काठमाडौ । लघुवित्त वित्तीय संस्थाका कारण न्यूनआय भएका वर्ग झन् प्रभावित बनेको भन्दै संसद्मा लघुवित्तलाई नियमन गर्न आवाज उठेको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद गगनकुमार थापाले बदनियतका साथ काम गर्ने लघुवित्तलाई कारबाही गर्न र एउटा ऋणीले एउटा मात्र संस्थाबाट ऋण लिन पाउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए ।
“अति न्यूनआय भएका गरिबलाई गरिबीको रेखाबाट माथि उठाउने उद्देश्यका साथ लघुवित्त सञ्चालनमा आएका भए पनि कयौँ लघुवित्तका कारण गरिब थला परेका छन्, अनुचित नाफा कमाउनका लागि जे पनि गर्ने लघुवित्त, तत्कालको गर्जो टार्न जहाँबाट जस्तो भए पनि ऋण लिने ग्राहाकहरु, सुपरीवेक्षण गर्ने राष्ट्रबैंकका कारण यो अवस्था देखिएको हो”, उनले भने ।
सांसद अञ्जली श्रेष्ठले बढ्दो महँगी, बेरोजगारीलगायत किसानका समस्या तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद अनिसा नेपालीले वर्षायाममा हुने जनधनको क्षति हुन नदिन अहिले नै काम थाल्न आग्रह गरे । सांसद अम्बिका बस्नेतले चाबहिलको महाँकालस्थित सडक तत्काल मर्मत गर्न सरकारको ध्यानाकर्षण गराए।
सांसद असिम शाहले सरकारी सेवा एकीकृत रुपमा प्रवाह गर्ने उद्देश्यले निर्माण गरिएको ‘नागरिक एप’को प्रभावकारी रुपमा सञ्चालनमा ल्याउन आग्रह गरे । उनले नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीले मान्यता नदिएको भन्दै नागरिक एप र ट्राफिक प्रहरीबीच समन्वयको व्यवस्था गरिदिन सरकारसँग आग्रह गरे ।
सांसद इश्वरबहादुर रिजालले शून्य समयमा उठाएको कुरा शून्य बराबर नहोस् भनी सरकारको ध्यानाकर्षण गराए । सांसद कल्पना मियाँ कुसारीले अघिल्लो पटकको शून्य समयमा मैले केही प्रश्न राखेको थिएँ, त्यो जवाफ अहिलेसम्म आएन, त्यो जवाफ कहिलेसम्म कसको बाट पाउने होला ? भनी प्रश्न गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १५ गते, २०८३ - १७:३३
काठमाडौं । काठमाडौँ महानगरपालिका–२६ ठमेलमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मंगलबार ठमेल पक्नाजोलस्थित सडकमा बा३क २३३९ नम्बरको ट्रकको ठक्कर...
बैशाख १५ गते, २०८३ - १७:१७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओली ले सरकारले संसद् छलेर अध्यादेश ल्याउन खोज्नु संसदीय अभ्यासमाथिको गम्भीर हम...
बैशाख १५ गते, २०८३ - १७:०१
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले अध्यादेशमार्फत कानुन निर्माण गर्न खोजेकोप्रति आपत्ति जनाएको छ। सरकारले दुई अध्यादेश जारी गर्...
बैशाख १५ गते, २०८३ - १६:४७
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पहुँचका भरमा प्रयोग भइरहेका सरकारी सवारी साधन फिर्ता लिने प्रक्रिया तीव्र बनाएको छ। हालसम्म वि...
बैशाख १५ गते, २०८३ - १६:३६
प्यूठान। प्यूठान अस्पतालमा उपचाररत एक सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ । लुंग्री गाउँपालिका वडा १ रोल्पा निवासी १८ वर्षीया यमुना बस्नेतको...
बैशाख १५ गते, २०८३ - १६:०३
पश्चिम नवलपरासी। जिउँदो व्यक्तिको मृत्यु दर्ता गरेको आरोपमा पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा ५ का वडाध्यक्ष प्रभुनाथ अहिर र वडा सचिव संजयकुमार ...
बैशाख १५ गते, २०८३ - १५:३८
काठमाडौं । सरकारले दुई वटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सहकारी सम्बन्धी र सं...
बैशाख १५ गते, २०८३ - १५:१७
नेपालगन्ज । बाँके बैजनाथ गाउँपालिका –६ का एक महिलाको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएपछि मृतकका आफन्तहरुले अस्पतालका चिकित्सकहरुमाथि अभद्र व्यव...
बैशाख १५ गते, २०८३ - १५:०४
काठमाडौं । चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतले आदेश दिएको छ। उच्च अदालत पाटन का न्यायाधीश प्रकाश ढुंगाना को एकल इजलासले यही २२ ...
बैशाख १५ गते, २०८३ - १४:५४
मस्को। रूसी विदेश मन्त्रालयले युरोपेली युनियनले लगाएको नवीन प्रतिबन्धको प्रतिक्रियामा मस्कोले युरोपेली युनियन ९इयू०का अधिकारीलाई रूसी क्षेत्र प्रवेश ग...


प्रतिकृया लेख्नुहोस्: