Khabar Dabali १९ पुष २०८२ शनिबार | 3rd January, 2026 Sat
Investment bank

गलत समाचार लेखेर समाजमा भ्रम नफैलाउन रेग्मीको आग्रह

खबरडबली संवाददाता

काठमाडौ । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले गलत समाचार लेखेर समाजमा भ्रम फैलाउन नहुने बताएको छन् । न्यूज लाइन्स डटकम अनलाइन मिडियाको सातौँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित ‘पर्यटन प्रवद्र्धनमा सञ्चार माध्यमको भूमिका’ विषयक अन्तक्र्रियामा उजनले सत्य तथ्य र विश्वसनीय समाचार सम्प्रेषण गर्न सञ्चारकर्मीलाई आग्रह गरे। 

“संविधानले सूचनाको हकलाई मौलिक हकको रुपमा राखेको छ, सही सूचना सम्प्रेषण गरेर समाजप्रति उत्तरदायी बन्नुपर्छ, राज्य र नागरिकको सेतुको काममा सञ्चार माध्यमले भूमिका खेलेको छ”, पूर्वअध्यक्ष रेग्मीले भने । मुलुकको पर्यटन प्रवद्र्धनका लागि सञ्चार माध्यमको भूमिका महत्वपूर्ण रहेको उनको भनाइ थियो । समुन्नत मुलुक निर्माणका लागि पर्यटन क्षेत्रको उल्लेख भूमिका रहेको जिकिर गर्दै पूर्वअध्यक्ष रेग्मीले प्राकृतिक सम्पदाले भरिपूर्ण नेपालमा पर्यटन प्रवद्र्धन गर्नसके आर्थिक विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले लोकतन्त्रलाई जर्गेना गर्न सञ्चारकर्मीको महत्वपूर्ण भूमिका रहेको बताए । “प्रेस स्वतन्त्रता नभएको मुलुकमा लोकतन्त्र बलियो हुन सक्दैन, सञ्चारमाध्यम आवाज विहीनको आवाज बन्नुपर्छ”, उनले भने । सञ्चारमाध्यम शक्ति र सत्ताको पछि नलागी सत्यको पछि लाग्नुपर्नेमा नेता केसीले जोड दिनुभयो । उहाँले मुलुकको आर्थिक अवस्था जटिल बन्दै गएको उल्लेख गर्दै मुलुकको अफ्ठ्यारो परिस्थितिको सन्तुलन मिलाउन कांग्रेसले राष्ट्रपति दाबी गरेको उल्लेख गरे। 

नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–४ का सभापति रामप्रसाद न्यौपानेले मुलुकको आर्थिक विकासमा कृषि, जलविद्युत् र पर्यटन क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताए । ट्रेकिङ एजेन्सीज एशोसियशन अफ नेपाल ९टान० का पूर्वअध्यक्ष खुमबहादुर सुवेदीले मुलुकको आर्थिक उपार्जनको महत्वपूर्ण क्षेत्र पर्यटन भएकाले यसको विकासमा राज्यले लगानी बढाउनुपर्ने बताए ।

न्यूज लाइन्स मिडिया प्रालिकी अध्यक्ष रिता ढकाल भट्ट, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, अधिवक्ता राजकुमार थापालगायतले नेपालमा भएका पर्यटकीय गन्तव्यस्थललाई विश्वमाझ चिनाउन नेपाली सञ्चार माध्यमको महत्वपूर्ण योगदान रहेको बताए । सो अवसरमा साउथ वेष्टर्न स्टेट कलेज बसुन्धराका सह प्राचार्य हरिसिंह केसी, अधिवक्ता सुस्मा लोहनी, काभ्रेपलाञ्चोक उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष भरतप्रसाद सापकोटा, पर्यटन व्यवसायी गणेश श्रेष्ठलगायतलाई सम्मान गरिएको थियो । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछानेलाई धरौटीमा छाड्ने जिल्ला अदालतको आदेश उच्च अदालतबाट सदर

काठमाडौं । उच्च अदालत पाटनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित अन्य आरोपितहरूलाई धरौटीमा छाड्ने जिल्ला अदालत काठमाडौंको आदेशलाई सदर...

सरकारले आइतबारसम्म सम्झौता नगरे आन्दोलनमा उत्रने दुर्गा प्रसाईंको चेतावनी

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईंले आइतबारसम्म सरकारसँग सम्झौता नभए आन्दोलनमा उत्रने चेता...

पुस २७ देखि विशेष महाधिवेशन गर्ने महामन्त्रीद्वयको निर्णय, भृकृटीमण्डप हल पनि बुक

काठमाडौँ । कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको संस्थापन पक्ष तयार नभए पनि आगामी पुस २७र२९ मा विशेष महाधिवेशन गर्ने निर्णय गर...

युक्रेनको खेरसन क्षेत्रमा भएको ड्रोन आक्रमण २४ जनाको मृत्यु, ५० घाइते

मस्को। युक्रेनको खेरसन क्षेत्रमा बुधबार राति खेरसन क्षत्रको क्याफे र होटललाई लक्षित गरी भएको ड्रोनले आक्रमणमा कम्तिमा २४ जनाको मृत्यु हुनुका साथै ५० भ...

सुनसरी गोली काण्ड : सुरक्षा निकाय र पीडित पक्षबीच पाँच बुँदे सहमति

विराटनगर । सुनसरीको कोशी गाउँपालिका–१ मा सशस्त्र प्रहरीको गोली लागेर ४५ वर्षीय विजय साहको मृत्यु भएको घटनापछि उत्पन्न तनावलाई शान्त पार्न जिल्ला प्रशा...

नख्खु कारागारबाट फरार ३० प्रतिशत कैदीबन्दी सम्पर्कविहीन

ललितपुर। ललितपुरस्थित नख्खु कारागारबाट जेनजी आन्दोलनको क्रममा फरार भएका कैदीबन्दीमध्ये ३० प्रतिशत अझै सम्पर्कमा आएका छैनन् ।  गत भदौ २४ गते नख्खु क...

हामी ओलीलाई चिठि काट्दैछौं, नआए त्यहि बेला थाहा हुन्छ: अध्यक्ष कार्की

काठमाडौं । भदौ २३–२४ को जेनजी आन्दोलन घटनासम्बन्धी जाँचबुझ आयोगले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बयानका लागि बोलाउने तयारी गरेको छ। जाँचबुझ आयोगका...

प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच भेटवार्ता, प्रसाईं समूहको मागबारे छलफल

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईं र उनक...

बन्दसूचीको त्रुटि सच्याउन आयोगले थाल्यो राजनीतिक दलसँग छलफल

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूची पेस गरेका राजनीतिक दललाई पालैप...

देशभर वायु प्रदूषण उच्च, बाहिर निस्कँदा माक्स लगाएर मात्र निस्कन आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घर बाहिर निस्कनु परेमा माक्स लगाएर मात्र निस्कन आग्रह गरेको छ । मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वस्थ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending