गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गोरखा जिल्लाको इञ्चार्जमा अमर तमुलाई जिम्मेवारी तोकिएको छ। तमुलाई पार्टी केन्द्रले जिल्ला इञ्चार्जको जिम्मेवारी दिएको जिल्ला संयोजक विष्णुप्रसाद भट्टले बताए।
यसअघि जिल्ला इञ्चार्ज रहेका कृष्ण धिताल गण्डकी प्रदेशको सभामुखमा निर्वाचित भएपछि गोरखा जिल्लामा इञ्चार्ज खाली भएको थियो। सभामुख धितालले पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएपछि केन्द्रीय सदस्यसमेत रहेका सहइञ्चार्ज तमुलाई पार्टीले जिल्ला इञ्चार्जको जिम्मेवारी दिएको हो।
विसं २०५३ मा पार्टीको पूर्णकालीन सदस्य भएर 'जनयुद्ध'मा होमिएका नेता तमु विसं २०५५ मा पार्टीको जिल्ला कमिटी सदस्य, २०५८ सालमा उपब्युरो सदस्य तथा पार्टीको गोरखा जिल्लाको 'जनसरकार' प्रमुख बनेका थिए।
विसं २०५९ मा तत्कालीन नेकपा (माओवादी) को तत्कालीन क्षेत्रीय ब्युरो सदस्य बनेका उनले विसं २०६० देखि एक वर्ष कास्की जिल्लाको इञ्चार्जको जिम्मेवारी सम्हालेका थिए।
त्यस्तै विसं २०६९ मा पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारी पाएका नेता तमु अहिलेसम्म पनि लगातार पार्टीको केन्द्रीय समितिमा रहेर जिम्मेवारी सम्हाल्दै आएका छन्। यसअघि पनि नेता तमुले २०७० सालदेखि ०७२ सम्म गोरखा जिल्ला इञ्चार्जको जिम्मेवारी सम्हालेका थिए।
विसं २०६४ भएको पहिलो ऐतिहासिक संविधान सभामा गोरखा क्षेत्र नम्बर ३ बाट संविधानसभा सदस्य पदमा उनी निर्वाचित भएर संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेका थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १३ गते, २०८२ - ०९:०७
काठमाडौं । यो साता अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका र इरानबीच युद्ध अन्त्यलाई लिएर "एकदमै राम्रो र उत्पादक संवाद" भएको बताए। तर इरानको प्रति...
चैत्र १३ गते, २०८२ - ०८:५७
डोटी । खाना खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको आदर्श गाउँपालिका–७ दहकालीकाका ५० वर्षीय काले नेपालीको मास...
चैत्र १३ गते, २०८२ - ०७:५७
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह आज प्रधानमन्त्रीमा नियुक्त हुँदै छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता ...
चैत्र १३ गते, २०८२ - ०७:५३
विद्यालय र अस्पताल झनै समस्यामा
चैत्र १३ गते, २०८२ - ०७:५०
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ...
चैत्र १३ गते, २०८२ - ०७:४४
दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका–१० सौडिकुलामा मोटरसाइकल दुर्घटना भएको हो। जिल्ला प्रहरी का...
चैत्र १३ गते, २०८२ - ०७:३१
काठमाडौँ । मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र प...
चैत्र १३ गते, २०८२ - ०७:२६
काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई बुधबार र बिहीबार पक्राउ गरिएको हो ...
चैत्र १३ गते, २०८२ - ०७:२४
काठमाडौँ । यही चैत ११ गतेका दिन कालो जिन्सको ज्याकेट र पेन्टमा जिल्ला अदालत काठमाडौँ परिसरमा भेटिएका बाजुरा त्रिवेणी नगरपालिका–७ का लोकेशकुमार अयडी नि...
चैत्र १३ गते, २०८२ - ०७:२०
काठमाडौँ । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी देशभर मनाइँदै छ । त्रेता युगमा...



प्रतिकृया लेख्नुहोस्: