Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

पर्यटन क्षेत्रको उत्थानका लागि राज्यले लगानी बढाउनुपर्छ : गण्डकीका पर्यटनमन्त्री जुग्जाली

खबरडबली संवाददाता

काठमाडौँ। गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रेशम जुग्जालीले पर्यटन क्षेत्रको उत्थानका लागि राज्यले लगानी बढाउनुपर्ने बताएका छन्।

मन्त्रालयद्वारा आज आयोजित प्रगति समीक्षा कार्यक्रममा उनले समृद्ध गण्डकीको पहिलो आधारका रुपमा पर्यटनलाई लिइए पनि बजेटको प्राथमिकतामा नपरेको बताए ।

“कूल बजेटको एक दशमलव ६८ प्रतिशत मात्र पर्यटनमा छ, यो क्षेत्र हेलामा परेको छ”, उनले भने, “समृद्धिको आधार पनि भन्ने अनि यति थोरै बजेटले पर्यटन कसरी उकासिन्छ ।”

मन्त्री जुग्जालीले जिल्ला तहमा रहेका पर्यटन तथा उद्योग कार्यालय पनि भौतिक पूर्वाधार र जनशक्तिको अभावबाट गुज्रिरहेको बताए । आफू भर्खर मात्र मन्त्रालयको जिम्मेवारीमा आएको जनाउँदै उनले स्रोतसाधन र जनशक्ति व्यवस्थापनमा सक्दो पहल गर्ने बताए ।

पर्यटन क्षेत्र बजेटको कम प्राथमिकतामा पर्नुको कारणबारे समीक्षा हुनुपर्ने उनको भनाइ छ । “पहिले घरबासका लागि ३० करोड बजेट छुट्टाइएकामा अहिले किन एक करोडमा झर्‍यो अब हामीले यसमा पनि छलफल गर्नुपर्छ, कार्यक्रमका उपलब्धि के रहे समीक्षा गरौँ”, उनले भने, “योजना कार्यान्वयनमा समस्या छन् भने कार्यविधि बदलौँ बरु योजनाको सङ्ख्या घटाऔँ तर परिणाममुखी काममा बढी जोड दिऔँ ।”

उनले न्यून जनशक्ति र स्रोतसाधनका बाबजुत मातहातका कार्यालयबाट भएको कार्यसम्पादन सन्तोषजनक रहेको बताए । उनले कसैको दबाब र प्रभावमा नपरी निर्धक्क भएर कार्यक्षेत्रमा खट्न कर्मचारीलाई आग्रह गरे ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending