काठमाडौ । काठमाडौँ महानगरपालिका–८ को भवन जयवागेश्वरीमा बन्ने भएको छ । महानगरपालिकाको रु तीन करोड लागतमा भवन निर्माण गर्न लागिएको हो ।
भवनको महानगरपालिकाका प्रमुख बालेन शाह, कामपा–८ का वडाध्यक्ष आशामान सङ्गत लगायतले शिलान्यास गरेको छन् । पशुपति क्षेत्र विस्तारका क्रममा करिब २५ वर्षअघि वडा भवन भत्काइएको थियो । वडा भवन भत्काइएपछि हाल पशुपति क्षेत्र विकास कोषअन्तर्गतको अमालकोट कचहरी कार्यालय रहेको जयवागेश्वरीमा वडा कार्यालय सञ्चालन भइरहेको छ ।
नयाँ भवन त्यससँगैको नेपाल वेद विद्याश्रमको नामका रहेको जग्गामा बनाउन लागिएको हो । तीन वर्षअघि तत्कालीन महानगर प्रमुख विद्यासुन्दर शाक्यले पनि भवन शिलान्यास गरेको थिए । वेद विद्याश्रमले विरोध गरेपछि काम रोकिएको हो । यसपटक भने कोषले निर्माण गर्न पत्र नै दिएपछि शिलान्यास गरिएको हो । वेद विद्याश्रम कोषअन्तर्गत सञ्चालनमा रहेको छ ।
कार्यक्रममा महानगर प्रमुख शाहले कोषले वडा भवन निर्माणका लागि जग्गा उपलब्ध गराएकामा धन्यवाद दिए । उनले तोकिएकै समयमा भवन निर्माण हुने र नयाँ भवन बनेपछि वडा कार्यालयको सेवा प्रवाह सही हुने विश्वास व्यक्त गरे ।
विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्र रहेको पवित्र तीर्थस्थल भएकाले पनि यो महत्वपूर्ण स्थान भएको उनको भनाइ थियो । सम्पदा क्षेत्रको संरक्षण तथा सम्वद्र्धन गर्दै नेपालकै गौरवशाली पवित्र तीर्थस्थलका रूपमा विकास गर्न महानगरले काम गर्ने महानगर प्रमुख शाहको प्रतिबद्धता थियो । कोष र महानगरपालिका सँगसँगै मिलेर अगाडि बढ्नुपर्नेमा समेत उनले जोड दिएको थिए ।
कार्यक्रममा वडाध्यक्ष सङ्गतले लामो समयको प्रयासपछि वडा नं ८ ले भवन बनाउन जग्गा पाएकामा खुसी व्यक्त गरे। नक्साअनुसार सांस्कृतिक, मौलिकताले भरिएको भवन बन्ने उनले बताए। पशुपति क्षेत्रको इँटापाखामा स्वर्ण गणेश, गायत्री मार्गमा ब्रह्मा मन्दिर र जयवागेश्वरीमा महामृत्युञ्जय मन्दिर पुनःनिर्माणको शिलान्याससमेत गरिएको वडाध्यक्ष सङ्गतले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २७ गते, २०८२ - १६:४३
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ गतेदेखि दे...
पौष २७ गते, २०८२ - १६:३३
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हालसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराइसकेका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रम...
पौष २७ गते, २०८२ - १६:२०
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्न सभापति शेरबहादुर देउवालाई उपस्थ...
पौष २७ गते, २०८२ - १६:०७
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पछिल्लो चार महिनादेखि नेपाली कांग्रेस ‘कोमा’मा रह...
पौष २७ गते, २०८२ - १५:५९
काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीमा अब इतिहासको ब्याज खाएर बस्न नसक्ने बताउँदै नेताहरूलाई कटाक्ष गरेका छन्। दोस्रो ...
पौष २७ गते, २०८२ - १५:२८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी...
पौष २७ गते, २०८२ - १५:०८
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिको नाम...
पौष २७ गते, २०८२ - १५:००
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ। राप्रप...
पौष २७ गते, २०८२ - १४:४१
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उद्घाटन गरेका छन्। उनीहरूले पानसमा बत्ती बालेर भृकुटीमण्डपस्थित...
पौष २७ गते, २०८२ - १४:२८
काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी विभाजन नहोस् भन्नेमा सचेत बताएको छन्। कांगेसको विशेष महा...




प्रतिकृया लेख्नुहोस्: