Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

ठूलो सङ्ख्यामा विदेश गइरहेका विद्यार्थीलाई रोक्न विधेयक ल्याइएको हो : मन्त्री खनाल

खबरडबली संवाददाता

काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले उच्च शिक्षाका लागि ठूलो सङ्ख्यामा विदेश गइरहेका विद्यार्थीलाई रोक्न नेपाल विश्वविद्यालय विधेयक अघि बढाइएको बताएको छन् ।

राष्ट्रियसभामा  नेपाल  विश्वविद्यालय विधेयक, २०७९ माथिको छलफलमा सदस्यहरुले राखेको जिज्ञासामा उनले विदेश अध्ययन गर्न जाने युवालाई स्वदेशमै राख्ने हेतुले विधेयक अघि बढाइएको बताए ।

मन्त्री खनालले भने, “एक लाख २२ हजार नेपाली विद्यार्थी विश्वका एक सय ६ भन्दा बढी मुलुकमा नेपाली विद्यार्थी अध्ययनका लागि गएको तथ्याङ्क छ, ती युवालाई रोक्न सकिन्छ कि भन्ने हेतुले यो विश्वविद्यालय विधेयक अघि बढाइएको हो ।”

मुलुकको विकास र अर्थतन्त्रलाई चलायमान बनाउन तथा विश्वविद्यालयबाट उत्पादित जनशक्ति विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने होस् भन्ने उद्देश्य रहेको बताउँदै उनले गुणस्तरीय शिक्षा मात्र नभई सङ्घीयताको मर्म र भावनालाई विश्वविद्यालयले बोकेको स्पष्ट गरे ।

यसअघि विधेकमाथिको  छलफलमा सदस्यहरुले विश्वविद्यालयलाई उत्कृष्ट प्राज्ञिक क्षेत्रका रुपमा व्यवस्थित गर्न आवश्यक रहेको बताए । विश्वविद्यालयलाई स्वायत्त संस्थाका रुपमा लैजान सक्नुपर्ने आजको अवसर र चुनौती रहेको बताउँदै उहाँहरुले दक्ष प्रतिस्पर्धी जनशक्ति उत्पादनमा विश्वविद्यालय सक्षम होस् भन्ने सबैको चाहना रहेको उल्लेख गरे ।

सदस्यहरुले नेपाललाई उपयुक्त हावापानी भएका कारण नेपाललाई  शैक्षिक अध्ययनको हब बनाउन प्रयत्न गर्न आवश्यक रहेको बताउँदै यसअघिका विश्वविद्यालयलाई पनि भरपर्दो, अनुशासित, गुणात्मक र विश्वसनीय बनाउन आवश्यक सुझाव दिए ।

वियेकमाथिको छलफलमा भाग लिँदै सदस्य जितेन्द्रनारायण देवले राज्यको स्रोतको बोझ नलिने उद्देश्य बोकेको यस विश्वविद्यालयले गुणात्मक शिक्षामार्फत् विश्वबजारमा प्रतिस्पर्धा गर्ने सक्ने  दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य बोकेको बताए ।

सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त विधेयकमाथि विचार गरियोस् भनी राख्नुभएको प्रस्तावलाई सदनले बहुमतले स्वीकृत ग¥यो । 

राष्ट्रियसभाको अर्को बैठक यही माघ १३ गते शुक्रबार दिनको ४ बजे बस्नेछ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

१४ सयले बढ्यो सुनको मुल्य

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य तोलामा १४ सयले बढेर १ लाख ३७ हज...

छैटौँ सातामा ‘महजात्रा’: ५१ औँ दिनतर्फ लम्किदै

काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको छैटौँ सातामा प्रवेश गरेको छ । अर्थात् फिल्म ...

‘पूर्ण बहादुरको सारङ्गी’मा भित्रिए गायक प्रकाश सपूत

काठमाडौँ । फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक प्रकाश सपूत भित्रिएका छन् । शुक्रबार निर्माण टिमले फिल्ममा उनी कलाकारको रुपमा अनुबन्धित भएको जानकारी ...

काठमाडौँमा फेरी बढ्यो वायु प्रदूषण, बन्यो विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर

काठमाडौँ । काठमाडौँ उपत्यकाको वायु प्रदूषण फेरी अब्धेको छ । मुलुकको विभिन्न स्थानमा लागिरहेको डढेलो र धुलोका कारण वायु अस्वस्थ बनेको छ । एयर क्वालि...

जसपाका कार्यकारिणी समितिको बैठक बस्दैँ, महाधिवेसन मुख्य एजेन्डा

काठमाडौं। जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक बस्दैँछ ।  केही समय पछि हुन लागेको पार्टीको महाधिवेशनको एजेन्डा तय गर्न लागि कार्यक...

विश्वमा २८२ मिलियन मानिसहरू भोकमरीको चपेटामा, गत बर्ष थपिए २४ मिलियन

काठमाडौं। विश्वमा २८२ मिलियन मानिसहरू भोकमरीको चपेटामा परेका छन । संयुक्त राष्ट्र संघका एजेन्सी र विकास समूहहरूका अनुसार द्वन्द्वका कारण २८२ मिलियन...

कांग्रेस उम्मेदवारलाई विजयी गराउन ३४ देशका जनसम्पर्क समितिको संयुक्त अपिल

काठमाडौं, नेपाली कांग्रेसका ३४ देशमा रहेका जनसम्पर्क समितिले उपनिर्वाचनमा कांग्रेस उम्मेदवारको पक्षमा मतदान गर्न अपिल गरेका छन्। संयुक्त प्रेस विज्ञप्...

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । विहिबार बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री कँडेलले विश्वासको मत पा...

जसपाले शुक्रबार बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौ । जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ । भोलि शुक्रबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्...

विद्यार्थी घट्दै गएपछि विद्यालय समायोजन गर्दै पालिका

धुलिखेल । नयाँ शैक्षिकसत्रका लागि भर्ना र पठनपाठन सुरु भएसँगै विद्यार्थी सङ्ख्यामा कमी आएपछि काभ्रेका स्थानीय तहले भूगोलका हिसाबले नजिकका विद्यालय समा...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies