्रमुख खुड्किलो अर्को साताको सुरुमै आइपुग्दै छ जब दलहरूले समानुपातिकतर्फ तिनका उ...

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी । मङ्गला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् । मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत...

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चा...

टिपरको ठक्करबाट गम्भीर घाइते भएका एक जनाको मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइसधारास्थित सडकखण्डमा गए राति टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।...

लाओसबाट थाइल्याण्ड हुँदै काठमाडौं आएकी महिलाको पेटबाट निकालियो लागुऔषध, तीन जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर लागुऔषध तस्करी गरिरहेका एकसहित तीन जना विदेशीलाई पक्राउ गरेको छ । एक जना...

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव

मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छा...

जेलेन्स्कीको कडा चेतावनी

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको र त्यसले विश्वव्यापी सुरक्षा जोखिम बढाइरहे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending