काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सेवा विस्तार गर्दै ३२ वटै वडा कार्यालयबाट राष्ट्रिय परिचयपत्र वितरणको काम सुरु गरेको छ ।
यही माघ १५ मा कामपाले नौवटा वडाहरु २४, २५, २६, २७, २८, २९, ३०, ३१ र ३२ बाट प्रारम्भ गरेको सेवा अहिले ३२ वटै वडा कार्यालयमा विस्तार गरेको हो ।
यही माघ १० देखि सबै वडाबाट परिचयपत्र वितरण गर्ने भनिए पनि प्राविधिक काम बाँकी रहेपछि पञ्जीकरण विभागसँग छलफल गरी सोमबार देखि सेवा सुरु गरिएको कामपाको प्रवक्ता नवीन मानन्धरले जानकारी दिए।
नागरिकले आफुलाई पायक पर्ने वडा कार्यालयमा गई परिचयपत्र प्राप्त गर्न सक्ने प्रवक्ता मानन्धरले बताए ।
“तोकिएका केही स्थानबाट मात्रै परिचयपत्र वितरण गर्दा समयमा परिचयपत्र नपाएको गुनासो नागरिकबाट आएपछि ३२ वटै वडामा सेवा विस्तार गरी पायक पर्ने स्थानमा जान सकिने व्यवस्था मिलाएका छौँ”, उनले भने ।
यसअघि सिंहदरबारमा रहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट परिचयपत्र तयार गरी प्रत्येक जिल्लामा जिल्ला प्रशासन कार्यालयहरूबाट वा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले तोकेको स्थानबाट मात्रै वितरण गरिँदै आएको थियो ।
कानुनी रुपमा १६ वर्ष उमेर पूरा गरी नेपाली नागरिकताको प्रमाणपत्र लिएको व्यक्तिले उक्त परिचयपत्र लिने सक्ने व्यवस्था छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन २०७६, कार्यविधि २०७७ अनुसार वैयक्तिक तथा जैविक विवरण समावेश गरिन्छ ।
विवरण दिन जाँदा नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल प्रति, नागरिकताको प्रमाणपत्रमा जन्ममिति नखुलेको भए शैक्षिक योग्यताका प्रमाणपत्र, राहदानी वा मिति खुल्ने आधिकारिक प्रमाण आवश्यक पर्दछ । नागरिकताको प्रमाणपत्रमा उल्लेखितभन्दा फरक स्थायी ठेगाना भएमा बसाइँसराइ सक्कल दर्ताको प्रमाणपत्र आवश्यक पर्दछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १७ गते, २०८२ - १६:५०
काठमाडौं । उच्च अदालत पाटनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित अन्य आरोपितहरूलाई धरौटीमा छाड्ने जिल्ला अदालत काठमाडौंको आदेशलाई सदर...
पौष १७ गते, २०८२ - १६:४०
काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईंले आइतबारसम्म सरकारसँग सम्झौता नभए आन्दोलनमा उत्रने चेता...
पौष १७ गते, २०८२ - १६:२६
काठमाडौँ । कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको संस्थापन पक्ष तयार नभए पनि आगामी पुस २७र२९ मा विशेष महाधिवेशन गर्ने निर्णय गर...
पौष १७ गते, २०८२ - १६:०८
मस्को। युक्रेनको खेरसन क्षेत्रमा बुधबार राति खेरसन क्षत्रको क्याफे र होटललाई लक्षित गरी भएको ड्रोनले आक्रमणमा कम्तिमा २४ जनाको मृत्यु हुनुका साथै ५० भ...
पौष १७ गते, २०८२ - १५:४२
विराटनगर । सुनसरीको कोशी गाउँपालिका–१ मा सशस्त्र प्रहरीको गोली लागेर ४५ वर्षीय विजय साहको मृत्यु भएको घटनापछि उत्पन्न तनावलाई शान्त पार्न जिल्ला प्रशा...
पौष १७ गते, २०८२ - १५:१९
ललितपुर। ललितपुरस्थित नख्खु कारागारबाट जेनजी आन्दोलनको क्रममा फरार भएका कैदीबन्दीमध्ये ३० प्रतिशत अझै सम्पर्कमा आएका छैनन् । गत भदौ २४ गते नख्खु क...
पौष १७ गते, २०८२ - १४:५९
काठमाडौं । भदौ २३–२४ को जेनजी आन्दोलन घटनासम्बन्धी जाँचबुझ आयोगले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बयानका लागि बोलाउने तयारी गरेको छ। जाँचबुझ आयोगका...
पौष १७ गते, २०८२ - १४:४०
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईं र उनक...
पौष १७ गते, २०८२ - १४:२४
काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूची पेस गरेका राजनीतिक दललाई पालैप...
पौष १७ गते, २०८२ - १४:१९
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घर बाहिर निस्कनु परेमा माक्स लगाएर मात्र निस्कन आग्रह गरेको छ । मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वस्थ...




प्रतिकृया लेख्नुहोस्: