Khabar Dabali १७ बैशाख २०८३ बिहीबार | 30th April, 2026 Thu

लोपोन्मुख हुँदै होलीको जोगिरा

खबरडबली संवाददाता

भैरहवा । नयाँ पुस्ताले खासै चासो राख्न छाडेपछि तराईमा होलीको जोगिरा लोपोन्मुख अवस्थामा पुगेको छ । जोगिरा गाउने पुराना पुस्ताका अधिकांशको मृत्यु भइसकेका र केही वृद्ध अवस्थामा पुगिसकेकाले जोगीरा लोपोन्मुख हुन थालेको जनाइएको छ  ।  पछिल्लो समय नयाँ पुस्ताले यसबारे खासै चासो नदिएको जनाइएको छ ।

तिथिमिति सम्झना नराख्नेका लागि पनि होली सुरु भएछ भन्ने सन्देश दिने मृदङ्ग, मजिरा, करताल, हारमोनियम र डफला ९एक प्रकारको डम्फू०का तालमा सुनिने जोगिरा गीत एक दशकयता विस्तारै लोपोन्मुख हुँदै गएको छ । आपसी सद्भाव, भातृत्व र उमङ्गको प्रतीकको रुपमा रहेको होली पर्वमा गीतबाटै गरिने छेडखानी, प्रेमयुक्त भाव आदानप्रदानको माध्यम पनि हो जोगिरा । होलीको मुख्य गहनाका रुपमा रहेको जोगिरा सुनिन छाडिएपछि यो पर्व अहिले रङ र अविरमा मात्र सीमित हुँदै गएको छ । 

सामाजिक छुवाछूत, जातीय भेदभाव, व्यक्तिगत रिसराग बिर्सिएर भातृत्व भाव र समानताको सन्देश दिन होलीलाई रमाइलो पर्वका रुपमा मनाउने परम्परा छ । तर यी सबैलाई एक ठाउँमा बाँधेर राख्ने जोगिराको स्थानमा अचेल ‘डिस्को’ बाजा बज्न थालेपछि होलीको मौलिकता हराउँदै गएको रुपन्देहीका ग्रामीण क्षेत्रका बासिन्दाको गुनासो छ ।

लुम्बिनीका बासिन्दा वीरेन्द्र मिश्रले स्थानीय संस्कृतिलाई संरक्षण गर्न र गीतद्वारा आफ्ना दुःख सुख जोगिरामार्फत व्यक्त गर्ने गरिएका बताउछन् । उनले अहिलेको पुस्ता यसलाई बिर्सिदै गएको र डिजेमा भुल्ने गरेको गुनासो गरे । “हामी हुँदासम्म जेनतेन यसलाई धानिरहेका छौँ, हामी नरहे हाम्रो परम्परा जोगिरा पनि नरहने भयो ।” उनले भने, “आजकलमा युवाहरु डिजेमा अश्लिल गीत सुन्न मै रमाउँछन्, जोगिरा जोगाउनतर्फ उनीहरुलाई उत्पे्ररित गर्न सकिएन ।” 

पहिले पहिले गाउँको बीचमा रहेको ब्रह्मस्थानमा गाउँका सबै बसेर रातिसम्म जोगिरा गाइने चलन थियो । वसन्त ऋतुको आगमनसँगै श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म तराईका घर, गाउँ, टोल र छिमेकमा गाइने यस्तै माधुर्य र प्रेम भाव भएको होली गीत गाउने मानिसको अभावका कारण लोप हुँदै गएको हो । होलीमा गाइने यस्ता गीतलाई नै ‘जोगिरा’ भनिन्छ । 

होलिया ९फागु गीत गाउने गायक०का स्वरमा घरभित्र लुकेर बसेकी नवयौवनालाई पनि उकुसमुकुस बनाउने र सबै सामाजिक पर्दा उघारेर बाहिर नाच्न आउँआउँ लाग्ने जोगिरा लोप हुँदै गएपछि फागु पर्वको सौन्दर्य स्वात्तै घटेको पुराना होलियाहरु बताउँछन् । सहरी क्षेत्रभन्दा ग्रामीण क्षेत्रमा गाइने यस्ता होली गीतमा विशुद्ध रुपमा ग्रामीण होलीको महत्व, त्यस भेगको माटाको मन्दमन्द वासना हुने भएकाले यस्ता गीतको रक्षा गर्नु आजको आवश्यकता रहेको लुम्बिनी सांस्कृतिक विरहा समूहका राधेश्याम पालको भनाइ छ । पौराणिक होली गीतमा विषयवासना, प्रेमालाप, सीताराम र शिवपार्वतीमा केन्द्रित भएर जोगिरा गीत गाउने परम्परा थियो । 

अबको होली गीतमा पश्चिमी सभ्यता, उच्छृङ्खलता अश्लीलता जस्ता गीतले कब्जा जमाउन थालेकाले यसको माधुर्य समाप्त हुँदै गएको उनले बताए । तराई–मधेस क्षेत्रमा होली पर्वमा गाइने जोगिरा गीतको संरक्षण एवं स्थानीय भाषा र संस्कृतिको रक्षाको लागि केही पाका स्थानीयले “लुम्बिनी सांस्कृतिक विरहा समूह” गठन गरेका छन् । समूहकै सदस्य जनार्दन यादवले आजका युवालाई फागु बुझाउन समूह लागि परेको बताउछन् । तर युवाहरुको यसप्रति आकर्षण नभएको उनको भनाइ छ ।

पौराणिक कथाअनुसार सत्ययुगमा राजा हिरण्यकश्यपु ज्यादै अत्याचारी राजा भएकाले आफूलाई देवताभन्दा ठूलो हुँ भन्ने घमण्ड गर्थे । उनका छोरा प्रह्लाद भगवान् विष्णुका परमभक्त थिए । हिरण्यकश्यपुले छोरा प्रह्लादलाई विष्णु भक्तिबाट अलग गराउन होलिकासँगै आगोमा जलाउँदा होलिका डढेर भष्म भइन् भने प्रह्लादलाई केही प्रभाव परेन । सोही परम्परालाई निरन्तरता दिँदै हिन्दू समाजमा फागुण शुक्ल पूर्णिमाको रातमा होलिकाको दहन गरी हर्ष बढाइँ गर्ने चलन रहिआएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अतिक्रमित जग्गा खाली गराउन ७७ वटै जिल्लाहरूलाई गृहको सर्कुलर

काठमाडौं । सरकारले देशभरका अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गामा बनेका संरचना हटाउने अभियानलाई तीव्र बनाएको छ। यसका लागि गृह मन्त्रालयले ७७ वटै जिल्ल...

जेनजी आन्दोलनमा भागेका व्यक्तिबाट हत्यापछि लुटपाट, २५ दिनपछि पक्राउ

नवलपुर। नवलपुरको देवचुली–१६ टाँगीकोटका ७५ वर्षीय जिवनराम थनेको हत्या गरी सुनका गरगहना लुटपाट गरी फरार एक जना पक्राउ परेका छन् ।  प्रहरीको केन्द्रीय...

स्थानीय तहबाटै नापी–मालपोत सेवा दिन २०७ पालिका इच्छुक

काठमाडौं । स्थानीय तहबाटै नापी तथा मालपोत सेवा प्रवाह गर्ने सरकारको योजनामा देशभरका २०७ वटा पालिकाले रुचि देखाएका छन्। भूमि व्यवस्था, सहकारी तथा गर...

अध्यादेशबारे कानुनविद्हरूसँग छलफल गर्न थाले राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेका विभिन्न अध्यादेशहरूबारे कानुनविद्हरूसँग छलफल गरेका छन्। राष्ट्रपति निवास शीतलनिवासमा ...

मापदण्डविपरीत चलेका मोरङका दुई क्रसर उद्योग बन्द

विराटनगर। मापदण्डविपरीत सञ्चालन र अनधिकृत उत्खनन गरेको भन्दै मोरङको चिसाङ खोला किनारमा सञ्चालित दुईवटा क्रसर उद्योग १३ दिनदेखि बन्द गरिएका छन् । जिल्ल...

राष्ट्रपतिद्वारा एक मात्र अध्यादेश जारी, बाँकीबारे परामर्श जारी

काठमाडौं । रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेका ६ वटा अध्यादेशमध्ये हालसम्म सहकारी ऐन पहिलो संशोधन अध्यादेश मात्र जारी गर्नुभएको छ। सरकारले संवै...

अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना

काठमाडौँ। नयाँ शैक्षिकसत्र सुरू भएसँगै अभिभावकको रोजाइमा परेका केही सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना गराउन अभिभावक, शिक्षक–कर्मचारीलाई भ्याइनभ्या...

सरकारका जनहितकारी कार्यमा कांग्रेसको साथ रहन्छ : विश्वप्रकाश शर्मा

दमक। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नेपाली कांग्रेसलाई समयअनुसार परिमार्जन गर्दै व्यवस्थित र सुदृढ दलका रूपमा अघि बढाइने बताएको छन् । ...

रोल्पाको जलजलामा जिप दुर्घटना:१५ जना गम्भीर घाइते, उद्धारमा कठिनाइ

काठमाडौं । रोल्पाको थवाङ गाउँपालिका–१ जलजलामा मेला भर्न गएका व्यक्तिहरू चढेको जिप दुर्घटना भएको छ। दुर्घटनामा कम्तीमा १५ जना गम्भीर घाइते भएका छन् भने...

मधेसको खानेपानी सङ्कट समाधानमा संसदीय समितिको जोड

काठमाडौँ ।राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिले मधेस प्रदेशमा देखिएको खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी समस्या तत्काल सम...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending