Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

बङ्गुर फार्ममा अफ्रिकन स्वाइन फिभरु को सङ्क्रमण

खबरडबली संवाददाता
दोधारा चाँदनी । कञ्चनपुरका बङ्गुर फार्ममा अफ्रिकन स्वाइन फिभरु को सङ्क्रमण देखिएको छ । 
 
बेदकोट नगरपालिका–४ स्थित बङ्गुर फार्ममा सङ्क्रमण देखिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका वरिष्ठ पशु चिकित्सक डा पानसिंह ठगुन्नाले जानकारी दिए । उनले एक महिनाअघिदेखि अफ्रिकन स्वाइन फिभरका कारण बङ्गुर र बँदेल मर्न थाले पनि ढिलागरी जानकारीमा आएको बताए । 
 
“यहाँको बेदकोट नगरपालिकाका पाँच बङ्गुरमा परीक्षण गर्दा पाँचवटैमा सङ्क्रमण देखिएको हो”, उनले भने, “कृष्णपुरमा पनि सङ्क्रमण देखिएको छ, परीक्षणका लागि नमुना काठमाडौँ पठाएका छौ ।” उनले कञ्चनपुरमा पहिलोपटक यो महामारी देखिएको बताए । 
 
“बङ्गुर, सुँगुर र बँदेलमा भाइरसबाट लाग्ने अफ्रिकन स्वाइन फिभर महामारी रोग हो, यसको उपचार हुँदैन”, डा ठगुन्नाले भने, “कञ्चनपुरमा कम छ कैलालीमा धेरै नोक्सानी भएको छ ।” कञ्चनपुरमा बेदकोट नगरपालिका–४ को एक बङ्गुर फार्ममा पहिलो पटक सङ्क्रमण पुष्टि भएको थियो । “एक किसानले मरेको बङ्गुरको पोष्टमार्टम गर्न ल्याउनुभयो । हामीले शङ्का लागेर र्यापिट टेष्ट गर्यौ”, उनले भने, “यहाँ पोजेटिभ आएपछि पिसिआरका लागि काठमाडौँ पठायौ त्यहाँ पनि पोजेटिभ आयो ।”
 
कृष्णपुर नगरपालिकामा पनि बङ्गुरमा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमण देखिएको नगरपालिकाका पशु विकास अधिकृत गोपालसिंह बोहराले जानकारी दिए । उनले यहाँका केही फार्ममा बङ्गुर मरे पनि ठूलो क्षति नभएको बताए । “अहिले सङ्क्रमण देखिएका क्षेत्रमा भ्याक्सिन लगाइराखेका छौँ”, उनले भने, “थप परीक्षणका लागि धनगढीको ल्याबको टोलीले नमुना सङ्कलन गरिरहेको छ ।”
 
कञ्चनपुरका विभिन्न स्थानका बङ्गुर फार्ममा अफ्रिकन स्वाइन फिभरका कारण बङ्गुर मरे पनि सङ्क्रमण हुँदा किसानले पशु शाखा र भेटेरीनरी अस्पतालमा खबर नगरको पशु चिकित्सक बताउँछन् । अफ्रिकन स्वाइन फिभर लागेमा सुँगुर र बङ्गुर एकै ठाउँमा थुप्रिएर बस्ने, शरीरमा निलडाम देखिने, कानका टुप्पामा रगत जमेका धब्बा देखिने र नाकबाट फिँज आउनेजस्ता लक्षण देखापर्ने पशु चिकित्सक बताउँछन् ।
Khabardabali Desk–GA

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पहिरोले अरुण नदी थुनियो

किमाथाङ्का । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको ‘ड्याम साइट’को टनेलमा पहिरो खसेपछि अरुण नदी थुनिएको छ । म...

प्रतिकूल मौसमका कारणहवाई उडान प्रभावित

काठमाडौ । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान प्रभावित भएको छ ।       भिजिबिलिटी कमजोर हुँदा विमानस्थलबाट हुने आन्तर...

यस्तो छ नेपाल टेलिकमको सूचना प्रविधि दिवस अफर

काठमाडौ । नेपाल टेलिकमले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०२३ का अवसरमा ग्राहकका लागि विभिन्न अफर उपलब्ध गराएको छ ।        दिवसका अवसरमा कम...

स्याफ्रुबेँसी-रसुवागढी सडक निर्माण अघि बढाइने

काठमाडौ । सम्झौता भएको झण्डै पाँच वर्षपछि स्याफ्रुबेँसी(रसुवागढी सडक निर्माण अघि बढ्ने भएको छ ।  सडक निर्माण अघि बढाउन निर्माण कम्पनी अप्रिलमै आउने...

उपनिर्वाचनको तयारी तीव्र

काठमाडौ । आगामी वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारको नामावाली प्रकाशनसँगै निर्वाचन आयोग, राजनीतिक दल र उम्मेदवारहरू आफ्...

अमेरिकी न्यायमन्त्रालयद्वारा गोप्य अमेरिकी कागजात चुहावट बारे अनुसन्धान शुरु

वाशिङ्गटन । अमेरिकी न्यायमन्त्रालयले शनिबार युक्रेनसँग सम्बन्धित अमेरिकी कागजातहरू लीक भएको बारे अनुसन्धान  शुरु गरेको छ । चुहावट भएका कागजातहरूमा गोप...

आगलागी हुँदा एक बालकसहित सातजनाको मृत्यु, ६० भन्दाबढी परिवार घरबारविहीन

मनिला । फिलिपिन्सको मेट्रो मनिलाको पूर्वमा रहेको रिजाल प्रान्तको एक आवासीय समुदायमा शनिबार राति आगलागी हुँदा एक दुई वर्षीया बालिका र एक १२ वर्षीय बालक...

मुग्लिन पोखरा सडकको काम दु्रतगतिमा अगाडि बढ्छ : मन्त्री ज्वाला

दमौली । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मुग्लिन पोखरा सडक विस्तारको कामलाई दु्रतगतिमा अगाडि बढाइने बताएका छन् । मुग्लिन पोखरा सडक व...

पूर्वी नाकामा कोरोनाविरुद्ध उच्च सतर्कता

झापा । पूर्वी नाका काँकडभिट्टाबाट कोभिड–१९ का सङ्क्रमित भित्रिन नदिन उच्च सतर्कता अपनाउन थालिएको छ । भारतलगायत तेस्रो मुलुकबाट प्रवेश गर्ने विदेशी नाग...

आज हल्का वर्षाको सम्भावना

काठमाडौ । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण देशका अधिकांश भेगमा बदली हुनका साथै अपराह्नतिर हल्का वर्षाको स...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies