Khabar Dabali १७ असार २०८३ बुधबार | 1st July, 2026 Wed
Investment bank

जयवागेश्वरीमा काठमाडौँ महानगरपालिका वडा नं ८ को भवन बन्ने

खबरडबली संवाददाता

काठमाडौ । काठमाडौँ महानगरपालिका–८ को भवन जयवागेश्वरीमा बन्ने भएको छ । महानगरपालिकाको रु तीन करोड लागतमा भवन निर्माण गर्न लागिएको हो । 

भवनको महानगरपालिकाका प्रमुख बालेन शाह, कामपा–८ का वडाध्यक्ष आशामान सङ्गत लगायतले शिलान्यास गरेको छन् । पशुपति क्षेत्र विस्तारका क्रममा करिब २५ वर्षअघि वडा भवन भत्काइएको थियो । वडा भवन भत्काइएपछि हाल पशुपति क्षेत्र विकास कोषअन्तर्गतको अमालकोट कचहरी कार्यालय रहेको जयवागेश्वरीमा वडा कार्यालय सञ्चालन भइरहेको छ । 

नयाँ भवन त्यससँगैको नेपाल वेद विद्याश्रमको नामका रहेको जग्गामा बनाउन लागिएको हो । तीन वर्षअघि तत्कालीन महानगर प्रमुख विद्यासुन्दर शाक्यले पनि भवन शिलान्यास गरेको थिए । वेद विद्याश्रमले विरोध गरेपछि काम रोकिएको हो । यसपटक भने कोषले निर्माण गर्न पत्र नै दिएपछि शिलान्यास गरिएको हो । वेद विद्याश्रम कोषअन्तर्गत सञ्चालनमा रहेको छ ।

कार्यक्रममा महानगर प्रमुख शाहले कोषले वडा भवन निर्माणका लागि जग्गा उपलब्ध गराएकामा धन्यवाद दिए । उनले तोकिएकै समयमा भवन निर्माण हुने र नयाँ भवन बनेपछि वडा कार्यालयको सेवा प्रवाह सही हुने विश्वास व्यक्त गरे । 

विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्र रहेको पवित्र तीर्थस्थल भएकाले पनि यो महत्वपूर्ण स्थान भएको उनको भनाइ थियो । सम्पदा क्षेत्रको संरक्षण तथा सम्वद्र्धन गर्दै नेपालकै गौरवशाली पवित्र तीर्थस्थलका रूपमा विकास गर्न महानगरले काम गर्ने महानगर प्रमुख शाहको प्रतिबद्धता थियो । कोष र महानगरपालिका सँगसँगै मिलेर अगाडि बढ्नुपर्नेमा समेत उनले जोड दिएको थिए । 
    
कार्यक्रममा वडाध्यक्ष सङ्गतले लामो समयको प्रयासपछि वडा नं ८ ले भवन बनाउन जग्गा पाएकामा खुसी व्यक्त गरे। नक्साअनुसार सांस्कृतिक, मौलिकताले भरिएको भवन बन्ने उनले बताए। पशुपति क्षेत्रको इँटापाखामा स्वर्ण गणेश, गायत्री मार्गमा ब्रह्मा मन्दिर र जयवागेश्वरीमा महामृत्युञ्जय मन्दिर पुनःनिर्माणको शिलान्याससमेत गरिएको वडाध्यक्ष सङ्गतले जानकारी दिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शंकास्पद गतिविधिमा संलग्न ९ जना चिनियाँ नागरिक ललितपुरबाट पक्राउ

ललितपुर । अध्यागमन विभागले ललितपुरबाट शंकास्पद् गतिविधिमा संलग्न ९  जना चिनियाँ नागरिक पक्राउ गरेको छ । ललितपुरको धोबीघाटमा ठूलो संख्यामा चिनियाँ न...

त्रिवि सेवा आयोगको अध्यक्षमा किशोर थापा नियुक्त

काठमाडौं। सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा पूर्वसचिव तथा पूर्वाधार विज्ञ किशोर थापालाई नियुक्त गरेको छ। प्रधानमन्त्री ...

पूर्वसचिव भीमप्रसाद उपाध्यायविरुद्ध साइबर ब्युरोमा उजुरी

काठमाडौं। नेपाल सरकारका पूर्वसचिव भीमप्रसाद उपाध्यायविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता भएको छ। नेपाल मेडिकल काउन्सिलले निमित्त रजिष्...

मध्यपहाडी राजमार्गको पाँचथर खण्ड अलपत्र पार्ने ठेकेदारसँगको ठेक्का रद्द

फिदिम। सरकारले पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गत पाँचथर खण्डको निर्माण कार्य अलपत्र पार्ने निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द गरेको छ। म...

शिक्षा मन्त्रालयको सय दिन: शिक्षा क्षेत्रमा सुशासन र डिजिटल सेवा विस्तारमा जोड

काठमाडौँ। वर्तमान सरकार गठन भएयता परीक्षा प्रणालीमा सुधार, विश्वविद्यालयहरूमा शासकीय सुधार, डिजिटल सेवा विस्तार तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने द...

जेनजी आन्दोलनपछि नारायणहिटी सफा गर्न लगाइएको सूचना पाएका थियौँ: प्रचण्ड

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजीआन्दोलनपछि नारायणहिटी दरबार सफा गर्न लगाइएको सूचना आफूहरूले पाएको ...

संविधान संशोधनअघि उद्देश्य र नियत स्पष्ट हुनुपर्छ: अध्यक्ष दाहाल

काठमाडौं। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संविधान संशोधन गर्नुअघि त्यसको उद्देश्य र नियत स्पष्ट रूपमा पहिचान गर्नुपर्ने बताएका छन्। बु...

सभामुख अर्याल र साउदी राजदूतबीच भेट, संसदीय सहकार्य र लगानी विस्तारमा जोड

काठमाडौं। सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूत फाहद मोहम्मद मनिखले शिष्टाचार भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित स...

इन्धनको मूल्य घटेपछि निजी पेट्रोल पम्प बन्द, भद्रकालीमा लामो लाइन

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेसँगै निगमले पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य...

मुस्ताङमा युरेनियम उत्खननबारे नेपाल–अमेरिका सेना सम्झौता भएको दाबी असत्य: परराष्ट्रमन्त्री खनाल

काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालले मुस्ताङ जिल्लामा युरेनियम धातु उत्खननका लागि नेपाली सेना र अमेरिकी सेनाबीच सम्झौता भएको भन्ने चर्चामा कुनै सत्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending