इलाम । इलाम कारागारभित्र मदिरा सेवनसहित जुवातास खेलेको भिडिओ सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालय इलामले छानबिन सुरू गरेको छ।
समिति नै गठन गरेर छानबिन सुरू गरिएको हो । सञ्चारमाध्यममा कैदीहरूले कारागारभित्र नै मदिरा सेवन गर्दै गरेको भिडिओ सार्वजनिक भएपछि तीन सदस्यीय समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले जानकारी दिए। जिल्ला प्रशासन कार्यालयका अधिकृत हरिकुमार थापाको संयोजकत्वमा समिति गठन भएको हो।
सो समितिले काम थालिसकेको संयोजक थापाले बताए। भिडिओ कहिलेको हो र को-को व्यक्ति यसमा संलग्न थिए भन्ने विषयमा छानबिन हुने र आवश्यक कारबाही अगाडि बढाइने बताइएको छ।
कानुनले वर्जित गरेका कुनै पनि गतिविधि, मदिरा सेवन, जुवातास तथा मोबाइल फोनसमेत प्रयोग गर्न नपाइने भए पनि कारागारभित्र खुलेआम सो कार्य भइरहेको भिडिओ बाहिरिएको हो। इलाम कारागारमा भने कानुनले वर्जित गरेका मदिरा सेवन, जुवातास तथा मोबाइल फोन समेतको प्रयोग हुने गरेको र यसमा कर्मचारीको समेत संलग्नता रहेको शंका गरिएको छ।
जेलर सुमित मगरले उक्त भिडिओ कारागारभित्रकै रहेको स्वीकार गरे। उनले यो दृश्य इलाम कारागारकै रहेको र त्यहाँ देखिएका केही कैदीबन्दी अहिले पनि यही रहेको तथा केही छुटेका र सरुवा भएर गइसकेका बताए। कारागारको क्षमता एक सय २५ जना क्षमताको भए पनि हाल यहाँ दुई सय ८० छन्
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १४ गते, २०८३ - १७:४८
काठमाडौं । फिल्म ‘लालीबजार’को प्रदर्शन रोक्न माग गर्दै उच्च अदालत पाटन मा सोमबार रिट दायर गरिएको छ। वादी समुदायको तर्फबाट रोशनी नेपालीले मुद्दा दायर ग...
बैशाख १४ गते, २०८३ - १७:२०
काठमाडौँ । मनोहरास्थित सुकुम्बासी बस्तीमा अतिक्रमित सरकारी जग्गा खाली गराउने अभियान अन्तर्गत पूर्वमन्त्री गोपाल किरातीको घर प्रहरीले भत्काएको छ। सर...
बैशाख १४ गते, २०८३ - १७:०२
रूपन्देही। रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ३ को वडा कार्यालय भवनमा दिनदहाडै एक स्थानीयमाथि साङ्घातीक आक्रमण भएको छ । वडाबासी वर्ष ४० का थि...
बैशाख १४ गते, २०८३ - १६:४६
ललितपुर। नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले संसद् अधिवेशन स्थगित गरेर अध्यादेश ल्याउनु उचित नभएको बताएको छन्। पार्टी केन्द्रीय कार्यालय सान...
बैशाख १४ गते, २०८३ - १६:३५
काठमाडौं। संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न गठित कार्यदलले आजदेखि संविधान तथा कानुनविद्हरूसँग औपचारिक छलफल सुरु गरेको छ। प्रधानमन्त्री बालेन...
बैशाख १४ गते, २०८३ - १६:०९
काभ्रेपलाञ्चोक । गत शनिबार साँझदेखि अवरुद्ध रहेको बीपी राजमार्ग पुन: सञ्चालनमा आएको छ। रोशी खोलामा आएको बाढीका कारण क्षतिग्रस्त बनेका डाइभर्सन मर्मतपछ...
बैशाख १४ गते, २०८३ - १५:५८
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत चयन भएका छन्। पार्टी सभापति गगन थापाले आङ्देम्बेलाई दलको नेतामा निर्वाचि...
बैशाख १४ गते, २०८३ - १५:२८
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदान र नेपाल क्रिकेट संघ (क्यान) बीचको भाडा सम्झौता पुन: नवीकरण हुने सरकारले स्पष्ट पारेको छ। प...
बैशाख १४ गते, २०८३ - १५:१६
काठमाडौं । माइतीघर मण्डलामा धर्ना बसेकी शोभा पाठकमाथि हातपात भएपछि उनलाई उपचारका लागि अस्पताल पठाइएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पाठकलाई...
बैशाख १४ गते, २०८३ - १५:०४
काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको १३औँ महानिरीक्षक (आईजीपी) मा नारायणदत्त पौडेल नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त मह...


प्रतिकृया लेख्नुहोस्: