काठमाडौँ । यसपालि हिउँद नसकिँदै देशका अधिकांश भू–भागमा अधिक गर्मी महसुस हुन थालेको छ । मध्य तथा पूर्वी भेगमा चार महिना बितिसक्दा पनि हिउँदे वर्षा भएको छैन । भएका स्थानमा पनि अति कम वर्षा भएको छ ।
नेपालजस्तै दक्षिण एसियाका अन्य मुलुकमा पनि हिउँद नसकिँदै गर्मीको राप बढ्न थालेको त्रिभुवन विश्वविद्यालयस्थित जल तथा मौसम विज्ञान विभागका सहप्राध्यापक डा विनोद पोखरेलले बताए। उनले भने, “भारतका विभिन्न प्रान्तमा यतिखेर तातो वायुको चाप बढ्दै छ, कतिपय स्थानमा चैत, वैशाखमा हुनुपर्ने ४० डिग्री सेल्सियसआसपासको तापक्रम अहिले पुगेको छ ।”
राजस्थानलगायत मरुभूमिले छोएका स्थानमा तातो वायु र हावा एकैसाथ बहन थालेको बताउँदै उहाँले यसको असर नेपालमा एक-दुई दिनयता बढेको गर्मीले आभास गराएको दाबी गरे ।
नेपालमा हिउँदे याम सकिन अब करिब एक साता मात्र बाँकी छ । यस्तोमा बिस्तारै गर्मी बढ्दै जानुपर्नेमा ह्वात्त उतारचढाव आउनेगरी गर्मीको राप बढ्नु राम्रो नभएको पोखरेल औँल्याउछन् ।
भारतसँगै दक्षिण एसियाका पाकिस्तान, बङ्गलादेश, भुटानलगायतका देशमा पनि तातो वायुको असर देखिन थालेको छ । श्रीलङ्कामा भने अन्यत्रका तुलनामा वर्षा राम्रो भएको छ । त्यसकारण गर्मीको प्रभाव बिस्तारै अग्रसर हुँदै छ ।
उनका अनुसार विश्व मौसम सङ्गठन र अमेरिकाको मौसम सङ्गठनको मौसमी विश्लेषणले पनि दक्षिण एसियामा अबको एक सातासम्म तातो वायुको प्रभाव बढ्नेछ । भारतमा तातो वायु बढ्ने र हावाहुरी आउने समय एकैसाथ परेकाले त्यो वायुसँगै उच्च प्रदूषणसहितको वायु नेपाल प्रवेश गर्ने सम्भावना उच्च छ ।
नेपालमा वर्षा नहुँदाको अवस्थामा ठूला सहरमा यतिखेर आन्तरिक प्रदूषणको चाप त्यसै बढी छ । त्यसमाथि भारतबाट हावाहुरीसाथ आउने तातो वायु र प्रदूषणले यहाँको वातावरण झन् दूषित हुने पोखरेलको ठम्याइ छ ।
हिउँदमा वर्षा गराउने प्रणाली प्रशान्त महासागरमा विकसित हुन्छ । तर त्यो विगत तीन वर्षदेखि लानिनोको स्थितिमा छ । वर्षा हुन एलनिनोको स्थितिमा हुनुपर्छ । गत वर्ष केही परिवर्तन भए पनि सन् २०२१ मा यस वर्ष जस्तैको अवस्था रहँदा हिउँदे वर्षा नभएर सुक्खासँगै खडेरी परेको थियो ।
यस वर्ष पनि त्यही अवस्था दोहोरिएकाले अबका दिनमा वायु प्रदूषणसँगै डढेलो र आगलागीका घटनामा वृद्धि हुने सम्भावना झन् बढेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हिउँदे वर्षाको सम्भावना टर्दै गएको बताएको छ । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: