Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

दाङमा सवारी दुर्घटनाः ६ महिनामा २५ जनाले ज्यान गुमाए

खबरडबली संवाददाता

दाङ । गत कात्तिक २२ गते तुलसीपुरबाट सल्यानको कपुरकोटतर्फ गइरहेको रा१ज ४३८ नम्बरको जीप तुलसीपुर उपमहानगरपालिकाको वडा नं ४ श्रीखोलामा  भएको  दुर्घटनामा परी चार जनाको घटनास्थलमै मृत्यु भयो । सो दुर्घटनामा परी आठ जना गम्भीर घाइते भए भने मृतक सबै सल्यानको कपुरकोट गाउँपालिका वडा नं ३ का एकै गाउँका थिए ।
 
त्यसैगरी गत असार १६ गते घोराहीबाट बेसाहीतर्फ गइरहेको रा ३ प २९१२ नंको मोटरसाइकलले घोराही उपमहानगरपालिका–७ को बेसाहीमा तीन वटा साइकललाई ठक्कर दिँदा साइकल चालक सोही ठाउँका १६ वर्षीय रितेष केसी र मोटरसाइकलमा सवार घोरही–७ कै ४४ वर्षीय गङ्गा कुँवरको घटनास्थलमा मृत्यु भयो । मोटरसाइकल चालक र अन्य दुई जना साइकल गम्भीर घाइते भए । यी दुईवटै दुर्घटना प्रहरीको गहन अनुसन्धानले जीप दुर्घटनाको मुख्य कारण यान्त्रिक गढबढी र चालकको कमजोरी बतायो भने मोटरसाइकलले ठक्कर दिनुका कारण मापसे गरी तीव्रगति सवारी चलाउनु नै रहेको दाङ ट्राफिक प्रहरीको एक अनुसन्धानले जनाएको छ । वास्तवमा यी त उदाहरण मात्र हुन् । 

जिल्लामा हुने सवारी दुर्घटनाका कारण यतिखेर नागरिकले अकालमै ज्यान गुमाउन पुगेका छन् । यसैबीच यस आर्थिक वर्षको साउनदेखि माघको १८ गतेसम्म साढे छ महिनाको जिल्लामा ६५  सवारी दुर्घटनामा २५ जनाको अकालमै मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका वरिष्ठ प्रहरी हवल्दार काशीनाथ चौधरीले उपलब्ध गराएको तथ्याङ्कअनुसार ती दुर्घटनामा परी ४८ जना गम्भीर घाइते भएका छन् । ती दुर्घटनामा ८१ वटा सवारीसाधन संलग्न रहेका छन् । जसमा सबैभन्दा बढी दुर्घटना हुने सवारी साधनमा मोटरसाइकल ४१  वटा, बस सात, ट्र्याक्टर  सात जीप तथा कार चार रहेका छन् । त्यस्तै टेम्पो तथा अटोरिक्सा सात, ट्रक चार, टिपर  दुई, माइक्रोबस चार, साइकल पाँच, डोजर एक वटा अन्य रहेका छन् ।

गएको आर्थिक वर्ष २०७८÷८९ मा  दाङमा दुई सय तीन वटा सवारी दुर्घटना हुँदा ९५ जनाको मृत्यु भएको छ । आगामी दिनमा सवारी दुर्घटना न्यूनीकरण गर्नेका लागि ट्राफिक प्रहरीले   नागरिकसँग समन्वय गरी दुर्घटना न्यूनीकरण गर्नेका लागि चोसो दिन थालेका छन् । सडक सुरक्षा तथा ट्राफिक नियम सम्बन्धमा सचेतनामूलक कार्यक्रम पनि गदै आएका छन् । यहाँका बजारमा ट्राफिक प्रहरीले आफ्नो सक्रियता बढाएको छ । सडक वारपार गर्नेका लागि पैदल यात्रुलाई  सचेतना कार्यक्रम गरेको छ । चालकका लागि निःशुल्क जाँच, बजारमा जेब्राक्रसिङसमेत बनाएको छ । तर पनि जिल्लामा सवारी दुर्घटनाका घटना दिनहुँजसो घटिरहेका छन् ।

दुर्घटना घटनुका कारण अनुसन्धान गर्दा सबैभन्दा बढी तीव्र गति, मादक पदार्थ सेवनगरी गाडी चलाउँदा चालकको लापरबाही, यात्रु गल्ती, सडकको अवस्थाका कारण, यान्त्रिक गढबढी मुख्य रहेको ट्राफिक प्रहरी कार्यालय दाङले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ । सामुदायिक प्रहरी सेवा केन्द्र तुलसीपुरका सल्लाहकार एवं ज्येष्ठ नागरिक समाज दाङका अध्यक्ष खुमानन्द अधिकारीले दुर्घटनालाई न्यूनीकरण गर्नेका लागि चालक गम्भीर बन्नुपर्ने बताउन्छन्।

उनले जिल्लामा धेरै दुर्घटना चालकको लापरबाहीका कारण हुने गरेको भन्दै उनीहरुलाई संवेदनशील हुन आग्रह गरे। उहाँले बाटोको अवस्थाबारेमा चालक जानकार नहुने, तीव्रगतिमा गाडी चलाउने र आफ्ना सवारीसाधन दुरुस्त अवस्था नराख्ने लगायतले दुर्घटना बढी रहेको बताए ।

त्यसैगरी महिला अधिकारकर्मी राधा पाण्डेले दुर्घटना न्यूनीकरणका लागि चालक, ट्राफिक प्रहरी र स्वयं गाडी धनी एकजुट हुनुपर्ने बताए। उनले सवारी ऐन कार्यान्वयन नगर्ने जोकोहीलाई कारबाही गरिनुपर्ने बताउनुभयो । त्यस्तै चालकलाई दण्ड र पुरस्कारको व्यवस्था गर्नुपर्ने उहाँको सुझाव छ । उनले दुर्घटना पीडित सङ्गठित भएर सचेतना अभियान फैलाउनुपर्छ भने। दुर्घटनाको पीडा स्वयं पीडितलाई थाहा हुने भन्दै दुर्घटना पीडित सङ्गठित बनाएर सचेतना अभियान थाल्दा थप प्रभावकारी हुने उनको धारणा छ ।

जिल्ला ट्राफिक कार्यालय दाङका प्रमुख प्रहरी निरिक्षक किरण मल्लले तीव्र गतिमा गाडी चलाउन, सवारीसाधन चुस्तदुरुस्त नराख्नु, सडकको अवस्थाबारे जानकारी नलिनु, मापसे लगायतका कारणले दुर्घटना बढेको र नियन्त्रण गर्नेका लागि आफू गम्भीररुपमा लागि रहेको जानकारी दिनुभयो । सडक सुरक्षा तथा ट्राफिक नियम सम्बन्धमा चालक सहचालकलाई प्रशिक्षण तथा विद्यालयमा सचेतनामूलक कार्यक्रमलाई तीव्र पारिनेसमेत बताउनुभयो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र

काठमाडौँ। केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाल राष्...

हामीले दुई सय आठ रोपनी सार्वजनिक जग्गा फिर्ता गर्याै : बालेन शाह

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफू प्रमुखको भूमिकामा आएपछि रु २३ अर्ब मूल्य बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिएको ...

ओली प्यानलमा नपरेपछि रघुजी पन्तले दिए उपाध्यक्षमा उम्मेदवारी

काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । पन्त केपी शर्मा ओली समूहमा थिए तर ओली समूहले उनलाई समेटेर प्यानल बनाएन ।...

मनहरीमा शिकारीको बन्दुक पड्कँदा अर्का शिकारीको मृत्यु

मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार गर्न हिँडेका शिकारीको भरुवा बन्दुक पड्किँदा अर्का शिकारीको मृत्यु भएको छ । ...

भिजिट भिसा प्रकरण: म्याग्दीका सीडीओ बद्रि तिवारी गृह मन्त्रालय तानिए

काठमाडौं । भिजिट भिसा प्रकरणमा नाम जोडिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ)बद्रि तिवारीलाई गृह मन्त्रालय तानिएको छ । ...

को को समेटिए ईश्वर पोखरेलको टीममा ?

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा ईश्वर पोखरेल समूहले आफ्नो उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । यस क्रममा स्व...

एकै वर्षमा २३ अर्ब ४ करोड कर छुटको दाबीः ४ अर्ब ८४ करोड मात्रै कर फिर्ता

काठमाडाैं। सरकारले एकै वर्षमा ४ अर्ब बढी कर फिर्ता गरेको छ । कुटनीतिक नियोग कुटनीतिज्ञ एवं विभिन्न कुटनीतिक एजेन्सीहरुलाईदेखि निकासीको आधारमा सरकारले ...

अध्यक्ष पदमा ओलीले गरे उम्मेदवारी दर्ता

काठमाडौँ । एमालेको अध्यक्ष पदको लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएलगत्तै ओलीले पनि महाधिवेशनस्थल...

ईश्वर पोखरेलले दर्ता गराए उम्मेदवारी, ओलीसँग भिड्ने

काठमाडौँ । एमाले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उनी अध्यक्षमा केपी शर्मा ओलीसँग पोखरेल भिड्न लागेका हुन्...

नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ युद्धभैरव गण (शान्ति सैनिक) तेस्रो डफ्फालाई बदल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending