Khabar Dabali १७ पुष २०८२ बिहीबार | 1st January, 2026 Thu
Investment bank

राष्ट्रपति निर्वाचन मुखैमा पूर्वराजाको सहकार्य प्रस्तावले के संकेत गर्छ ?

खबरडबली संवाददाता

काठमाडौं । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति चयनका लागि प्रमुख दलहरू राजनीतिक जोडघटाउमा लागिरहेका बेला पूर्वराजा ज्ञानेन्द्र शाहले दलहरूसँग “सहकार्य”को प्रस्ताव गरेपछि त्यसबारे विभिन्न कोणबाट टिप्पणी भइरहेका छन्।

फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनअघि विशेषगरी सत्ताधारी गठबन्धनका माओवादी केन्द्र र नेकपा एमालेबीच "दूरी बढिरहेको" विवरणमाझ पूर्वराजाको प्रस्तावलाई धेरैले अर्थपूर्ण रूपमा हेरेका छन्।

पूर्वराजाको भनाइले राजसंस्था फर्काउन पहल गरिरहेका राजनीतिक शक्तिहरू उत्साहित देखिए पनि गणतन्त्रका पक्षधर दलका एक नेताले शाहको अभिव्यक्तिलाई उनको “रहर”का रूपमा मात्रै लिन सकिने बताए।

पूर्वराजा शाहले यसअघि पनि विभिन्न अवसर पारेर दिइने शुभकामना सन्देशमा गणतान्त्रिक व्यवस्थाले देशमा "शान्ति र स्थिरता नदिएको" भन्दै आलोचना गर्ने गरेका थिए।

गएको दशैँका अवसरमा उनले दिएको सन्देशमा पनि राजनीति "सुविधाभोगका लागि केन्द्रित हुँदै गएको" भन्दै आलोचना गरिएको थियो।

पूर्वराजाको पछिल्लो प्रस्ताव

पूर्वराजा शाहले फागुन ७ गते मनाइने प्रजातन्त्र दिवसको शुभकामना सन्देशमा “नेपालको निरन्तर अधोगतिप्रति अब मौन रहन नसक्ने” उल्लेख गरेका छन्। आफूले यसअघि नेपाली जनताको निर्णय स्वीकारेको पूर्वराजाको भनाइ छ।

गणतान्त्रिक व्यवस्थाप्रति सङ्केत गर्दै उनले “देशमा शान्ति, स्थिरता, अन्तर्राष्ट्रिय सम्मान र सार्वभौमिकता चिरा पर्न थालेको” टिप्पणी गरेका छन्।

शाहको सन्देशमा “अब देश जोगाउन प्रजातन्त्रको लागि अपरिहार्य राजनीतिक दलहरू र लामो समय देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यको लागि विलम्ब गर्न नहुने” भनिएको छ।

दलहरूको प्रतिक्रिया

पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शाहको भनाइ उनका पुराना दिनको झल्को मात्र भएको टिप्पणी गरे।

“ज्ञानेन्द्रजी आफैँ अलमलमा हुनुहुन्छ उहाँमा अझै पुरानो झल्को आइरहन्छ, दुई/चार जना मान्छे वरिपरि देख्यो भने त्यो पुरानो झल्कोले अलिअलि उक्साउँछ, त्यति मात्र हो,” ओलीले आइतवार विराटनगरमा पत्रकारहरूसँग भने।

गतसाता एमालेकै केन्द्रीय सदस्य दुर्गा प्रसाईँले आयोजना गरेको एउटा राजनीतिक अभियानको ओलीको गृह जिल्ला झापामा भएको उद्घाटन समारोहमा पूर्वराजा शाह पनि सरिक भएका थिए।

“कोसँग सहकार्य गर्ने? ज्ञानेन्द्रजी आफैँ ‘पोल्टिक्स’मा हिँडिरहनु भएकै छ, अस्ति मेचीमा गएर दियो बाल्नुभयो, भएकै छ त,” पूर्वराजा शाहले गरेको सहकार्यको प्रस्तावप्रति ओलीको टिप्पणी थियो।

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले पनि अस्तित्वमा नै नरहेको राजसंस्थासँग सहकार्य सम्भव नभएको टिप्पणी गरे।

“उहाँले सहकार्य भनेर फेरि राजा हुने कुरा गर्नुभएको होला त्यो सम्भव छैन। अहिले हुँदै नभएको राजसंस्थासँग सहकार्यको कुरै भएन नि! नागरिकको हैसियतले सहकार्य हुन सक्ला,” महतले बीबीसीसँग भने।

आफ्नो संवैधानिक दायरा “नाघेर” शाहले सत्ता हातमा लिएका कारण राजतन्त्र अन्त्य भएको भन्दै महतले फेरि राजतन्त्र फर्काउने कुरा पूर्वराजाको “रहर” मात्रै हुने टिप्पणी गरे।

‘राजनीतिमा ठाउँ दिनुपर्छ’

नेपालमा राजतन्त्र पुनर्स्थापना र हिन्दूराष्ट्रको वकालत गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन श्रेष्ठले आफ्नो दल शाहसँग सहकार्य गर्न तयार हुने बताए। शाहलाई पनि राजनीतिमा ठाउँ दिनुपर्ने उनको भनाइ छ।

“हाम्रो दलले कठिन दिनमा पनि राजसंस्था पुनर्स्थापनाका लागि आवाज उठाइरहेको भएकाले यसलाई सकारात्मक लिने नै भयो। राजाको सन्देशलाई अरू दलहरूले पनि गम्भीरतापूर्वक लिएर अभिभावकीय भूमिका दिनुपर्छ भन्ने हाम्रो भनाइ छ,” उनले भने।

राप्रपाले नेपालमा “षड्यन्त्रपूर्वक” गणतन्त्र घोषणा गरिएको आरोप लगाउँदै आएको छ। श्रेष्ठले पूर्वराजालाई दलहरूले निषेध गरिरहेको तर जनताले स्वागत गर्ने गरेको दाबी गरे।

‘भूमिका खोजिरहेका’ पूर्वराजा

देशसञ्चार डटकमका सम्पादक युवराज घिमिरे पूर्वराजासँग भेट गर्ने विभिन्न राजनीतिक दलसँग आबद्ध व्यक्तिहरूले उनको भूमिका औँल्याइदिएका कारण पनि राजाले यस्तो वक्तव्य दिएको हुनसक्ने बताउँछन्।

“बाहिर देखाउँदैनन् तर मुख्य पार्टीकै मान्छेहरू गएर उनलाई भेटिरहेका छन्। त्यसकारण उनलाई ‘मेरो भूमिका छ’ भन्ने लागेको हुनसक्छ,” सम्पादक घिमिरे भन्छन्।

“राष्ट्रपतिको चुनावको आसपास सरकार, गठबन्धन भत्कन सक्छ। एउटा अराजकता पनि आउन सक्छ। उनलाई बोल्ने समय यही हो भन्ने लाग्यो होला।” पार्टीहरू असफल हुँदा जनताको स्वाभाविक सान्त्वना पूर्वराजाले पाइरहेको उनको ठम्याइ छ।

नेपालमा राजतन्त्र हटाइपछि भएका संविधान निर्माण र शान्ति प्रक्रिया अघि बढाउने काममा पूर्वराजालाई संलग्न नगराएका कारण पनि राजनीतिक असन्तुष्टिको विकल्पका रूपमा राजतन्त्रको भूमिका कतिपयले औँल्याउने गरेको घिमिरे बताउँछन्।

दलहरूका कामगराइप्रति असन्तुष्टि देखिएका समयमा उनी पूर्वराजाको प्रस्तावलाई सकारात्मक रूपमा लिन सकिने बताउँछन्। “उनले मलाई भूमिका देऊ भनेनन्। हामी सहकार्य गरौँ भने त्यो एउटा राम्रै सुरुवात हो जस्तो लाग्छ मलाई चाहिँ,” उनले भने।

पूर्वराजाले राजतन्त्रबारे पनि दलहरूसँग छलफल चलाउन खोजेको आफूले आकलन गरे पनि त्यसका लागि दलहरू अझैसम्म तयार नदेखिएको घिमिरेले बताए।

“पार्टीहरू अहिले पनि छलफलका लागि तयार छैनन्। यसलाई खतरा मानेर पार्टीहरू एक हुनुपर्छ भन्ने पनि हुनसक्छ। तर उनीहरूबीच बढ्दो अविश्वासले त्यो पनि सहज चाहिँ छैन,” घिमिरेले भने।

माओवादीको दश वर्षे सशस्त्र द्वन्द्वकालमा युद्धको एक पक्ष रहेको राजतन्त्रका प्रतिनिधिलाई शान्ति पक्रियामा नसमेटिका कारण नेपालमा शान्ति प्रक्रिया निष्कर्षमा पुग्न नसकिरहेको उनले ठम्याइ छ। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेको समानुपातिकमा उपाध्यक्ष बादल र केन्द्रीय सदस्यमा हारेका गुरु बराल पहिलो नम्बरमा (११० जनाको सूचीसहित)

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची सार्वजनिक भएको छ।  ...

सुर्खेतमा गोली लागेर एकको मृत्यु, भरुवा बन्दुकसहित पाँच जना पक्राउ

सुर्खेत । जाजरकोट प्रहरीले भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुधीकुमार खड्काका अनुसार पुस १३ गत...

आज १३औँ राष्ट्रिय पोसाक एवम् टोपी दिवस

काठमाडौँ । विभिन्न युवा संस्थाको आयोजनामा आज १३औँ राष्ट्रिय पोसाक एवम् टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । ‘नेपाली टोपीः हाम्रो प...

के कांग्रेस-एमाले चुनावी गठबन्धन हुँदै छ ?

काठमाडौँ । वैकल्पिक राजनीतिका प्रमुख तीन समूह रास्वपा, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र उज्यालो नेपाल पार्टीबीच एकता भएपछि पुराना दुई दल क...

आगो ताप्दा थाहै नपाई कपडाबाट सल्किन सक्छ, ध्यान दिनुस्

काठमाडौँ । जाडोबाट जोगिन नागरिक दाउरा वा घुर बालेर आगो ताप्ने बढेका छन् । विशेषगरी बाक्लो हुस्सु, कुहिरो र शीतलहरले तराईको जनजीवन प्रभावित पारिरहेका ब...

तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई भू–भागका अधिकांश स्थानहरूमा आज दिउँसो हुस्सु तथा कुहिरो लाग्ने छ भने केही प्रदेशमा...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रत...

गरिबीले रोक्न सकेन सत्यनारायणको ‘डाक्टर’ बन्ने सपना, सफलताको उडानः पहिलो प्रयासमै नाम

सिरहा । दिनभरि इँट्टा–बालुवासँगको सङ्घर्ष, रातभरि डाक्टर बन्ने सङ्कल्प । यही सङ्घर्ष र सङ्कल्पका कारण सिरहाका सत्यनारायण साफीले प्रमाणित गरिदिएका छन्–...

विदेशमा हण्डर खाएपछि गाउँ फर्किएका लोकबहादुर मौरीपालनमा

बागलुङ । घर छेउका बारीमा लहरै राखिएका मौरीका घार । घारमा भुनभुनाइरहने मौरीसँगै लोकबहादुरको दिनको सुरुआत हुन्छ र मौरीकै रेखदेखमा दिन बित्छ । बागलुङक...

रानीकोटदेखि नगरकोटसम्म अङ्ग्रेजी नयाँ वर्षको उल्लास

भक्तपुर । आज अङ्ग्रेजी नयाँ वर्ष–२०२६ को पहिलो दिन । भक्तपुरका प्रमुख गन्तव्य मानिएका पर्यटकीयस्थल नगरकोटदेखि रानीकोटसम्मका होटल स्वदेशी पर्यटकले खचाख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending