Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

पर्यटकीयस्थल ‘छिल्लीकोट’ पुग्न धुलाम्मे सडक

खबरडबली संवाददाता

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका–१९  छिल्लीकोट दाङको एउटा पर्यटकीय गन्तव्य हो । जहाँ आफैँ ‘भ्यूटावर’जस्ता डाँडाकाडा छन् । त्यहाँ भ्यूटावर निर्माण गरिएको छ । यसको  उद्देश्य हो– पर्यटन प्रवद्र्धन गर्ने । तुलसीपुर–१९ स्थित छिल्लीकोटबाट सिस्ने हिमाल, धवलागिरि हिमाल त्यहाँबाट देख्न सकिन्छ । त्यहाँबाट दाङका फाँट देख्न सकिन्छ । रुकुम, सल्यान, रोल्पालगायत बाँके जिल्लाका केही स्थान त्यहाँबाट अवलोकन गर्न सकिन्छ ।

ऐतिहासिक, धार्मिक  तथा पर्यटकीय हिसाबले उत्तम मानिएको त्यस क्षेत्रमा पुग्ने सडक भने गतिलो छैन । सुन्दर दृश्य हेर्न जानेहरू धुलाम्मे हुनुपर्छ । ठूला गाडीलाई केही सहज भए पनि मोटरसाइकलमा जाँदा धुलाम्मे हुने अवस्था छ ।

पन्ध्रौँ–सोह्रौँ शताब्दीमा राजा मेघनाथ शाहले राज गरेको ठाउँ छिल्लीकोटमा  पर्यटनको आकर्षणको केन्द्र हो । त्यहाँ अहिले बेलझुण्डी र सङ्ग्राम ब्यारेक गरेर दुई सडकबाट छिल्लीकोट पुग्ने गरिन्छ । त्यहाँबाट सात किलोमिटर हिँडेपछि ऐतिहासिक तथा पर्यटकीय क्षेत्र छिल्लीकोट पुग्ने गरिन्छ । बिजौरीको हाडिमे हुँदै छिल्लीकोट पुग्ने सडक अहिले कालोपत्र हुँदैछ । त्यो सडक कालोपत्र भएपछि भने पर्यटक सहजै छिल्लीकोट पुग्न सक्नेछन् ।

सोनापुर सिमेन्ट उद्योगले रिचेगोदेबाट चुनढुङ्गा ल्याउनका लागि खनेको सडकमा अहिले छिल्लीकोट पुग्ने गन्तव्य बनेको छ । तर निकै धुलाम्मे हुन्छ । बिजौरी, बेलझुण्डीबाट हिँडेको मान्छेको स्वरुप छिल्लीकोट पुग्दा अर्कै भइसक्छ । चिन्न पनि हाम्मे–हाम्मे पर्छ ।

मोटरसाइकल, स्कुटरमात्रै होइन, तुलसीपुरबाट धुलाम्मे हुँदै छिल्लीकोट अवलोकन गर्नेको सङ्ख्या पनि कम छैन । कोही बाटोमा सिमेन्ट उद्योगका टिपर भेटिए पनि रोकेर त्यसमै चढेर पुग्छन् भने छिल्लीकोट पुग्ने जो–कोही गाडी भेटिए पनि रोक्दै गाडीमा चढ्दै गर्छन् । बिजौरी, बेलझुण्डीबाट छिल्लीकोट जाने बाटोमा दिउँसो प्रायः छिल्लीकोट पुग्ने पर्यटकको घुइँचो लाग्ने गर्छ । 
छिल्लीकोट पुग्ने सडक कालोपत्र भएपछि सहजरूपमा आवतजावत हुनेछ । यसले पर्यटकको सङ्ख्यालाई थप वृद्धि गर्ने स्थानीय पूर्ण पुनले बताउनुभयो । उहाँले भन्नुभयो, “सडक व्यवस्थित भएमा यहाँ पर्यटकको घुइँचो लाग्ने गर्छ ।”

पन्ध्रौँ–सोह्रौँ शताब्दीमा जुम्लाबाट आएका चल्ल वंशीय राजा मेघनाथ शाहले राज्य सञ्चालनका लागि रोजे र राज्य सञ्चालन गरे यो भन्दा पहिले यस ठाउँको नाम धार्मिक शास्त्रअनुसार (मल्लागिरि), पर्वत (पहाड) हो । अर्थात छिल्लीकोटको प्राचीन नाम मल्लागिरि हो । पूर्णागिरि भारतमा पर्दछ भने चन्द्रागिरि काठमाडौँको उत्तरी भू–भागमा पर्दछ । छिल्लीकोटमा कालिका–मालिका देवी भगवतीको मन्दिर निर्माण भएको छ ।

मन्दिर पुग्नका लागि सिँढी पनि निर्माण गरिएको स्थानीय पूर्ण पुनले बताए ।   छिल्लीकोटबाट खुमखानी राजाले राज गरेको स्थान पनि देखिन्छ । कुनै समय छिल्लीकोट राजा र खुमखानी राजा आपसमा लडेको र त्यतिबेला छिल्लीकोटे राजाले खुमखानी राजालाई प्रहार गर्ने तोप पनि ऐतिहासिक वस्तुका रूपमा हेर्न सकिन्छ । त्यहाँ छिल्लीकोटे राजा बसेको घर र बस्न प्रयोग गरेका ढुङ्गाका अवशेष पनि हेर्न सकिन्छ ।

त्यसले त्यहाँको जीवनस्तर पनि निकै माथि उठाएको छ । सुमुद्र सतहदेखि एक हजार चार सय १० मिटर रहेको छिल्लीकोट तुलसीपुर–१९ मा पर्छ । जुन रोल्पाको रुटीगढी गाउँपालिकाको सिमाना पनि पर्छ ।

त्यहाँ कालिका, मालिका, गणेशथान, भैरवथान, शिवजी थान, हवन कुण्ड, रक्तकुण्ड, बुद्धढुङ्गा, गुप्तेश्वरी गुफा, छिल्लीकोट राजगडी, राजमाको  तोप, राजाका शिलाढुङ्गा चौकी, इन्द्रचोक, टुँडिखेललगायत छन् । नेपाल एकीकरण गर्ने सिलसिलामा राजेन्द्र लक्ष्मीदेवी शाह गद्दीमा बसेको बेला पृथ्वीनारायण शाहका भाइ बहादुर शाह नायक बनी नेपाल एकीकरण गर्ने क्रममा छिल्ली राज्य गाभिएको हो ।

छिल्लीकोटबाटै मालपोत कार्यालय पनि सञ्चालनमा आएको थियो । सरकारले क्षेत्रलाई अधिकार दिने काममा बटौली खसेउली वर्तमान बुटवल शासन गर्नका नेपालगञ्जमा गोश्वारा स्थापना भई शासन प्रशासन जमिन्दार, पटवारी मुखिया तालुकदार, मतवा स्थापना भई शासन प्रशासन सञ्चालनमा आएपछि मालपोत कार्यालय माल अड्डाले  हेर्ने टुङ्गो लागेको थियो ।

त्यो माल अड्डा कार्यालय तत्कालीन दाङको सदरमुकाम छिल्लीकोटमा रहेको थियो । विसं २००६ सम्म त्यहाँ मालपोत कार्यालय रहेको प्रमाण अहिले पनि सुरक्षित छन् । 

अर्कातर्फ धार्मिकरूपमा संसारमा रहेका तीनवटा गिरिमध्ये पूर्णागिरि भारतमा पर्दछ । चन्द्रागिरि काठमाडौंमा पर्दछ भने मल्लागिरि दाङको छिल्लीकोटमा पर्दछ । यहाँ सतीदेवीको अङ्ग पतन भई कालिका मालिका देवी भगवती उत्पत्ति भएको विश्वास गरिन्छ ।

पछि छिल्ली राजाले देवकोटा ब्राह्मणलाई पुजारी राखी कालिका मालिका भगवती मन्दिर बनाई विधिपूर्वक पूजाआजा गर्ने चलनको सुरुआत गरेका हुन् । राजाले भोटबाट लामा गुरु बोलाई बुद्ध ढुङ्गाको समेत पूजा चलाएको किंवदन्ती छ । पछि आएर विसं २००६ देखि २०२२ सम्म यहाँकै भगवतीले रुचाएर अमृता घर्तीमगरलाई ओलप्पाई माताका रूपमा प्रकट गरेको मानिन्छ ।

यिनै कुरा छिल्लीकोटका सुन्दरता हुन् । ऐतिहासिक र धार्मिक कुरालाई लिएर अहिले सङ्घीय, प्रदेश र स्थानीय तहले छिल्लीकोटलाई दाङकै एउटा प्रमुख पर्यटनको केन्द्रका रूपमा विकास गर्ने योजना अघि सारेका छन् । सोहीअनुसार बर्सेनि बजेट विनियोजन भइरहेको छ । करोडौँ बजेट छिल्लीकोटमा गएको छ ।

यो बजेटले काम पनि भइरहेको छ । त्यहाँका नागरिकको जीवनस्तर सुधार हुँदै गएको छ । “कुनै समय बिजौरीबाट पैदल हिँडेर छिल्लीकोट  पुग्नुपर्ने अवस्था थियो”, स्थानीय ओमप्रकाश पुनले भने, “अहिले हिलाम्मे, धुलाम्मे जे भए पनि छिल्लीकोटमै सडक पुगेको छ, यसले निकै सहज भएको छ ।”

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending