Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

प्रचण्डसँग विद्रोहको कुरा हावा र अकल्पनिय हो –नन्दकिशोर पुन ‘पासाङ’

\"pasang\"काठमाडौं । एकिकृत नेकपा माओवादी दोस्रो पुस्ताका नेताहरु वर्षमान पुन ‘अनन्त’ नन्दकिशोर पुन ‘पासाङ’ र जनादर्न शर्मा ‘प्रभाकर’ले प्रचण्डसँग विद्रोह गर्न लागेको भनेर आएको हल्ला भ्रामक र नियोजित भएको जनमुक्ति सेनाका पूर्व कमाण्डर नन्दकिशोर पून ‘पासाङ’ ले बताएका छन् । संविधानको मस्यौदा समितिबाट पारित ६ प्रदेशको विषयमा असन्तुष्टी जनाउँदै प्रचण्डसँग विद्रोह गर्न लागेको भनेर आएको समाचारप्रति पासाङले खेद व्याक्त गरेका छन् । खबरडबलीसँग कुरा गर्दै पासाङले भने,– ‘प्रदेश निर्माण गर्दा पहिचान र सामथ्र्यको आधार मिलेन भन्दै सच्याउनका लागि हामी लगायत नेताहरुले पार्टी र राजनीतिक संवाद समितिमा लिखित असहमति राखेको सत्य हो तर विद्रोहको कुरा हावा र अकल्पनिय हो । अनन्त र प्रभाकर जीको कुरा पनि यहि नै हो । सिमाकंन सच्याउन पर्छ भन्ने हो । सामथ्र्य र पहिचानका आधारहरु आएनन् भन्ने हो । ’ उनले माओवादीलाई कमजोर बनाउने षड्यन्त्रस्वरुप केही शक्ति लागेकोले यस्तो भ्रम फैलाइएको हुनसक्ने बताए । पार्टी निर्माणको बारेमा समग्र पार्टी नै चिन्तित रहेको र कसरी बनाउने भन्ने पार्टीमै छलफल गर्ने बताएका पासाङले प्रचण्डसँग विद्रोह गर्नेबारे सोच्नसमेत नसकिने बताए । सिमाकंनमा शिर्ष नेताहरुको कमजोरी भएको भन्दै त्यो माओवादी मात्रै होइन सबै नेताहरुको कमजोरी भएको समेत पासाङले बताए । कतिपय ठाउँमा नमिल्ने र भोली लागु गर्नै नसकिने गरी सिमा निर्धारण भएको लागेपछि आफुहरुले सच्याउन पहल गरेको उनले बताए । एमाओवादीमा अनन्त, जनार्दन र पासाङ अध्यक्ष प्रचण्डका भरपर्दा र विस्वाश पात्र हुन् । यिनै नेताहरुले सिमाकंनबारे असन्तुष्टी राखेसकेपछि भ्रामक समाचार संम्प्रेशण भएको एमाओवादीका अरु नेताहरुको बुझाई छ । खबरडबलीसँगको टेलिफोन सम्पर्कमा पासाङले आम पार्टी कार्यकर्तालाई आवहान गरे, –‘पार्टी निर्माण र संविधानसभाको शक्तिसन्तुलनका आधारमा प्राप्त हुने उपलब्धिको रक्षाका लागि लागौं, पार्टी बिग्रिएकोले बनाउनतिर लागौं । हल्लाको पछि नलागौं।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending