काठमाडौं । निजी क्षेत्रको चर्को विरोध र अन्तर्राष्ट्रिय दबाबपछि १३ महिनापछि नेपाल राष्ट्र बैंकले आयातमा लगाउँदै आएको नगद मार्जिनको व्यवस्था हटाएको छ । बिहीबार राष्ट्र बैंकको विदेशी विनिमय विभागले एकीकृत परिपत्र जारी गर्दै यसअघि लगाएको नगद मार्जिनलाई हटाएको हो ।
राष्ट्र बैंकले २०७८ पुस ५ र २०७८ माघ २६ गते दुईपटक गरी ४८ समूह हार्मोनी कोडका करिब १४ सय वटा वस्तु आयात गर्न प्रतीतपत्र (एलसी) खोल्दा अनिवार्य ५० प्रतिशतदेखि शतप्रतिशतसम्म नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो ।
राष्ट्र बैंकले गत मंसिर १७ गते निर्माणसम्बन्धी हार्मोनी कोडका ६८ वटा वस्तु आयातमा भने नगद मार्जिन हटाइसकेको थियो । वस्तु आयातमा नगद मार्जिनको व्यवस्था खारेज गरिनुका साथै, प्रतीतपत्र खोलेर मात्रै आयात गर्नुपर्ने व्यवस्थालाई समेत सहजीकरण गरिएको राष्ट्र बैंकले जनाएको छ ।
तरलता बढ्नुका साथै वैदेशिक मुद्राको सञ्चिति घटेपछि राष्ट्र बैंकले आयातमा कडाइ गर्दै एलसीमा अनिवार्य नगद मार्जिनको व्यवस्था गरेको थियो । तर, सरकारले आयातमा कडाइ गरेको भन्दै अन्तर्राष्ट्रिय वित्त निगम ९आईएफसी० लगायतले चासो राखेका थिए ।
त्यस्तै, उद्योगी व्यवसायीले हटाउन सकारलाई दबाब दिँदै आएका थिए । अब आयातकर्ताले एलसी, ड्राफ्ट/टीटी, डीडीमार्फत् वस्तु आयात गर्न पाउनेछन् । राष्ट्र बैंकले यसअघिसम्म एलसी खोल्दा लगाएको सीमासमेत हटाएको छ ।यो समाचार नेपालसमाचारपत्र दैनिकमा छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १२ गते, २०७९ - ०९:३८
रुपन्देही । द्वन्द्वकालमा बन्द भएका छोटी भन्सार कार्यालय पुनःस्थापन नहुँदा रुपन्देहीमा भारतबाट अवैधरुपमा सामान आयात गर्ने क्रम बढ्दै गएको छ । यसबाट रा...
माघ १२ गते, २०७९ - ०९:२६
संवैधानिक व्यवस्थामा तोकिएकै समयमा हुन्छ : दिनेश थपलिया
माघ १२ गते, २०७९ - ०९:०३
काठमाडौं । तराईका केही स्थानमा बिहानीपख हुस्सु/कुहिरो लागेर दैनिक जनजीवनमा सामान्य प्रभाव पार्नसक्ने भन्दै आवश्यक सावधानी अपनाउन मौसम पूर्वानुमान महाश...
माघ १२ गते, २०७९ - ०८:५१
काठमाडौं । आफ्नो चलचित्र रिलिज हुँदा ‘नेपाली चलचित्रलाई माया गरौं’ भन्दै दर्शक हम्किने हाम्रो कलाकारहरुको विदेशी चलचित्रप्रतिको मोह उदेकलाग्दो छ । ...
माघ १२ गते, २०७९ - ०८:३८
काठमाडौं । जर्मन चान्स्लर ओलाफ शोल्ट्सले युक्रेनमा १४ वटा लेपर्ड टू ट्याङ्क पठाइने पुष्टि गरेपछि आफ्नो देशका सांसदहरूलाई सम्बोधन गरेका छन्। संसद्मा...
माघ १२ गते, २०७९ - ०८:२१
मोरङ । भौगोलिक विकटताका कारण वर्षौंदेखि सामाजिक सुरक्षा भत्ता लिन एक दिन हिँड्नुपर्ने अवस्थाको अन्त्य हुँदा मोरङको मिक्लाजुङका बासिन्दा हर्षित भएका छन...
माघ १२ गते, २०७९ - ०८:०८
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ । समसामयिक राजनीतिक घटनाक्रमबारेमा छलफल गर्न बैठक बोलाइएको महासचिव देव गुरुङले बताए। ...
माघ १२ गते, २०७९ - ०८:०२
काठमाडौं । मलेसियाका विभिन्न भागमा आएको बाढीका कारण बुधबार साँझसम्म तीन राज्यमा पाँच हजारभन्दा बढी मानिस विस्थापित भएको सरकारी अधिकारीले बताएका छन् । ...
माघ १२ गते, २०७९ - ०७:५०
'विश्वासको मत दिएको विषय समाप्त भइसक्यो'
माघ १२ गते, २०७९ - ०७:३७
काठमाडौं । सरकारले सुर्तीजन्य कम्पनीलाई बिक्री स्थलमा सुर्तीजन्य पदार्थको विज्ञापन बन्द गर्न निर्देशन दिएको छ । राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना ...
प्रतिकृया लेख्नुहोस्: