काठमाडौँ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईले सरकारले नीति तथा कार्यक्रममा भूमि व्यवस्थापनलाई महत्त्व दिएको बताएका छन्।
भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र धुलिखेलको आयोजनामा भएको ‘भू–उपयोग योजना र भूमि प्रशासन एकीकरण र विकेन्द्रीकरण’ सम्बन्धी अन्तर्राष्ट्रिय कार्यशाला गोष्ठीमा उनले भूमिको सहज पहुँच उपलब्ध गराउन भूमिमा वैज्ञानिक व्यवस्थापन गर्दै सही सदुपयोग गर्न आपसीय सम्बन्ध र मौलिक हक सुनिश्चित गर्न आवश्यक प्रक्रिया अगाडि बढाइने बताएका हुन्।
उपयुक्त विकल्पको योजनासहित भूमिको अभिलेख अद्यावधिक गर्ने, वैज्ञानिक भूमिसुधार लागू गर्ने, भू–उपयोग नीति, योजना एवं कानूनका आधारमा भूमिको वर्गीकरण गर्ने, सम्भावनाको आधारमा भूमि बैंक स्थापना गर्ने, कृषि भूमि खण्डीकरण, अतिक्रमण तथा सार्वजनिक जग्गामाथिको अतिक्रमण रोक्दै भूमिसँग सम्बन्धित सबै समस्या समाधान गर्न सरकारको घोषित कार्यक्रम रहेको उनले बताए।
आगामी दिनमा योजना तर्जुमा गर्दा बनाएको व्यवस्था एकातिर नीति योजना अर्कोतिर भयो भने सही गन्तव्यमा पुग्न सक्दैनौँ भन्दै उनले बनाएको नीति, कार्यक्रम र योजनालाई केन्द्रमा राखेर काम गर्न आवश्यक रहेको बताए।
मन्त्री राईले भूमि व्यवस्थापन आफैँमा बहुआयामिक विषय भएकाले योजना तर्जुमा गर्दा भावनामा नभई वैज्ञानिक र व्यावहारिक पक्षमा ध्यान दिन आवश्यक रहेको बताए।
भू–उपयोग वर्गीकरण र भू–उपयोग योजना तर्जुमा नीति पहिलोपटक कार्यान्वयनमा ल्याएको उल्लेख गर्दै मन्त्री राईले नीतिगत र कानूनी व्यवस्थामा चुनौतीप्रति सरकार सचेत रहेको बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: