काठमाडौ । नेकपा (एमाले) निकट अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा भएको छ ।
यही फागुन २ देखि ४ गतेसम्म हुने महाधिवशेनको तयारी पूरा भएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा अनेरास्ववियुका अध्यक्ष सुनिता बरालले जानकारी दिनुभयो । सात वर्षपछि महाधिवेशन हुन लागेको हो । यसअघि २०७२ माघमा भएको महाधिवेशन तत्कालीन नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकता भएपछि हुनसकेको थिएन ।
‘निःशुल्क शिक्षा, स्वास्थ्य र पूर्ण रोजगार समृद्ध नेपाल निर्माणको आधार, गुणस्तरीय शिक्षा, गतिशील सङ्गठन र स्ववियु निर्वाचन हाम्रो सरोकार’ भन्ने नाराका साथ काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा भवनमा हुन महाधिवेशन हुदैँछ ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्नुहुने अनेरास्ववियुका अध्यक्ष बरालले जानकारी दिनुभयो । आगामी दुई वर्षका लागि एक सय ९९ सदस्यीय केन्द्रीय कमिटी, १७ पदाधिकारी तथा अनुशासन, लेखा र निर्वाचन गरी तीन आयोग निर्वाचित हुनेछन् ।
महाविधेशनमा एक हजार पाँच सय ७३ प्रतिनिधि सहभागी हुँदैछन् ।
“नेतृत्व चयन सहमतिमा नहुँदा स्वस्थ र मर्यादित प्रतिस्पर्धाको माध्यमवाट नेतृत्व चयन गर्ने छौँ,” उनले भने । नयाँ नेतृत्वका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, उपाध्यक्ष मोती विक, झविन्द्र खत्री र महासचिव समिक वडाल रहएको छन् ।
निर्वाचन प्रक्रियालाई व्यवस्थित, छिटोछरितो बनाउन विद्युतीय मेसिनमार्फत निर्वाचन गर्ने व्यवस्था गरिएको उनले बताए ।
महाधिवेशनमा नयाँ पुस्तामा देखिरहेको बहुदलिय राजनीतिप्रतिको अस्वभाविक धारणा र विद्यार्थी आन्दोलनको औचित्यमाथि उठिरहेको प्रश्नमाथि छलफल र समीक्षा गरिने महासचिव समिक बडालले जानकारी दिनुभयो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २३ गते, २०८२ - १८:२४
काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह निर्वाचित भएका छन्। अन्तिम मतपरिणाम अनुसार शाहले ...
फाल्गुन २३ गते, २०८२ - १७:४४
विराटनगर । मोरङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार कृष्ण कार्की प्रतिनिधिसभा सदस्यमा निर्वा...
फाल्गुन २३ गते, २०८२ - १७:३४
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा हालै सम्पन्न निर्वाचनको सफलताका लागि नेपाली जनता र सरकारलाई बधाई दिएका छन्। सामाजिक सञ्जाल ...
फाल्गुन २३ गते, २०८२ - १७:२७
काठमाडौं । सर्वाधिक चासोको क्षेत्र मानिएको झापा–५ को मतगणना अन्तिम चरणमा पुगेको छ। पछिल्लो विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ ...
फाल्गुन २३ गते, २०८२ - १७:१४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी ललितपुर क्षेत्र नं. ३ की उम्मेदवार तोसिमा कार्की प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन्। निर्वाचन परिणामअन...
फाल्गुन २३ गते, २०८२ - १७:०५
काठमाडौं। प्रतिनिधिसभा निर्वाचन अन्तर्गत सिन्धुली निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार धनेन्द्र कार्की विजयी ...
फाल्गुन २३ गते, २०८२ - १६:२५
गोरखा । लमजुङ मा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार धर्मराज केसी विजयी भएका छन्। उनले नेकपा एमाले का उम्मे...
फाल्गुन २३ गते, २०८२ - १६:१६
गुल्मी । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत गुल्मी क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सागर ढकाल विजयी भएका छन्। उनल...
फाल्गुन २२ गते, २०८२ - १७:३१
काठमाडौं । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिशिर खनाल विजयी भएका छन्। ...
फाल्गुन २२ गते, २०८२ - १७:१८
रूकुम पूर्व । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) यहाँ प्रतिनिधि सभा निर्वाचनमा स्पष्ट अग्रता लिएका छन्। प्रारम्भिक मत...



प्रतिकृया लेख्नुहोस्: