Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

नेपाल राष्ट्र र नेपाली जनताको सर्वोपरी हितमा जनयुद्ध

राजेन्द्र न्यौपाने

ग्रामीण क्षेत्रमा हुने विकास निर्माणका योजनाबाट लाभ लिने मनसाय राख्दछन् र शहरका विभिन्न भागमा कँक्रिट महलको सपना देख्दछन् । सपना पूराहुनेहरु झनै ठूला नेता हुने, मन्त्री हुने र अझै माथि पुग्ने योजनामा विभिन्न हतकण्डा अपनाउँछन्

१०४ वर्षिय जहाँनीय राणा शासनकालमा आफ्नो खेतबारीमा काम गर्दागर्दैको अवस्थामा राणाले बोलेपछि उसको भारी बोकेर उसैको गन्तव्यमा जानु पर्दथ्यो । राणाको बास कुनै गाउँको घरमा पर्यो र त्यसघरमा कन्या राम्री रहिछन् भने राणाको गलत नजरमा पर्नुपर्दथ्यो । त्यस घरको पूरुष राणाको भरिया बन्नुपर्दथ्यो ।

गाउँमा रहेका आर्थिक रुपले विपन्न समुदाय बोक्सी, छौडा लगायतका अन्धविश्वासका साधन बनाइने र विभिन्न प्रकारका यातना दिने गरिन्थ्यो । प्रजातन्त्र प्राप्तिका लागि तत्कालिन अवस्थामा राजा त्रिभुवन सहित नेपाली जनताले विद्रोह गरेर राणा शासनको अन्त्य भयो । केही वर्ष राणाकै निगरानीमा शासनशैली सञ्चालन भएपनि २०१५ सालमा आम निर्वाचन भयो । 

यो निर्वाचन राणा र राजालाइ मनपरेको थिएन त्यसैले २०१७ सालमा राजा महेन्द्रले शासनसत्ता आफ्नै हातमा लिए । त्यतिबेला विकास निर्माणका केही पूर्वाधार खडा गरेको र विदेशी सामू नझुेको इतिहास रहेको छ । उनको मृत्युको सहि कारण अझै पत्ता लागेको छैन । भौतिक पूर्वाधारका क्षेत्रमा राजा महेन्द्रले गरेका निर्माणहरु अहिलेसम्म प्रयोगमा रहेका छन् ।
 
पञ्चायती शासन व्यवस्थाका विरुद्ध काँग्रेस र कम्युनिष्टहरु आन्दोलनमा रहिरहे, २०४६ सालको जनआन्दोलनबाट २०४७ सालमा बहुदलको घोषणा भयो । बहुदलको घोषणा भएको कुरा राजपरिवार भित्र र विदेशी शक्तिलाइ मन परेको थिएन । २०४७ पछि शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा विकासको थालनी सुरु भयो । गाउँ गाउँमा विद्यालय र स्वास्थ्य चौकीहरु खुल्न थाले । जनताका आधारभूत आवश्यकताहरु ज्यूँका त्यूँ रहे । शब्दमा प्रजातन्त्र भनेपनि व्यवहारमा राणाहरुले गर्ने व्यवहार भन्दा फरक व्यवहार जनताले पाउन सकेनन् । 

२०५२ सालबाट जनयुद्धको घोषणा भइ २०६२ सम्म अधिकार जनतालाइ दिन खोज्ने र अधिकार दिन नखोज्ने वीच युद्ध भयो । युद्धमा राज्यपक्षबाट निर्मम ज्यादती भयो । जहाँनीय राणाशासन कालको भन्दा निक्कै कठोर यातना र पिडा नेपाली जनसमुदायले भोग्नु पर्यो । मुलुक शान्ति प्रक्रियाबाट आजको स्थान सम्म आइसकेकाले युद्धका नाममा भएका भयानक र अकल्पनीय घटनाहरुलाइ यहाँ सबै उल्लेख गर्न सकिएन । 

पछिल्लो समय २०६४ सालदेखि परिवर्तनका लागि जनताको अधिकार स्थापित गर्न लागि परेको नेकपा माओवादी केन्द्र सरकार र सत्तामा निरन्तर सहभागि रहेको छ । यस वीचमा जनताका धेरै अधिकारहरु स्थापित भएका छन् । ग्रामीण क्षेत्रमा स्थानीय सरकार स्थायी रुपमा जनताको सेवाका लागि रहेको छ । काठमाण्डौबाट मात्रै सम्पादन हुने कामहरु प्रदेशमा पुगेका छन् । नीतिगत रुपमा जनताका मागहरु सम्बोधन हुनेगरी योजनाहरु आएका छन् । 

धेरै राम्रा कामहरु हुँदाहुँदै पनि परिवर्तनमा अवसर खोज्ने ढोँगीहरुको कमि भने माओवादी भित्र कम छ भन्न सकिदैन । विशेषगरी सत्तामा पुगेपछि क्रान्तिकारी नेताहरु पुरानै शैली र व्यवस्थामा भुल्ने गरेका छन् । भौतिक सेवासुविधामा हराएका छन् । भए गरेका राम्रा कामहरुको समेत अभिलेखिकरण गर्न सकेका छैनन् ।

आफ्नो अवसरको लागि नेतृत्वलाइ गुहार गर्ने काममा सबै लागि परेका छन् तर नेतृत्वले गरेका असलकामको बारेमा नागरिक स्तरसम्म पुग्ने गरी बोल्न र लेख्न हिच्किचाउँछन् । शहिद वेपत्ताजनहरुलाई शब्दले सम्मान गर्दछन् तर तिनका परिवाजनका समस्यामा साथ दिन वा समस्या बुझ्न कहिल्यै अघि सर्दैनन् । ग्रामीण क्षेत्रमा हुने विकास निर्माणका योजनाबाट लाभ लिने मनसाय राख्दछन् र शहरका विभिन्न भागमा कँक्रिट महलको सपना देख्दछन् । सपना पूराहुनेहरु झनै ठूला नेता हुने, मन्त्री हुने र अझै माथि पुग्ने योजनामा विभिन्न हतकण्डा अपनाउँछन् । 

शहरमा महल नहुनेहरु पिडामा छटपटिएर आफ्नो केही नभएको भन्दै क्रान्ति र आन्दोलन व्यर्थ रहेको भन्दै गुनासो गरिरहन्छन् । भौतिक बस्तुलाई मात्र आफ्नो हो भन्ने ठान्नेहरु क्रान्तिकारी होइनन् । जनताले पाएको अधिकार र न्यायलाइ आफ्नो ठान्न सक्नुपर्दछ । 

साच्चै यो आन्दोलन लुकीछिपि धन बटुल्न, आफ्ना छोराछोरीलाइ थरीथरी ब्राण्डका  रक्सीको पोखरीमा डुबुल्की लगाउन, विदेश सयर गराउन, आफ्नै नाममा सिँगो पृथ्वी नै प्लटिङ गर्न तर्फ अग्रसर हुन, नयाँ नयाँ श्रीमती बटुल्न, गलत कामको विरोध गर्ने असल कार्यकर्ताहरुको हत्या योजना तयार गर्न, शहिद वेपत्ता परिवारजनलाई हेयको भावना हेर्न, सत्ताको आडमा कर्मचारी सरुवा बढुवा गरी लाभ लिन गरिएको थिएन । तिमीहरु कार्यकर्ता हौ बाचुञ्जेल हाम्रो सेवा गर्नुपर्छ, तिमीहरुलाई नेता बनाएर हामीले झोला बोक्न मिल्दैन भन्दै आफै मात्रै नेता बन्न खोजिरहने प्रयोजनका लागि क्रान्तिको सुत्रपात भएको थिएन । कमरेडहरुले नमस्कार नगरेर सलाम गरेको यहाँहरुलाई सायद स्मरण होला । 

यहाँ उही १०४ वर्षे जहाँनीय शासन व्यवस्थाका लागि जनयुद्ध गरिएको थिएन । हिजो आफ्नै काममा खटिएका किसानहरु राणाको निसानामा पर्दथ्ये आज प्रजातन्त्र, पञ्चायत, बहुदल, प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र विभिन्न शब्दहरु सहितको शासन व्यवस्थामा पनि शैलि जहाँनीय शासन व्यवस्था भन्दा उच्च तहको सोचविचारको जनताले हेर्न पाएनन् । सुत्केरी महिलाको रक्तश्राव रोक्न इमर्जेन्सी उपचार कक्षमा हिडेका डाक्टर पुरानै व्यवस्था अनुसार कुटिएका छन् । उनीहरुको रोजिरोटी खोसिएको छ । सत्ताको मालिकहरुबाट हुने चरम दमन र शोषण कायमै राख्न जनयुद्ध भएको थिएन ।

आफूले र आफ्ना कार्यकर्ताले राज्यका धन लुट्न सके क्रान्तिको स्वाद मिठो हुने र नसके क्रान्ति आवश्यक छ भनेर मुख उद्य्याइरहने जुन स्वार्थपूर्ण दैनिकी छ, त्यसलाई नेताहरुले सुधार गर्न नसक्दा देशमा नयाँ राणाहरुको उदय भइरहेको छ । जनताले न्याय पाएका छैनन् । देशविदेशका शान्तिविरोधी पक्षले निरन्तर हमला गरिरहेका छन् । जनयुद्धबाट जनस्तरमा आएको व्यापक परिवर्तनलाइ आत्मसाथ गरी अघि बढ्नु आजको आवश्यकता रहन गएको छ । नेतालाई एककिलो स्याउ, एकबोत्तल रक्सी उपहार दिएको वा नयाँ श्रीमती मिलाइदिएको नाममा जुनसुकै हर्कत गर्न पछि नपर्नेहरु नेताको आशिर्वादले अब्बल क्रान्तिकारी बनिरहेका छन् । आफूलाई कम्युनिष्ट नेता भन्नेहरु उपहारको आशामा बस्नु भनेको विचार विहिन हुनु हो । यही विचार विहिन नेतृत्वका कारण नेता ठोस विचार लिएर अघि बढ्न सकिरहेका छैनन् ।

युद्धका कहाली लाग्दा समयहरु, शहिद, बेपत्ता, घाइते योद्धा, तिनका परिवारजनहरुलाई सम्झिएर, व्यवहारीक साथ लिएर र दिएर अघि बढ्नु आजको आवश्यकता रहन गएको छ । जनयुद्ध उचित भएको र यसका नेतृत्वकर्ताहरुले मात्रै देशलाई अगाडि बढाउन सक्छन् भन्ने प्रमाण देशमा सबैले देखिरहेका समय त्यस भन्दा तलका नेता तथा कार्यकर्ताहरु आफ्नै व्यक्तिगत स्वार्थसिद्धका लुते धन्दामा लागेर समाजवादमा पुग्ने यात्रुहरुलाई हुलहुज्जतको भिडमा अल्मल्याइ राख्नु हुँदैन । स्वार्थमा रमाएका यस्ता नेतालाई लतारेर अघि बढ्नुपर्दछ । नेपाल राष्ट्र र नेपाली जनताको सर्वोपरी हितका पक्षमा सबै एक भएर जुट्नुपर्दछ ।  लेखक प्रेस सेन्टर नेपालका पदाधिकारी हुन् ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

८५वर्षमा फर्कियो ७ वर्षअघि गुमेको दृष्टि

सिरहा । सिरहाको मिर्चैया नगरपालिका–७ मुराबारीका ८५ वर्षीय सुकराम सदायलाई जीवनको उत्तराद्र्धमा दृष्टि फर्किएला र फेरि संसार देख्न पाइएला भन्ने कुनै आशा...

जेनजी आन्दाेलन छानबिन आयोग प्रतिवेदन: भदौ २३ लाई कारबाही, २४ लाई उन्मुक्ति

काठमाडौं । जेनजी विद्रोहको छानबिन गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको आयोगले भदौ २३ गतेको घटनालाई लिएर सरकार प्रमुखदेखि सुरक्षा अंगका प्रमुखलाई कार...

बालेनलाई आज संसदीय दलको नेता चयन गर्दै रास्वपा, भोलि प्रधानमन्त्रीको शपथ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्री बनाउने गरी नयाँ सरकार गठनको अन्तिम तयारी अघि बढाएको छ। प्रति...

यस्तो छ आजको मौसम

काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ ...

वीरगञ्ज भन्सारद्वारा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु एक खर्ब ५४ अर्ब ८४ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आवको सात ...

गत वैशाखयता देशभर सात हजार २३१ विपद्का घटना

काठमाडौँ । गत वैशाख १ गतेदेखि हालसम्म देशभर सात हजार २३१ वटा विपद्का घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनु...

चुलोचौकोदेखि क्याम्पससम्म: बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिका—१ की सुमित्रा राउत ९ कक्षा पढ्दै गर्दा विवाह भयो । थप पढ्ने रहर त थियो, तर विवाहपछि उनको जीवनको लय मोडियो । राउतल...

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज

काठमाडौँ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज अपराह्न २ः०० बजे हुने भएको छ । शपथका लागि सबै तयारी पूरा भइसकेको सङ्घीय संसद् सचि...

जलेर नष्ट भएका तेह्र हजारभन्दा बढी लालपुर्जाको स्रेस्ता कायम

बाँके । नेपालगन्जस्थित भूमि सुधार तथा मालपोत कार्यालय बाँकेले गत भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा जलेर नष्ट भएका १३ हजारभन्दा बढी जग्गाधनी प...

तनहुँको मह विश्व बजारमा, किसान उत्साहित

तनहुँ ।  जिल्लामा उत्पादित मह अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्न थालेपछि किसान उत्साहित भएका छन् । यहाँको शुक्लागण्डकी नगरपालिका–१ थप्रेक र दगाममा ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending