चितवन । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा पर्ने पुल निर्माणका लागि भित्तो काट्ने काम थपिएको समयभित्र पनि नसकिने भएको छ । निर्माण कम्पनीका अनुसार चारवटा पुलमध्ये एउटा पुलको भित्तो काट्ने काम नसकिने भएको हो ।
गत पुस ५ गतेदेखि यहाँ दैनिक चार घण्टा राजमार्ग नै बन्द गरेर भित्तो काट्ने काम जारी छ । तर कडा चट्टानका कारण थपिएको समयभित्र काम सम्पन्न नहुने अनक कन्स्ट्रक्सनका फिल्ड सुपरभाइजर इञ्जीनियर अर्जुन निरौलाले बताउनुभयो । “हालसम्म हामीले आठ ठाउँमध्ये चार ठाउँको भित्तो काट्ने काम सकेका छौँ । तीन ठाउँको ७० प्रतिशत काम भएको छ । तुइन र चिसेन्जी खोलाको ३० प्रतिशतमात्र काम गरेका छौँ”, निरौलाले भन्नुभयो, “तुइन खोलामा कडा चट्टान भएकाले अझ एक महिनाभित्र काम सम्पन्न गर्न कठिन छ ।”
उहाँका अनुसार चिसेन्जी र तुइन खोलामा आठवटा ठूला मेसिनले चट्टान फोर्ने काम गरिरहेका छन् । त्यसमा ३५ जनाको जनशक्ति खटिएको छ । सवारी आवागमनका कारण भित्तो काट्ने काममा समस्या आएको थियो । त्यसपछि जिल्ला प्रशासन कार्यालय चितवनले पहिलो चरणमा पुस ५ देखि माघ ५ गतेसम्म दिउँसो ११ देखि ३ बजेसम्म राजमार्ग नै बन्द गराएर आठवटा पुलको एकैपटक भित्तो काट्ने काम सुरु भएको थियो ।
सो अवधिमा पनि नसकिएपछि पुनः फागुन ५ गतेसम्मका लागि दिउँसो सडक नै बन्द गरेर काम भइरहेको छ । अहिले दिउँसो १२ देखि ४ बजेसम्म सडक बन्द हुँदै आएको छ । पटक–पटक म्याद थप गरे पनि कडा पहाडकै कारण ढिला भएको निर्माण कम्पनीले जनाएको छ । यसरी दिउँसो सडक बन्द गरेर काम हुँदा यात्रुहरूले भने सास्ती खेप्दै आएका छन् । तराईलाई राजधानीसँग जोड्ने मुख्य राजमार्ग भएकाले यस सडकमा दैनिक हजारौँ सवारीसाधन गुड्छन् ।
नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत १५ वटा पुल निर्माणका लागि अनक कन्ट्रक्सनले रु एक अर्ब २५ करोडमा विसं २०७६ चैत ११ गते निर्माणको जिम्मा लिएको हो । यसको काम सक्नुपर्ने समयावधि २०७९ पुस ५ गते थियो । तर समयमा काम सम्पन्न नभएपछि आयोजनाले २०८० पुस ९ गतेसम्म म्याद थप गरिदिएको छ ।
यो अवधिमा खहरेखोला, खोरखोला, लामो बालुवा खोला, भोर्लेखोला, सेती दोभान, डुम्रे, सिमलताल, टोपे र नाम्चेखोलामा गरी नौवटा पुल निर्माण भइसकेका छन् । पाँचवटा पुल निर्माणाधीन छन् । जसमा जुगेडी, रिग्दीखोला, कालीखोला, तुइनखोला र सिसेन्जी खोलामा निर्माण काम जारी छ ।
सवारी आवागमन बन्द गरेर काम गर्दा प्रभावकारीरूपमा काम भएको आयोजनाले जनाएको छ । त्यसैका आधारमा फागुनपछि पनि दिउँसो सवारीसाधान बन्द गरेर काम गरिने नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिमखण्ड ९नारायणगढ–मुग्लिन०का सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिनुभयो । “फागुन ५ गतेसम्म तुइनखोलाको दायाँ भागको भित्तो काट्ने काम सकिने अवस्था छैन”, उहाँले भन्नुभयो, “तत्कालको अवस्था हेर्दा कडा खालको चट्टान छ, माघको अन्तिम सातासम्म कामको अवस्था हेरेर दिउँसो बन्द गर्ने÷नगर्ने निर्णय गर्छौं ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १७ गते, २०८२ - १६:५०
काठमाडौं । उच्च अदालत पाटनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित अन्य आरोपितहरूलाई धरौटीमा छाड्ने जिल्ला अदालत काठमाडौंको आदेशलाई सदर...
पौष १७ गते, २०८२ - १६:४०
काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईंले आइतबारसम्म सरकारसँग सम्झौता नभए आन्दोलनमा उत्रने चेता...
पौष १७ गते, २०८२ - १६:२६
काठमाडौँ । कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको संस्थापन पक्ष तयार नभए पनि आगामी पुस २७र२९ मा विशेष महाधिवेशन गर्ने निर्णय गर...
पौष १७ गते, २०८२ - १६:०८
मस्को। युक्रेनको खेरसन क्षेत्रमा बुधबार राति खेरसन क्षत्रको क्याफे र होटललाई लक्षित गरी भएको ड्रोनले आक्रमणमा कम्तिमा २४ जनाको मृत्यु हुनुका साथै ५० भ...
पौष १७ गते, २०८२ - १५:४२
विराटनगर । सुनसरीको कोशी गाउँपालिका–१ मा सशस्त्र प्रहरीको गोली लागेर ४५ वर्षीय विजय साहको मृत्यु भएको घटनापछि उत्पन्न तनावलाई शान्त पार्न जिल्ला प्रशा...
पौष १७ गते, २०८२ - १५:१९
ललितपुर। ललितपुरस्थित नख्खु कारागारबाट जेनजी आन्दोलनको क्रममा फरार भएका कैदीबन्दीमध्ये ३० प्रतिशत अझै सम्पर्कमा आएका छैनन् । गत भदौ २४ गते नख्खु क...
पौष १७ गते, २०८२ - १४:५९
काठमाडौं । भदौ २३–२४ को जेनजी आन्दोलन घटनासम्बन्धी जाँचबुझ आयोगले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बयानका लागि बोलाउने तयारी गरेको छ। जाँचबुझ आयोगका...
पौष १७ गते, २०८२ - १४:४०
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईं र उनक...
पौष १७ गते, २०८२ - १४:२४
काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूची पेस गरेका राजनीतिक दललाई पालैप...
पौष १७ गते, २०८२ - १४:१९
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घर बाहिर निस्कनु परेमा माक्स लगाएर मात्र निस्कन आग्रह गरेको छ । मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वस्थ...




प्रतिकृया लेख्नुहोस्: