Khabar Dabali १८ बैशाख २०८३ शुक्रबार | 1st May, 2026 Fri

नेपाल विश्वविद्यालयसम्बन्धी प्रगति विवरण पेश गर्न विधायन समितिको निर्देशन

खबरडबली संवाददाता

काठमाडौ । विधायन व्यवस्थापन समितिले नेपाल विश्वविद्यालय पूर्वाधार विकास तयारी समितिलाई प्रगति विवरण पेश गर्न निर्देशन दिएको छ । समितिको आज बसेको बैठकमा नेपाल विश्वविद्यालय विधेयक, २०७९ को प्रारम्भिक छलफल भएको थियो । 
 
समितिका सभापति डा बेदुराम भुसालले विधेयकबारे थप छलफल अघि बढाउन पूर्वाधार विकास तयारी समितिका अध्यक्ष डा अर्जुन कार्कीलाई पछिल्लो प्रगति विवरणसँगै पाठ्यक्रमको प्रारुप र सञ्चालनको आर्थिक आधारबारे प्रष्ट जानकारी उपलब्ध गराउन निर्देशन दिए। 

बैठकमा पूर्वशिक्षामन्त्री माधव पौडेलले हाल सञ्चालनमा रहेका विश्वविद्यालयभन्दा फरक नभए विधेयक फिर्ता लिन सुझाव दिए। उनले भने, “अहिले सञ्चालनमा रहेका विश्वविद्यालय लथालिङ्ग अवस्थामा छन् । अहिलेकै जस्तो विश्वविद्यालय खडा गरेर जाने हो भने यो काम अघि बढ्नु हुँदैन । सरकारले विधेयक फिर्ता लिनुपर्छ” । 

डा कार्कीले नेपालको उच्च शिक्षा नीतिको लक्ष्य हासिल गर्न नेपाल विश्वविद्यालयको स्थापना र सञ्चालनले योगदान दिने विश्वास व्यक्त गरे । उनले भने, “सरकारको लक्ष्यअनुसार सन् २०३० सम्म विश्वविद्यालयमा २५ प्रतिशत विद्यार्थीको पहुँच पु¥याउन विश्वविद्यालयले योगदान दिनेछ । सङ्ख्यासँगै गुणस्तरीय शिक्षा उपलब्ध गराउन यस विश्वविद्यालयको विशेष भूमिका हुनेछ ।” 

बैठकमा डा सूर्यराज अर्यालले सञ्चालनमा रहेका विश्वविद्यालयमा शिक्षण पद्धतिमा सुधार नआएका कारण नयाँ विश्वविद्यालय आवश्यक रहेको बताए। “भएका विश्वविद्यालयको संरचनामा समस्या छ । यी विश्वविद्यालयले काम गर्न सकेका छैनन् । त्यही कारण नयाँ विश्व विद्यालय आवश्यकता भएको हो”, उनले भने ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अतिक्रमित जग्गा खाली गराउन ७७ वटै जिल्लाहरूलाई गृहको सर्कुलर

काठमाडौं । सरकारले देशभरका अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गामा बनेका संरचना हटाउने अभियानलाई तीव्र बनाएको छ। यसका लागि गृह मन्त्रालयले ७७ वटै जिल्ल...

जेनजी आन्दोलनमा भागेका व्यक्तिबाट हत्यापछि लुटपाट, २५ दिनपछि पक्राउ

नवलपुर। नवलपुरको देवचुली–१६ टाँगीकोटका ७५ वर्षीय जिवनराम थनेको हत्या गरी सुनका गरगहना लुटपाट गरी फरार एक जना पक्राउ परेका छन् ।  प्रहरीको केन्द्रीय...

स्थानीय तहबाटै नापी–मालपोत सेवा दिन २०७ पालिका इच्छुक

काठमाडौं । स्थानीय तहबाटै नापी तथा मालपोत सेवा प्रवाह गर्ने सरकारको योजनामा देशभरका २०७ वटा पालिकाले रुचि देखाएका छन्। भूमि व्यवस्था, सहकारी तथा गर...

अध्यादेशबारे कानुनविद्हरूसँग छलफल गर्न थाले राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेका विभिन्न अध्यादेशहरूबारे कानुनविद्हरूसँग छलफल गरेका छन्। राष्ट्रपति निवास शीतलनिवासमा ...

मापदण्डविपरीत चलेका मोरङका दुई क्रसर उद्योग बन्द

विराटनगर। मापदण्डविपरीत सञ्चालन र अनधिकृत उत्खनन गरेको भन्दै मोरङको चिसाङ खोला किनारमा सञ्चालित दुईवटा क्रसर उद्योग १३ दिनदेखि बन्द गरिएका छन् । जिल्ल...

राष्ट्रपतिद्वारा एक मात्र अध्यादेश जारी, बाँकीबारे परामर्श जारी

काठमाडौं । रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेका ६ वटा अध्यादेशमध्ये हालसम्म सहकारी ऐन पहिलो संशोधन अध्यादेश मात्र जारी गर्नुभएको छ। सरकारले संवै...

अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना

काठमाडौँ। नयाँ शैक्षिकसत्र सुरू भएसँगै अभिभावकको रोजाइमा परेका केही सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना गराउन अभिभावक, शिक्षक–कर्मचारीलाई भ्याइनभ्या...

सरकारका जनहितकारी कार्यमा कांग्रेसको साथ रहन्छ : विश्वप्रकाश शर्मा

दमक। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नेपाली कांग्रेसलाई समयअनुसार परिमार्जन गर्दै व्यवस्थित र सुदृढ दलका रूपमा अघि बढाइने बताएको छन् । ...

रोल्पाको जलजलामा जिप दुर्घटना:१५ जना गम्भीर घाइते, उद्धारमा कठिनाइ

काठमाडौं । रोल्पाको थवाङ गाउँपालिका–१ जलजलामा मेला भर्न गएका व्यक्तिहरू चढेको जिप दुर्घटना भएको छ। दुर्घटनामा कम्तीमा १५ जना गम्भीर घाइते भएका छन् भने...

मधेसको खानेपानी सङ्कट समाधानमा संसदीय समितिको जोड

काठमाडौँ ।राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिले मधेस प्रदेशमा देखिएको खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी समस्या तत्काल सम...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending