Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

अझै करिब छ हजार भूकम्पपीडितले परिचयपत्र र राहत पाएनन्

चितवन । चितवनमा अझै छ हजारभन्दा बढी भूकम्पपीडित परिवारले सरकारी राहत पाउन सकेका छैनन् । भूकम्प गएको करिब चार महिना पुग्न लाग्दासमेत भूकम्पपीडितले परिचयपत्र समेत पाउन नसकेको पीडितले बताएका छन् । सरकारले भूकम्पपीडितमध्ये पूर्ण क्षति भएकाको हकमा रु १५ हजार र आंशिक क्षति भएकाको हकमा रु तीन हजार राहत प्रदान गर्ने निर्णय गरेको थियो । जिल्लामा अहिलेसम्मको तथ्याङ्कअनुसार पूर्ण र आंशिक गरी १३ हजार ६२० घर क्षति भएको छ । तीमध्ये सात हजार ४५० परिवारले मात्रै परिचयपत्र पाएका छन् भने सात हजार १९८ परिवारले मात्रै राहत रकम प्राप्त गर्न सकेका छन् । अझै छ हजार १७० परिवारले परिचयपत्र र छ हजार ४२२ परिवारले राहत पाउन नसकेको जिल्ला विपद् व्यवस्थापन समितिको तथ्याङ्कमा उल्लेख छ ।   अहिलेसम्म राहतका लागि जिल्ला प्रशासन कार्यालयले चितवनले भूकम्प प्रभावित क्षेत्रमा रु सात करोड ५८ लाख पठाइसकेको छ । तर पनि पूर्णतर्फ रु चार करोड २० लाख तथा आंशिक क्षतितर्फ रु एक करोड ३१ लाख गरी रु पाँच करोड ५१ लाख मात्रै राहत वितरण भएको तथ्याङ्क छ । प्रशासन कार्यालयले गाविसमा निकासा गरेकोमध्ये रु दुई करोड सात लाख अझै भूकम्पपीडितले पाउन सकेका छैनन् ।   चितवनमा भूकम्पका कारण तीन हजार ४९१ घर पूर्ण क्षति भएको छ भने १० हजार १२९ घर आंशिक क्षति भएको तथ्याङ्क छ । विपद् व्यवस्थापन समिति चितवनका सूचना अधिकृत बलराम लुइँटेलले कहीँ पुनः विवरण सङ्कलन गर्नु परेको र कुनै स्थानमा विवाद आएकाले राहत वितरण र परिचयपत्र वितरणमा ढिलाइ भएको जानकारी दिए । पूर्ण क्षति भएका तीन हजार ४९१ मध्ये अहिलेसम्म दुई हजार ९०० लाई परिचयपत्र वितरण गरिएको छ । दश हजार १२९ आंशिक क्षति भएकामध्ये अहिलेसम्म चार हजार ५५० परिवारलाई राहत दिइसकेको उनले बताए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending