Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

जीर्ण बन्यो बागलुङ-बेनी सडक

खबरडबली संवाददाता

गलकोट । बागलुङबाट रत्नेचौर हुँदै बेनी पुग्ने सडक जीर्ण अवस्थामा छ । उक्त सडकमा जताततै खाल्डाखुल्डी छन् । सडकमा नालीसमेत बनेको अवस्था छैन । कालोपत्र उप्किएको छ । कतै सडक धुलाम्मे छ ।

बाङ्गेचौरबाट रत्नेचौरसम्मको ११ किलोमिटर सडक बर्सेनि मर्मत गरिन्छ । तर बाढी र पहिराले कालोपत्र बगाएको छ ।

रत्नेचौरबाट बेनीसम्मको छ किलोमिटर सडकको कालोपत्र उप्किएर खाल्डाखुल्डी हुँदा यात्रुलाई सास्ती भएको छ । सडक डिभिजन कार्यालयले बर्सेनि मर्मत गर्दैआएको भए पनि सडकको अवस्थामा खासै सुधार आउन सकेको छैन ।

यस्ते रत्नेचौरबाट खबरासम्मको चार किलोमिटरमध्ये तीन किलोमिटर सडक २०७६ मा कालोपत्र गरिएको हो । वर्ष दिन नपुग्दै त्यो पनि उप्किएको छ । बर्खामा हिलो र हिउँदमा धुलोले सास्ती हुने स्थानीय सुरज सापकोटा बताउँछन् ।

‘गुणस्तरीय काम हुन सकेको छैन’, उनले भने । कुडुँलेमा नाली छ, तर सडक कालोपत्र छैन । रत्नेचौरमा कालोपत्र गरिएको सडकमा नाली मर्मत गर्नुपर्ने अवस्थामा छ ।

बर्सेनि मर्मतसम्भार गर्दैआए पनि पूरै नयाँ बनाउन बजेट अभाव रहेको सडक डिभिजन कार्यालय बागलुङका सूचना अधिकारी कृष्णबहादुर खड्का बताउँछन् । ‘मर्मतका लागि बर्सेनि न्यून बजेट आउँछ’, उनले भने ।

रत्नेचौरबाट बेनीसम्मको सडक पूर्वाधार कार्यालयअन्तर्गत रहेको खड्काको भनाइ छ । बाङ्गेचौरबाट रत्नेचौरसम्म सडक डिभिजन कार्यालयले बर्सेनि मर्मत गर्दैआएको छ ।

‘सडक कालोपत्र गर्न बजेट माग गरेका छौं’, उनले भने । रत्नेचौरबाट बेनीको खबरासम्मको चार किलोमिटर कालोपत्र गर्ने काम २०७४ देखि थालिएको हो ।

अझै सो काम सम्पन्न हुन सकेको छैन । रु १२ करोड १७ लाखको लागतमा कालोपत्रको ठेक्का नागार्जुन देव एण्ड सायर बिएन जेभीले लिएको छ । बागलुङका अधिकांश कालोपत्र सडक हस्तान्तरणको प्रक्रियामा छन् ।

कुँडुलेबाट रत्नेचौरसम्मको सडक रु २० लाखको लागतमा ठेक्कामार्फत मर्मतसम्भार भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ ।

पछिल्लो समय कालीगण्डकी करिडोरअन्तर्गत मालढुङ्गाबाट पर्वतको जलजला हुँदै बेनी जाने राजमार्ग विस्तार भइरहेकाले ठूला सवारीसाधन वैकल्पिक मार्ग बागलुङ हुँदै रत्नेचौर बेनी पुग्ने गरेका छन् ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

झापामा सवारी दुर्घटना, मोटरसाइकल चालककाे मृत्यु

झापा । यहाँस्थित कचनकवल गाउँपालिका–४ मा सवारी साधान(सिटी)को ठक्करबाट मोटरसाइकल चालक ५० वर्षीय शुकदेव गणेश मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका ...

जानीजानी वनमा डढेलो लगाउने प्रवृत्ति बढ्दो

तनहुँ ।  सामुदायिक वनमा मानिसले जानीजानी डढेलो लगाउने प्रवृत्ति बढ्दै गएको छ । सामुदायिक वनमा ९० प्रतिशभन्दा बढी डढेलो मानव सिर्जित हुने गरेको डिभिजन ...

अमेरिकी डलर, युके पाउण्ड स्ट्रलिङ र स्वीस फ्रयाङ्कको भाउ बढ्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर, युके पाउण्ड स्ट्रलि...

मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै

महोत्तरी । महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिँदै लोक आस्था एवं सूर्य पूजाको महान् उत्सव चैती छठ पर्व मनाइँदैछ ।...

व्यावसायिक गाईपालनबाट आयआर्जन गर्दै वडाध्यक्ष तामाङ

भोजपुर । पौवादुङमा गाउँपालिका–१ श्यामशिलाका वडाध्यक्ष राजेन्द्र तामाङ जनताको सेवासँगै व्यावसायिक गाईपालनमा व्यस्त छन् । उनी जनप्रतिनिधिको जिम्मेवारीका...

बजारमा कृतिम अभाव- फागुनमा पछिल्लो ३ महिनाकै उच्च ग्यास आयात

काठमाडौं । फागुन महिनामा विगत तीन महिनायता कै सबैभन्दा धेरै एलपी ग्यास आयात भए पनि उपभोक्ताले बजारमा अभावको सामना गर्नुपरेको छ। बढ्दो माग र आपूर्ति अस...

होर्मुज स्ट्रेट खोल्न इरानलाई ४८ घण्टे अल्टिमेटम दिएका ट्रम्पको बेलायतका प्रधानमन्त्रीलाई फोन

काठमाडौं । डोनाल्ड ट्रम्पले ऊर्जा ढुवानीका लागि अत्यन्तै महत्त्वपूर्ण जलमार्ग स्ट्रेट अफ होर्मुज खोल्न इरानलाई ४८ घण्टाको अल्टिमेटम दिएका छन्। यसैबीच ...

के गर्दै छन् बालेन ?

काठमाडौं । पार्टीका नवनिर्वाचित सांसदहरूका लागि आयोजना गरिएको परिचयात्मक तथा अभिमुखीकरण कार्यक्रममा समेत अनुपस्थित भएपछि व्यापक रूपमा खोजी गरिएका राष्...

राष्ट्रपतिले किन ‘होल्ड’ गरे अर्यालको नाम ?

काठमाडौं । राष्ट्रिय सभा सदस्यमा सिफारिस गृहमन्त्री ओमप्रकाश अर्यालको नाम राष्ट्रपति रामचन्द्र पौडेलले एक सातादेखि ‘होल्ड’ मा राखेका छन् । प्रधानमन्त्...

७ अर्ब करछली मुद्दामा वर्ल्डलिंकलाई उन्मुक्ति दिने महान्यायाधिवक्ता भण्डारीको निर्णय

काठमाडौं । जिम्मेवारीबाट बिदा हुन एक साता पनि बाँकी नरहँदा चुनावी सरकारकी महान्यायाधिवक्ता सविता भण्डारीले सात अर्बभन्दा बढी करछलीसम्बन्धी मुद्दा नचला...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: