Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

जेलका साथीले यसरी सम्झिए राष्ट्रपति पौडेललाई

खबरडबली संवाददाता

गण्डकी । पञ्चायत विरुद्ध जनमत बढाउन नेपाली कांग्रेसले देशव्यापी अभियान चलाएको थियो । धवलागिरि क्षेत्रमा अभियानको नेतृत्व नेता रामचन्द्र पौडेलले सम्हालेका थिए । पार्टी सङ्गठन विस्तारको जिम्मा पनि उनलाई थियो ।

पार्टी सुदृढीकरणको भूमिगत अभियान लिएर पौडेल बागलुङ र पर्वतका गाउँगाउँ पुगेका थिए । विसं २०४६ को आन्दोलन उत्कर्षमा पुग्नुअघि पौडेल त्यही क्षेत्रमा खटिएका थिए । उनीसँगै अभियानमा सारथी थिए बागलुङका गोविन्द्रप्रसाद शर्मा कँडेल, पर्वतका अर्जुनप्रसाद जोशीलगायत ।

पार्टी कामकै सिलसिलामा पर्वत फलेवासका डिल्लीराज शर्माको घरमा पुगेका बेला पौडेल, कँडेलसहितका नेता पक्राउ परे । उनीहरूलाई पवर्तबाट प्रहरीले बागलुङ कारागार पुर्यायो । राज्य विप्लवको अभियोगमा मुद्दा लगाइयो । बाहिर बहुदल प्राप्तिको आन्दोलन चर्किंदै थियो । पौडेललगायत नेताहरू जेलमा थिए ।

“त्यतिबेला रामचन्द्र पौडेलजी र म सँगै आठ महिना बागलुङ जेलमा बस्यौँ, जेलमा अरु साथीहरू पनि थिए”, पूर्वसांसद कँडेलले विगत सम्झिए, “हामी जेलभित्रै रहेका बेला जनआन्दोलन सफल भयो, बहुदल घोषणा भयो, त्यसपछि हामी रिहा भयौँ ।” 

यसरी सँगसँगै जेलजीवन बिताएका पौडेल राष्ट्रपति जस्तो मुलुकको सर्वोच्च पदमा निर्वाचित हुँदा कँडेल पनि खुसीले गद्गद् छन् । “रामचन्द्रजी राष्ट्रपतिमा चुनिएको खबरले औधी खुसी भएँ, पूरा दिनहरू सम्झिएँ”, कँडेलले भने, “राष्ट्रपतिका लागि उहाँ सुयोग्य पात्र हुनुहुन्छ, उहाँमा चरित्रवान् व्यक्तित्व छ ।”

मुलुकको राजनीतिक तथा सामाजिक परिवर्तनका लागि त्याग, तपस्या गरेको व्यक्तित्वले राष्ट्राध्यक्षको भूमिका पाउनु सबैका लागि गर्वको विषय रहेको उनले बताए । नवनिर्वाचित राष्ट्रपतिले संविधानतः साझा र निष्पक्ष भूमिका खेलेर राष्ट्रलाई अभिभावकत्व दिनेमा कँडेलले विश्वास व्यक्त गरे ।

जन्मस्थल तनहुँ भए पनि नवनिर्वाचित राष्ट्रपति पौडेलले भेटका क्रममा आफ्नो कर्मथलो बागलुङ हो भनेर सुनाउने गरेको कँडेलको भनाइ छ । बागलुङसँग नवनिर्वाचित पौडेलको नजिकको साइनो रहेको उनले बताए । पछिल्लो सयम पनि जिल्लामा हुने पार्टी गतिविधिमा पौडेल पुगिररहन्थे ।

“राजनीतिक जीवनमा उनले बागलुङ, पर्वत, म्याग्दीलगायत ठाउँमा लामो समय बिताउनुभयो, यहीँबाट जेल पनि पर्नुभयो, उहाँ त्यसबेला निकै सक्रिय हुनुहुन्थ्यो”, कँडेलले भने, “परिवर्तनका सोच भएको, वैचारिकरूपमा सुस्पष्ट र सरल व्यक्तित्वका रूपमा मैले उहाँलाई चिन्दछु ।” बहुदल आएपछि बागलुङ र पर्वतमा औपचारिकरूपमा नेपाली कांग्रेसको जिल्ला पार्टीको गठन पनि पौडेलकै पहलमा भएको थियो । कँडेलले विसं २०४८ को आम चुनावमा पौडेल र आफू सँगसँगै विजयी भएको बताए । पौडेलले तनहुँ–२ र कँडेलले बागलुङ–१ बाट चुनाव लडेका थिए ।

गण्डकी प्रदेशसभा सदस्य एवं नेपाली कांग्रेस बागलुङका निवर्तमान सभापति दीपेन्द्रबहादुर थापाले बागलुङमा प्रजातान्त्रिक आन्दोलनको माहोल सिर्जना गर्न नवनिर्वाचित राष्ट्रपति पौडेलले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

“पञ्चायत विरुद्ध गतिविधि गरेको आरोपमा पर्वतबाट गिरफ्तारीमा पर्नुभयो, उहाँ जेलमै रहेका बेला आन्दोलन सफल भयो, जेलबाट छुटेपछि बागलुङमै भएको विजयोत्सवमा उहाँ सहभागी हुनुभएको थियो”, थापाले भने, “राजनीतिक दल खोल्न र गतिविधि गर्न बन्देज लागेका बेला पौडेल सक्रियतापूर्वक अभियानमा होमिनुभएको थियो ।”

पौडेल स्थानीय विकासमन्त्री हुँदा विश्व बैंकको सहयोगमा बागलुङ–बुर्तिबाङ र बागलुङ–कुश्मिसेरा कृषि सडक निर्माण सुरु भएको थियो । ती सडकले अहिले राजमार्गको स्वरुप लिएका छन् । विकास निर्माणका काममा पुर्याएको योगदानका लागि पनि नवनिर्वाचित राष्ट्रपति पौडेललाई बागलुङवासीले सम्झिने गर्छन् । तनहुँको व्यास–८ रिस्तीमा जन्मिएका पौडेल बिहीबार राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

पौडेल राष्ट्रपति चुनिएपछि गृह जिल्ला तनहुँसहित गण्डकी प्रदेशका विभिन्न जिल्लामा खुसियाली मनाइएको छ । व्यास–३ स्थित अनसन चौतारीमा बिहीबार साँझ दीप प्रज्वलन गरिएको थियो । राष्ट्रपति पौडेल तनहुँ–१ बाट गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित भएका थिए ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

८५वर्षमा फर्कियो ७ वर्षअघि गुमेको दृष्टि

सिरहा । सिरहाको मिर्चैया नगरपालिका–७ मुराबारीका ८५ वर्षीय सुकराम सदायलाई जीवनको उत्तराद्र्धमा दृष्टि फर्किएला र फेरि संसार देख्न पाइएला भन्ने कुनै आशा...

जेनजी आन्दाेलन छानबिन आयोग प्रतिवेदन: भदौ २३ लाई कारबाही, २४ लाई उन्मुक्ति

काठमाडौं । जेनजी विद्रोहको छानबिन गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको आयोगले भदौ २३ गतेको घटनालाई लिएर सरकार प्रमुखदेखि सुरक्षा अंगका प्रमुखलाई कार...

बालेनलाई आज संसदीय दलको नेता चयन गर्दै रास्वपा, भोलि प्रधानमन्त्रीको शपथ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्री बनाउने गरी नयाँ सरकार गठनको अन्तिम तयारी अघि बढाएको छ। प्रति...

यस्तो छ आजको मौसम

काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ ...

वीरगञ्ज भन्सारद्वारा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु एक खर्ब ५४ अर्ब ८४ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आवको सात ...

गत वैशाखयता देशभर सात हजार २३१ विपद्का घटना

काठमाडौँ । गत वैशाख १ गतेदेखि हालसम्म देशभर सात हजार २३१ वटा विपद्का घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनु...

चुलोचौकोदेखि क्याम्पससम्म: बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिका—१ की सुमित्रा राउत ९ कक्षा पढ्दै गर्दा विवाह भयो । थप पढ्ने रहर त थियो, तर विवाहपछि उनको जीवनको लय मोडियो । राउतल...

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज

काठमाडौँ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज अपराह्न २ः०० बजे हुने भएको छ । शपथका लागि सबै तयारी पूरा भइसकेको सङ्घीय संसद् सचि...

जलेर नष्ट भएका तेह्र हजारभन्दा बढी लालपुर्जाको स्रेस्ता कायम

बाँके । नेपालगन्जस्थित भूमि सुधार तथा मालपोत कार्यालय बाँकेले गत भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा जलेर नष्ट भएका १३ हजारभन्दा बढी जग्गाधनी प...

तनहुँको मह विश्व बजारमा, किसान उत्साहित

तनहुँ ।  जिल्लामा उत्पादित मह अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्न थालेपछि किसान उत्साहित भएका छन् । यहाँको शुक्लागण्डकी नगरपालिका–१ थप्रेक र दगाममा ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: