Khabar Dabali १७ बैशाख २०८३ बिहीबार | 30th April, 2026 Thu

जनतालाई सरल र सहजरूपमा सेवा प्रवाह गर्नुपर्छ : उपाध्यक्ष भुसाल

खबरडबली संवाददाता
काठमाडौ । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं पूर्वमन्त्री पम्फा भुसालले जनतालाई सरल र सहजरूपमा सेवा प्रवाहमा नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनले उत्कृष्ट भूमिका निर्वाह गर्नुपर्ने बताए।
 
नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामती प्रदेश नं १ सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उनले राष्ट्रहित र जनताको सेवाप्रति प्रतिबद्ध हुनुपर्नेमा जोड दिए ।
 
उपाध्यक्ष भुसालले विगतको सरकारले सङ्घीय निजामती ऐन सङ्घीयताको मर्म विपरीत ल्याउन लागेको बताउँदै संसद्द्वारा राज्य व्यवस्था समितिमा पठाइएको मस्यौदामाथि व्यापक छलफल भई मतदानद्वारा पास भएकामा ऐन आउन नसकेकामा दुःख व्यक्त गरे । उनले भने, “अहिले सङ्घीय निजामती सेवा ऐन आउनुपर्छ र त्यसमा कर्मचारीहरूको हकहित एवं सामूहिक सौदाबाजी गर्ने ट्रेड युनियनका अधिकार समावेश हुनुपर्छ ।”
 
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सरकारले ल्याउन लागेको सङ्घीय निजामती सेवा ऐन स्वीकार गर्न आग्रह गर्दै यसबाट कर्मचारीतन्त्रमा देखिएका समस्या आधा समाधान हुने विश्वास व्यक्त गरे । उनले सबै कुरा ऐनमा एकै पटक नआए पनि यसलाई क्रमशः सुधार गर्दै लैजान सकिने बताए। 
 
मन्त्री मोदीले कर्मचारीभित्र देखिएका विकृति, विसङ्गति र भ्रष्टाचारको अन्त्य गर्न प्रतिबद्ध रहेको चर्चा गर्दै सम्पूर्ण निजामती कर्मचारीको अभिभावक भएको आधारमा न्यायपूर्ण ढङ्गले कर्मचारीहरूको क्षेत्रमा कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले निजामती सेवाका २५ जना अधिकृत तहबाट बढुवा भएका उपसचिवलाई स्थानीय तहमा सरुवा गरिएको जानकारी दिए ।
 
सङ्गठनका केन्द्रीय अध्यक्ष हरिबहादुर रावल, माओवादी केन्द्रका केन्द्रीय सदस्य सावित्रीकुमार काफ्ले, सङ्गठनका केन्द्रीय उपाध्यक्ष अम्बादत्त भट्ट, केन्द्रीय सचिव लोकेन्द्र चौलागाईं, प्रदेश अध्यक्ष नरमाया भट्टराईलगायतले अधिकृत र सुब्बा तहमा तलबमा रहेको विभेद हटाउनुपर्ने सुझाव दिएको थिए ।
 
सोही अवसरमा पूर्वमन्त्री भुसालले सङ्गठनद्वारा प्रकाशित ‘लाली किरण’ पुस्तकको विमोचन गरेको थिए । प्रदेश सम्मेलनमा १४ जिल्लाका सङ्गठन आबद्ध कर्मचारीहरूको सहभागिता रहेको छ । सम्मलेनले आज नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम रहेको छ ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अतिक्रमित जग्गा खाली गराउन ७७ वटै जिल्लाहरूलाई गृहको सर्कुलर

काठमाडौं । सरकारले देशभरका अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गामा बनेका संरचना हटाउने अभियानलाई तीव्र बनाएको छ। यसका लागि गृह मन्त्रालयले ७७ वटै जिल्ल...

जेनजी आन्दोलनमा भागेका व्यक्तिबाट हत्यापछि लुटपाट, २५ दिनपछि पक्राउ

नवलपुर। नवलपुरको देवचुली–१६ टाँगीकोटका ७५ वर्षीय जिवनराम थनेको हत्या गरी सुनका गरगहना लुटपाट गरी फरार एक जना पक्राउ परेका छन् ।  प्रहरीको केन्द्रीय...

स्थानीय तहबाटै नापी–मालपोत सेवा दिन २०७ पालिका इच्छुक

काठमाडौं । स्थानीय तहबाटै नापी तथा मालपोत सेवा प्रवाह गर्ने सरकारको योजनामा देशभरका २०७ वटा पालिकाले रुचि देखाएका छन्। भूमि व्यवस्था, सहकारी तथा गर...

अध्यादेशबारे कानुनविद्हरूसँग छलफल गर्न थाले राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेका विभिन्न अध्यादेशहरूबारे कानुनविद्हरूसँग छलफल गरेका छन्। राष्ट्रपति निवास शीतलनिवासमा ...

मापदण्डविपरीत चलेका मोरङका दुई क्रसर उद्योग बन्द

विराटनगर। मापदण्डविपरीत सञ्चालन र अनधिकृत उत्खनन गरेको भन्दै मोरङको चिसाङ खोला किनारमा सञ्चालित दुईवटा क्रसर उद्योग १३ दिनदेखि बन्द गरिएका छन् । जिल्ल...

राष्ट्रपतिद्वारा एक मात्र अध्यादेश जारी, बाँकीबारे परामर्श जारी

काठमाडौं । रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेका ६ वटा अध्यादेशमध्ये हालसम्म सहकारी ऐन पहिलो संशोधन अध्यादेश मात्र जारी गर्नुभएको छ। सरकारले संवै...

अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना

काठमाडौँ। नयाँ शैक्षिकसत्र सुरू भएसँगै अभिभावकको रोजाइमा परेका केही सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना गराउन अभिभावक, शिक्षक–कर्मचारीलाई भ्याइनभ्या...

सरकारका जनहितकारी कार्यमा कांग्रेसको साथ रहन्छ : विश्वप्रकाश शर्मा

दमक। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नेपाली कांग्रेसलाई समयअनुसार परिमार्जन गर्दै व्यवस्थित र सुदृढ दलका रूपमा अघि बढाइने बताएको छन् । ...

रोल्पाको जलजलामा जिप दुर्घटना:१५ जना गम्भीर घाइते, उद्धारमा कठिनाइ

काठमाडौं । रोल्पाको थवाङ गाउँपालिका–१ जलजलामा मेला भर्न गएका व्यक्तिहरू चढेको जिप दुर्घटना भएको छ। दुर्घटनामा कम्तीमा १५ जना गम्भीर घाइते भएका छन् भने...

मधेसको खानेपानी सङ्कट समाधानमा संसदीय समितिको जोड

काठमाडौँ ।राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिले मधेस प्रदेशमा देखिएको खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी समस्या तत्काल सम...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending