Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

मन्त्री शर्माको ध्यान आमसञ्चार क्षेत्रका समस्यालाई कसरी समाधान गर्ने भन्नेतर्फ

खबरडबली संवाददाता

काठमाडौ । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बदलिँदो परिस्थितिमा सूचना/प्रविधिको भरपुर उपयोगले मात्रै सरकारको समृद्धिको लक्ष्य पूरा हुने बताएकि छन् । 

सिंहदरबारमा आज पदभार ग्रहणपछि मन्त्रालयमा आयोजित कार्यक्रममा सञ्चारमन्त्री शर्माले सूचना प्रविधिको प्रयोगमा पछि परियो भने सुशासन तथा विकास निर्माणलगायतमा अवरोध हुनसक्नेतर्फ विशेष ख्याल गर्न मातहतका निकायलाई सुझाव दिईन् । मन्त्री शर्माले हरेक ठाउँमा प्रविधिको प्रयोगका सन्दर्भमा मन्त्रालयबाट गर्ने सहजीकरणमा कुनै कमी नहुने स्पष्ट पारिन्। राज्यका हरेक निकायमा सूचना प्रविधिको प्रयोग बढाउँदै सेवा प्रभावकारी बनाउनसके धेरै गुनासाहरु आफैँ समाधान भएर जाने मन्त्री शर्माको भनाइ थियो ।

विगतमा सिंहदरबार भित्रैका मन्त्रालयमा फाइलहरु लैजान पनि महिनौँसम्म लाग्ने अवस्थाको अन्त्य गर्न पनि प्रविधिकै प्रयोग गर्नुपर्नेमा उनले जोड दिईन् । उनले यो मन्त्रालय आफ्नो लागि नौलो भएको र धेरै कुराहरु सिक्नुपर्ने आवश्यकता रहेको बताईन् । विगतमा भिन्न मन्त्रालयमा रहँदा मेहनतले नै महत्वपूर्ण काम भएको स्मरण गर्दै सञ्चारमन्त्री शर्माले भनिन्, “एक व्यक्ति आफैँ सफल र असफल हुन सक्दैन, त्यहाँ भित्रको समूह सक्षम तथा सहकार्य सकारात्मक भयो भने सबै सफल हुन्छ ।” त्यसका लागि मन्त्रालयलगायत सबै निकायबाट साथ र सहयोग पाउने उहाँले विश्वास व्यक्त गरिन्।

उनले थपन्,ि “मन्त्रालयसँग सम्बद्ध शाखा, उपशाखा, बोर्ड, निकाय, संस्थान, प्रतिष्ठान विभागभित्रका समस्या के हुन् ? मन्त्रालयले गर्नुपर्ने कुरा के हो ? राम्रा कुरा के छ ?गाँठो फुकाउनुपर्ने कुराहरु के छ ? सरकारका तर्फबाट के ध्यान दिनुपर्छ ? सबै विषयमा विशेष ढङ्गले सोच्नुपर्छ, त्यसमा मेरो ध्यान रहन्छ ।” 

उनले सबैले तत्तत् ठाउँबाट गर्नुपर्ने कुराहरु के हुन् ? तोकिएका कुराहरु के छन् ?जानकारी गराउन अनुरोध गर्दै त्यसको गाँठो फुकाउन सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाईन् । मन्त्री शर्माले मन्त्रालयसँग जोडिएको आमसञ्चारलाई व्यवस्थित र सकारात्मक बनाउने विषयमा पनि आफ्नो विशेष ध्यान रहने बताईन् । उनले भनिन्, “सँच्चिकै भन्ने हो भने सञ्चारजगत्ले सरकारका काम कारबाहीका कुरालाई सकारात्मक ढङ्गले ल्याउन सक्ने हो भने हामीले धेरै काम गर्न सक्ने छौँ ।”  

उनले आमसञ्चार क्षेत्रका समस्यालाई कसरी समाधान गर्ने भन्ने विषयमा पनि आफ्नो ध्यान रहेको बताईन् । मन्त्रालयका सबै विभाग, निकायबाट राम्रा कामका साथै त्यहाँ रहेका समस्या र चुनौतीहरु के हुन् ? गर्न नसकेका काम के हुन् ? के गर्दा काम सम्पन्न गर्न सकिन्छ ?भन्ने विषयलाई पनि समावेश गरी जानकारी गराउन मन्त्री शर्माले आग्रह गर्नुभएको छ । उनले सडक मार्गमासमेत सञ्चार सम्पर्क विच्छेद हुने भएकाले कम्तीमा पनि राजमार्गमा सञ्चार पहुँच सहज बनाउनुपर्नेमा जोड दिईन् । जहाँ सहज पहुँच पुगेको छ, त्यहाँको सेवा पनि प्रभावकारी नरहेकोतर्फ ध्यानाकर्षण गराउँदै मन्त्री शर्माले त्यसको समाधानका लागि पहल गर्न आग्रह गरिन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रपतिसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन पेस

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन पेस भएको छ ।  प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद् अध्यक्ष सुश...

समावेशी विकासमा सरकारले काम गरिरहेको छ: प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री तथा आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका अध्यक्ष सुशीला कार्कीले देशको समावेशी विकासमा सरकारले काम गरिरहेको बताएको छि...

निवर्तमान काँग्रेस सांसद चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभाका सांसद सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर भएको छ। ...

गृहमन्त्रीद्वारा जेनजी आन्दोलनमा मारिएका अमृत गुरुङको परिवारसँग भेट

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार जेनजी आन्दोलनमा मारिनुभएका प्रहरी हवल्दार अमृत गुरुङको परिवारसँग भेट गरेको छन् ।  कास्कीको रुपा गाउँप...

म केपी ओलीसँग टाढा भएको छैन, उहाँ डुब्दा म पनि डुब्छु: गोकुल बास्कोटा

काठमाडौँ। नेकपा (एमाले)का पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले पार्टीको ११ औँ महाधिवेशनले एकताबद्ध एमाले बनाउने बताएको छन्। आइतबार पार्टीको ११ औँ महा...

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो, चार अर्ब कारोबार

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कले घटेको छ। आज नेप्से परिसूचक १२ दशमलव ५० अङ्कले घटेर दुई हजार ५९४ दशमलव ८७ को बिन्दुमा क...

भृकुटीमण्डपमा एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौँ। नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको छ। केन्द्रीय कमिटीको बैठक लम्बिदा बन्द सत्रको समय पटक–...

बाँकेको नौबस्ता बाल सुधार गृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

नेपालगन्ज। जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौवस्ता बाल सुधार गृहबाट भागेका ३८ जना बालबन्दीलाई पक्राउ गरिएको छ ।  नौबस्स्ता...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौँ। नेकपा (एमाले)का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा ...

कांग्रेसले किन बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक ?

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । पार्टी कार्यालय सानेपामा सोमबार बिहान ९ बजेका लागि बोलाइएको पूर्वकेन्द्रीय तथा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending