Khabar Dabali १९ श्रावण २०८३ मंगलवार | 4th August, 2026 Tue
Investment bank

आरओआर आयोजनाको एक हजार पाँच सय मेगावाटसम्म पिपिए गर्ने प्राधिकरणको निर्णय

खबरडबली संवाददाता

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले नदी प्रवाही (आरओआर) जलविद्युत् आयोजनाको एक हजार पाँच सय मेगावाटसम्मको विद्युत् खरिद गर्ने भएको छ ।

उपप्रधानमन्त्री एवम् ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्रप्रसाद लिङ्देनको अध्यक्षतामा बिहीबार बसेको प्राधिकरण सञ्चालक समितिको नौ सय ३०औँ बैठकले ग्रिड आबद्ध सम्झौता मितिको रोलक्रमका आधारमा आरओआर आयोजनाको एक हजार पाँच सय मेगावाटसम्मको पिपिए गर्ने निर्णय गरेको छ ।

ती आयोजनाको विद्युत् ‘लेऊ या तिर’ सिद्धान्तका आधारमा खरिद गरिनेछ । आयोजनाको विद्युत् सुक्खायाम ९१६ मङ्सिर–१५ जेठ० र बर्खायाम ९१६ जेठ–१५ मङ्सिर०का लागि हाल कायम रहेको दर क्रमशस् रु आठ रुपैयाँ चालिस पैसा र चार रुपैयाँ असी पैसा प्रतियुनिटमा खरिद हुनेछ ।

प्राधिकरणको यही माघ १८ गतेसम्मको विवरणअनुसार, एक सय ३६ आयोजनासँग तीन  हजार एक सय ९२ मेगावाटको कनेक्सन सम्झौता गरिएको छ । कनेक्सन सम्झौता गरिएको मितिको रोलक्रमका आधारमा विद्युत् खरिद बिक्री दरलगायत सम्पूर्ण प्रावधान यथावत् रहने गरी आरओआर आयोजनासँग थप एक हजार पाँच सय मेगावाटको पिपिए गरिनेछ ।

ऊर्जा मन्त्रालयले २०७५ को वैशाखमा ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रको वर्तमान अवस्था र भावी मार्गचित्र (श्वेतपत्र) दीर्घकालीन रुपमा आन्तरिक उत्पादनबाटै विद्युत्मा आत्मनिर्भर हुने उद्देश्यले आगामी १० वर्षमा उत्पादन गरिने १५ हजार मेगावाटको लक्ष्यलाई आधार मानी विद्युत् आयोजनाहरुको उत्पादन सम्मिश्रण तय गरेको थियो ।

कूल १५ हजार मेगावाटमा जलाशययुक्त तथा पम्प स्टोरेजको ३० देखि ३५ प्रतिशत, पिकिङ आरओआर २५ देखि ३० प्रतिशत, आरओआर ३० देखि ३५ प्रतिशत र अन्य वैकल्पिक स्रोत पाँचदेखि १० प्रतिशतबमोजिमको अनुपात कायम गरी ‘टेक अर पे’ सिद्धान्तका आधारमा विद्युत् खरिद सम्झौता गर्ने व्यवस्था मिलाइने उल्लेख थियो ।

मन्त्रिपरिषद्को २०७९ असार २४ गतेको बैठकले उत्पादन सम्मिश्रणको अनुपातलाई पुनरावलोकन गरी जलाशययुक्तको १० प्रतिशतले घटाएर आरओआरका लागि १० प्रतिशतले बढाएको थियो । जसमा जलाशययुक्त २०–२५ प्रतिशत, पिकिङ आरओआर २५–३० प्रतिशत, आरओआर ४०–४५ प्रतिशत र अन्य वैकल्पिक स्रोत ५–१० प्रतिशत अनुपात कायम गरिएको थियो ।

आरओआर आयोजनाका लागि तय गरिएको साबिक ३५ प्रतिशत ९पाँच हजार दुई सय ५० मेगावाट०को सीमा अनुपातमा वृद्धि गरिएको १० प्रतिशत थप गर्दा ४५ प्रतिशत अर्थात् छ हजार सात सय ५० मेगावाट पुगेको थियो । यसबाट आरओआर आयोजनका लागि एक हजार पाँच सय मेगावाटको पिपिए गर्न बाटो खुलेको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मन्त्रिपरिषद्को निर्णयबमोजिम तय भएको उत्पादन सम्मिश्रणबमोजिम कनेक्सन सम्झौताको रोलक्रमका आधारमा आरओआर आयोजनाका लागि तोकिएको ६ हजार सात सय ५० मेगावाटको सीमा नपुग्दासम्म पिपिए गर्ने निर्णय गरिएको बताए।

“बर्खायामको विद्युत् बिक्रीका लागि बजार सुनिश्चित नहुँदा प्राधिकरणलाई ठूलो वित्तीय जोखिम हुने सम्भावना रहेकाले करिब तीन वर्षअघिदेखि आरओआर जलविद्युत् आयोजनाहरुको पिपिए रोकिएको थियो, अहिले पिपिए गरिएका आयोजना निर्माण सम्पन्न हुन ५÷७ वर्ष लाग्छ, त्यतिबेलासम्ममा देशभित्रै पनि विद्युत्को खपत बढ्नेछ, भारत र बङ्गलादेशसम्म विद्युत् बिक्रीका लागि बजार खुल्ने अवस्था देखिएकाले पिपिए गर्ने निर्णय लिइएको हो”, कार्यकारी निर्देशक घिसिङले भने।

“पिपिए नभएका कारण जलविद्युत् आयोजनाहरू निर्माणमा जान नसकी आगामी ५÷७ वर्षमा नयाँ आयोजनाहरुबाट विद्युत् उत्पादन ठप्प हुने अवस्था रोकिएको छ, लगानीकर्ताहरुबाट आयोजनामा गरिएको लगानी नडुब्ने परिस्थिति बनेको छ”, उनले भने ।

प्राधिकरणले हालसम्म छ हजार तीन सय ६६ मेगावाटको पिपिए गरेको छ । त्यसमध्ये एक हजार पाँच सय ३१ मेगावाटका आयोजनाहरू निर्माण सम्पन्न भई सञ्चालनमा छन् । यस्तै, तीन हजार दुई सय ८१ मेगावाटका आयोजना वित्तीय व्यवस्थापन गरी निर्माणाधीन छन् ।

पिपिएको प्रारुप तय गर्न समिति गठन
प्राधिकरण सञ्चालक समितिले स्वीकृत सीमाभन्दा बढी क्षमताका विभिन्न प्रारुपका जलविद्युत् आयोजनाको विद्युत् खरिद बिक्री सम्झौताको प्रारुप तय गर्न समिति गठन गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिवको संयोजकत्वमा गठित समितिमा कानुनका सहसचिव, विद्युत् विकास विभागका महानिर्देशक, प्राधिकरण योजना, अनुगमन तथा सूचना प्रविधि निर्देशनालयका उपकार्यकारी निर्देशक सदस्य र विद्युत् व्यापार विभागका निर्देशक सदस्यसचिव रहेका छन् ।

समितिले पिपिएको प्रारुप, नदी तथा खोलामा उपलब्ध हुने पानीको बहावका आधारमा आयोजनाको डिजाइन क्राइटेरिया परिवर्तनलगायतका विषयको अध्ययन गरी प्रतिवेदन पेस गर्नेछ । ग्रिड कनेक्सन सम्झौता भएका आयोजनाहरुसहित प्राधिकरणमा पिपिएका लागि ११ हजार मेगावाटका विभिन्न आयोजनाले दरखास्त दिएका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गृहमन्त्री र मृतक रविन्द्र मेहताका परिवारबीच वार्ता सुरु

काठमाडौं । सुनसरीको देवानगञ्ज घटनामा घाइते भई उपचारका क्रममा मृत्यु भएका रविन्द्र मेहताका परिवार र गृहमन्त्री सुधन गुरुङबीच वार्ता सुरु भएको छ। महा...

नुवाकोटको म्यागङ गाउँपालिकाका सूचना अधिकृत एक लाख घुससहित पक्राउ

काठमाडौँ । नुवाकोटको म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत वीरेन्द्र तामाङ एक लाख रुपियाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान...

सेनासँग विवाद नभएको सांसद पाण्डेको स्पष्टिकरण: समन्वयमै करिडोर विस्तारको काम भएको हो

काठमाडौं । प्रतिनिधिसभा सदस्य राजुनाथ पाण्डेले गोकर्णेश्वर नगरपालिका–४ स्थित माकलबारी क्षेत्रमा सडक विस्तारका क्रममा नेपाली सेनाको ब्यारेकको पर्खाल हट...

ओली निवासमा गला अवरुद्ध भएका जगन्नाथ थपलिया वीर अस्पतालमा भर्ना

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया स्वास्थ्यमा समस्या आएपछि वीर अस्पतालमा भर्ना भएका छन्। थपलियाका छोरा सुरज थप...

मेहताको शव बुझ्न अस्वीकार गरेपछि गृहमन्त्री त्रिवि शिक्षण अस्पताल जाने

काठमाडौं । सुनसरीको कप्तानगञ्ज घटनामा गोली लागेर घाइते भएका २२ वर्षीय रवीन्द्र मेहताको उपचारका क्रममा मृत्यु भएपछि उनका आफन्तले शव बुझ्न अस्वीकार गरेक...

बैंकिङ क्षेत्रसँग सहकार्य बढाएर अर्थतन्त्र चलायमान बनाइन्छ : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थतन्त्रलाई चलायमान बनाउन, निजी क्षेत्रको आत्मविश्वास बढाउन र लगानीको वातावरण सुधार गर्न सरकारले बैंकिङ...

ग्यासको कालोबजारी रोक्न 'ट्र्याकिङ' प्रणाली लागू गर्न सांसद अन्सारीको माग

काठमाडौँ। एलपी ग्यासको कालोबजारी रोक्न र आयल निगमको घाटा अन्त्य गर्न प्रविधिमा आधारित ट्र्याकिङ प्रणाली तत्काल लागू गर्न सांसद रहबर अन्सारीले माग गरेक...

सुकुमवासी समस्या समाधानमा सरकारलाई सहयोग गर्न एमाले तयार : पद्मा अर्याल

काठमाडौं । नेकपा (एमाले) ले भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि सरकारलाई आवश्यक सहयोग गर्न तयार रहेको जनाएको छ। मंगलबार प...

‘म्याच फिक्सिङ’ आरोपमा अमेरिकी क्रिकेटर रेड्डीमाथि आठ वर्ष प्रतिबन्ध

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले ‘म्याच फिक्सिङ’ गरेको आरोपमा अमेरिकी क्रिकेटर अखिलेश रेड्डीलाई आठ वर्ष प्रतिबन्ध लगाएको छ । आ...

आर्थिक समृद्धिका लागि सहायता र व्यापार विस्तारमा जोड दिनुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले सरकार आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यका साथ अघि बढिरहेको बताउनुभएको छ । परराष्ट्र मन्त्रालयमा आज आर्थिक कूटन...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending