काठमाडौ । भाषा र साहित्यको ज्ञानविना सफल कानून व्यवसायी हुन नसक्नेमा सरोकार भएकाले जोड दिएका छन् ।
नेपाल कानून व्यवसायी भाषा साहित्य प्रतिष्ठान तथा निर्झर दिलचेत वाङ्मय प्रतिष्ठान नेपालले आज यहाँ संयुक्तरूपमा आयोजना गरेको सर्वोच्च बार एसोसियसनमा निर्वाचित पदाधिकारी एवं सदस्यको स्वागत तथा रचना पाठ कार्यक्रममा साहित्यिक सृजनाले कानून व्यवसायीलाई पोख्त बनाउने बताएका हुन् ।
कार्यक्रममा नेपालबार एसोसियसनका पूर्वअध्यक्ष एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले भाषा, साहित्य बचाउन वकिल पनि लाग्नुपर्ने बताए । नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको नेपाली बृहत् शब्दकोशमा अशुद्ध शब्द आएपछि बार पनि आन्दोलनमा उत्रिएर शब्द सच्याउन लगाएको घटना स्मरण गर्दै उनले कानून व्यवसायीकै कारण अशुद्ध शब्द हटेको बताए ।
वरिष्ठ अधिवक्ता हरि उप्रेतीले साहित्यकार दीर्घजीवी र स्वस्थ हुने बताए । मनमा आएका तनावलाई साहित्यकारले सृजनामार्फत अभिव्यक्त गरेर हाँसेर जीवनयापन गर्न सक्ने उनको भनाइ थियो ।
नवनिर्वाचित सर्वोच्च बारका अध्यक्ष गुणनिधि न्यौपानेले नैतिकता, उच्चमनोबल र इमान्दारीका लागि पनि भाषा, साहित्यको आवश्यकता पर्ने बताए । सर्वोच्च बारका नवनिर्वाचित सदस्य रामेश्वर राउत मातृदासले इम्बोस्ड नं प्लेटमा भाषिक अत्याचार भएकाले यस विरुद्ध सबै कानून व्यवसायी लाग्नु पर्नेमा जोड दिए।
कार्यक्रममा साहित्यकार घमा भट्टराई, रामकृष्ण काफ्ले, तुलसीराम पोखरेल, ठाकुराराज आचार्य, रामेश्वर राउत मातृदासलगायतले आ–आफ्ना रचना पाठ गरेको थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १७ गते, २०८३ - १७:४५
काठमाडौं । सरकारले देशभरका अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गामा बनेका संरचना हटाउने अभियानलाई तीव्र बनाएको छ। यसका लागि गृह मन्त्रालयले ७७ वटै जिल्ल...
बैशाख १७ गते, २०८३ - १७:३३
नवलपुर। नवलपुरको देवचुली–१६ टाँगीकोटका ७५ वर्षीय जिवनराम थनेको हत्या गरी सुनका गरगहना लुटपाट गरी फरार एक जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय...
बैशाख १७ गते, २०८३ - १७:२६
काठमाडौं । स्थानीय तहबाटै नापी तथा मालपोत सेवा प्रवाह गर्ने सरकारको योजनामा देशभरका २०७ वटा पालिकाले रुचि देखाएका छन्। भूमि व्यवस्था, सहकारी तथा गर...
बैशाख १७ गते, २०८३ - १७:१३
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेका विभिन्न अध्यादेशहरूबारे कानुनविद्हरूसँग छलफल गरेका छन्। राष्ट्रपति निवास शीतलनिवासमा ...
बैशाख १७ गते, २०८३ - १७:००
विराटनगर। मापदण्डविपरीत सञ्चालन र अनधिकृत उत्खनन गरेको भन्दै मोरङको चिसाङ खोला किनारमा सञ्चालित दुईवटा क्रसर उद्योग १३ दिनदेखि बन्द गरिएका छन् । जिल्ल...
बैशाख १७ गते, २०८३ - १६:४३
काठमाडौं । रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेका ६ वटा अध्यादेशमध्ये हालसम्म सहकारी ऐन पहिलो संशोधन अध्यादेश मात्र जारी गर्नुभएको छ। सरकारले संवै...
बैशाख १७ गते, २०८३ - १६:३७
काठमाडौँ। नयाँ शैक्षिकसत्र सुरू भएसँगै अभिभावकको रोजाइमा परेका केही सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना गराउन अभिभावक, शिक्षक–कर्मचारीलाई भ्याइनभ्या...
बैशाख १७ गते, २०८३ - १६:१२
दमक। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नेपाली कांग्रेसलाई समयअनुसार परिमार्जन गर्दै व्यवस्थित र सुदृढ दलका रूपमा अघि बढाइने बताएको छन् । ...
बैशाख १७ गते, २०८३ - १६:०६
काठमाडौं । रोल्पाको थवाङ गाउँपालिका–१ जलजलामा मेला भर्न गएका व्यक्तिहरू चढेको जिप दुर्घटना भएको छ। दुर्घटनामा कम्तीमा १५ जना गम्भीर घाइते भएका छन् भने...
बैशाख १७ गते, २०८३ - १५:४९
काठमाडौँ ।राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिले मधेस प्रदेशमा देखिएको खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी समस्या तत्काल सम...


प्रतिकृया लेख्नुहोस्: