Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed

भिड बढेपछि पशुपति क्षेत्रमा सवारीको रुट पार्किङ स्थल परिवर्तन

खबरडबली संवाददाता

काठमाडौँ । महाशिवरात्रिका लागि पशुपतिनाथ क्षेत्रमा हुने भिडलाई मध्यनजर गर्दै पशुपति क्षेत्रमा सवारी साधनको रुट र पार्किङस्थल निर्धारण गरिएको छ  । आज पशुपतिनाथ मन्दिरमा दर्शनार्थीहरुको भिड बढ्दै जाँदा आवश्यकता अनुसार सवारी साधन डाइर्ट गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार गौशाला क्षेत्रतर्फ जाने सवारीलाई चाबहिल, पुरानो बानेश्वर, ज्ञानेश्वर, मैतीदेवी मोड, रातोपुल, सेतोपुल, कालोपुल, सिफलचौर, कुटुवहाल, गौरीघाट र तिलगङ्गाबाटै डाइभर्सन गरिएको छ । यसैगरी मालवाहक गाडीलाई तीनकुने, जोरपाटी, चुच्चेपाटी, सिनामङ्ल पुल र बसुन्धाराबाटै डाइर्ट गरिएको छ भने बस तथा माइक्रोबस, टेम्पो र मालवाहक गाडीका लागि फरक–फरक रुट निर्धारण गरिएको छ ।

रत्नपार्क, भद्रकाली, सिंहदरबार, माइतीघर, नयाँ बानेश्वर, तीनकुने, सिनामङ्ल हुँदै तिलगङ्गासम्म पुग्ने र त्यही मार्ग हुँदै रत्नपार्क फिर्ता हुने गरी व्यवस्था मिलाइएको छ भने रत्नपार्क, भद्रकाली, नागस्थान, भोटाहिटी, जमल, केशरमहल, खानीविभाग, लाजिम्पाट, नारायणगोपाल चोक, चाबहिल, बौद्ध, जोरपाटी, साँखुसम्म पुग्ने र त्यही मार्ग हुँदै जमलसम्म तत्पश्चात महेन्द्र सालिक तीनधारा पाठशाला हुँदै रत्नपार्क फिर्ता हुने गरी व्यवस्था मिलाइएको छ । 

कालोपुल हुँदै कपन चल्ने गाडीहरु खानीविभाग, लाजिम्पाट हुँदै महाराजगञ्जको बाटो चलाउने गरी रुट तोकिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी राजेन्द्र भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार सुन्धाराबाट मैतीदेवी, पुरानोबानेश्वर, चाबहिल हुँदै बौद्धतर्फ चल्ने माइक्रोबस तथा टेम्पोहरू महेन्द्र सालिक, कृष्णपाउरोटी, जयनेपाल, नक्साल, भगवतीबहाल, सानोगौचरण, सिफल उकालो, चाबहिल गणेशस्थान, चाबहिल हुँदै जोरपाटी मार्ग हुँदै चल्ने भएका छन् ।

यसैगरी जोरपाटी बौद्धबाट सुन्धारा आउने माइक्रोबस तथा टेम्पोहरु चाबहिल, नारायणगोपाल चोक, लाजिम्पाट, केशरमहल, जमल, घण्टाघर हुँदै सुन्धारा चल्ने रुट तोकिएको छ । उता जोरपाटी, बौद्ध, चाबहिल हुँदै महाराजगञ्ज तर्फ जाने मालवाहक गाडीहरु चुच्चेपाटी, भृकुटीचोक, गोपीकृष्ण हल हुँदै सुकेधारा, महाराजगञ्जतर्फको रुट तोकिएको छ । 

कोटेश्वर, तीनकुने, गौशाला हुँदै बौद्ध वा सुकेधारातर्फ जाने मालवाह गाडीहरु कोटेश्वर, सातदोबाटो, कलङ्की, महाराजगञ्ज र बौद्ध जाने मालवाहक गाडीहरु गोपीकृष्णहल, कपन, महाङ्काल, चुच्चेपाटी हुँदै बौद्ध तर्फ जाने रुट तोकिएको छ । 

कोटेश्वर तीनकुने हुँदै पशुपति वरपर पुग्नु पर्ने मालवाहक गाडीहरु तीनकुनेसम्म जान सक्ने बनाइएको छ । महाराजगञ्ज, चाबहिल हुँदै पशुपति वरपर पुग्नुपर्ने मालवाहक गाडीहरु बसुन्धारासम्मको रुट तोकिएको छ । 

कोटेश्वर वा गठ्ठाघरबाट बौद्ध जोरपाटी जाने मालवाहक गाडीहरु जडीबुटी, पेप्सीकोला, गोठाटार पुल हुँदै बौद्ध जोरपाटीसम्मको रुट दिइएको छ । यसैगरी तीलगङ्गा आँखा अस्पताल अगाडि तीर्थयात्री, दर्शनार्थी र विदेशी पर्यटकहरुका गाडी पार्किङको व्यवस्था गरिएको छ भने  देवउद्यानमा रहेको कोषको कार्यालय र भण्डारखालमा विकास कोषले बितरण गरेको पासवाहक सरकारी र प्रहरीका गाडी पार्किङको व्यवस्था गरिएको छ ।

साथै सिफल चौरमा पासवाला गाडी र स्थानीय दर्शनार्थीका सवारी साधन पार्किङको व्यवस्था गरिएको छ । गुह्येश्वरी पारी गोठाटार, जोरपाटी, मूलपानी, गोकर्ण बौद्धतर्फबाट आउने तीर्थयात्रीहरुका गाडी पार्किङको व्यवस्था गरिएको छ । पशुपति क्षेत्रमा रहेको वनकाली क्षेत्रमा महाशिवरात्रिको अवसरमा शिविर सञ्चालन गर्ने सङ्घ संस्थाहरुका सवारी, दमकल, एम्बुलेन्स र खानेपानीका ट्याङकरहरु पार्किङको व्यवस्था गरिएको छ ।

पार्किङ तथा ट्राफिक व्यवस्थापनका लागि तीलगङ्गा कोरिडोरको उपलब्ध ठाउँ, पशुपति क्षेत्र विकास कोषको कार्यालय, प्रहरी वृत्त, ट्राफिक प्रहरी विभाग गौशाला, सिफल चौरको उपलब्ध ठाउँ, गुह्येश्वरीपारि गरी पाँच ठाउँमा व्यवस्थापन गरिएको छ । यसैगरी विमानस्थल, गौशाला, चाबहिलको चक्रपथमा यात्रुहरुको चापलाई ध्यानमा राखी सडकको आधा भागमा सार्वजनिक सवारी गुड्न दिने र आवश्यकताअनुसार डाइभर्सनको समेत व्यवस्था मिलाइएको छ । 

सडक छेउमा फुटपाथका कुनै पनि पसल राख्न नदिने कोषले जनाएको छ । कोषले मन्दिर परिसरमा मासु, जाँड–रक्सी तथा कुनै पनि प्रकारका नशालु पदार्थ नखान नगर्न आग्रह गरेको छ । कोषले यस पटकको महाशिवरात्रिमा झन्डै २० लाख दर्शनार्थीले पशुपतिको दर्शन गर्ने अनुमान गरिएको छ । 

महाशिवरात्रि मेला २०७९ लाई मध्यनजर गर्दै पशुपतिनाथ मन्दिर आसपासको सुरक्षा व्यवस्था कडा पारिएको छ । सुरक्षाका लागि पाशुपत र आसपास क्षेत्रमा तीन हजारभन्दा बढी पोशाक र त्यतिकै सङ्ख्यामा सादा पोशाकका प्रहरी परिचालन गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ठमेलमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौं । काठमाडौँ महानगरपालिका–२६ ठमेलमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मंगलबार ठमेल पक्नाजोलस्थित सडकमा बा३क २३३९ नम्बरको ट्रकको ठक्कर...

संसद् जीवित हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला- राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओली ले सरकारले संसद् छलेर अध्यादेश ल्याउन खोज्नु संसदीय अभ्यासमाथिको गम्भीर हम...

अध्यादेश सिफारिसप्रति कांग्रेसको आपत्ति: ‘संसदीय अधिकारमाथि अतिक्रमण’

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले अध्यादेशमार्फत कानुन निर्माण गर्न खोजेकोप्रति आपत्ति जनाएको छ। सरकारले दुई अध्यादेश जारी गर्...

सरकारी सवारी दुरुपयोगमा बालेनको कडाइ, ६२२ गाडी फिर्ता

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पहुँचका भरमा प्रयोग भइरहेका सरकारी सवारी साधन फिर्ता लिने प्रक्रिया तीव्र बनाएको छ। हालसम्म वि...

प्यूठानबाट एक सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार

प्यूठान। प्यूठान अस्पतालमा उपचाररत एक सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ । लुंग्री गाउँपालिका वडा १ रोल्पा निवासी १८ वर्षीया यमुना बस्नेतको...

जिउँदो व्यक्तिको मृत्यु दर्ता: सुस्ता गाउँपालिका ५ का वडाध्यक्ष र सचिवसहित चार पक्राउ

पश्चिम नवलपरासी। जिउँदो व्यक्तिको मृत्यु दर्ता गरेको आरोपमा पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा ५ का वडाध्यक्ष प्रभुनाथ अहिर र वडा सचिव संजयकुमार ...

सहकारी र संवैधानिक परिषद् सम्बन्धी दुई अध्यादेश राष्ट्रपति पौडेलसमक्ष सिफारिस

काठमाडौं । सरकारले दुई वटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सहकारी सम्बन्धी र सं...

उपचारका क्रममा महिलाको मृत्यु, भेरी अस्पतालमा तनाव

नेपालगन्ज । बाँके बैजनाथ गाउँपालिका –६ का एक महिलाको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएपछि मृतकका आफन्तहरुले अस्पतालका चिकित्सकहरुमाथि अभद्र व्यव...

चलचित्र ‘लालीबजार’को प्रदर्शन तत्काल रोक्न अदालतको आदेश

काठमाडौं । चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतले आदेश दिएको छ। उच्च अदालत पाटन का न्यायाधीश प्रकाश ढुंगाना को एकल इजलासले यही २२ ...

युरोपेली युनियनको नवीन प्रतिबन्धको प्रतिक्रियामा अधिकारीलाई रूसी क्षेत्र प्रवेश प्रतिबन्ध जारी

मस्को। रूसी विदेश मन्त्रालयले युरोपेली युनियनले लगाएको नवीन प्रतिबन्धको प्रतिक्रियामा मस्कोले युरोपेली युनियन ९इयू०का अधिकारीलाई रूसी क्षेत्र प्रवेश ग...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending