Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

राष्ट्रिय मुद्दामा सहमति जुटाएर अघि बढ्छौँः महासचिव गुरुङ

खबरडबली संवाददाता

चितवन । नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङ्ले राष्ट्रिय मुद्दामा सबै दलबीच सहमति कायम गरेर अघि बढ्ने बताएको छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले राष्ट्रिय मुद्दामा सरकार पक्ष र प्रतिपक्ष सबैसँग सहमति कायम गरेर अघि बढ्नुपर्ने बताए।

अहिलेको आवश्यकता भनेको राष्ट्रिय स्वाधिनताको रक्षाको, स्थिरता र स्थायित्व भएको भन्दै उहाँले यसका निम्ति सबै प्रकारका दलकाबीचमा सहमति र सहकार्यको खाँचो रहेको बताए । उनले भने, “यतिखेर सके सबै दलबीचमा राष्ट्रिय सहमति जुटाउन कोसिस गर्ने हो । विधिले सत्ता पक्ष र प्रतिपक्षको अङ्गिकार गरेको भए पनि एजेण्डागत आधारमा राष्ट्रिय सहमति जुटाउँदै अघि बढ्नुपर्छ ।” मुलुक सङ्कटको अवस्थामा रहेको भन्दै उनले अहिलेको राजनीतिक प्रणालीका प्रस्तावक र अगुवा एक भएर अघि बढ्नुपर्ने बताए ।

देशमा वृहत शान्ति सम्झौताका समयमा सरकार पक्ष गिरिजाप्रसाद कोइराला र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सहमति भएको भन्दै उनले यी दुबैपक्ष सहमतिका साथ अघि बढ्नुपर्ने बताए । 

सिष्टमलाई भताभुङ्ग बनाउन खोज्नेविरुद्ध आफूहरुको लडाइँ रहेको बताउँदै उनले यही पद्दति अङ्गिकार गरेर निर्वाचनमा आएपछि कसैलाई काखा र कसैलाई पाखा गर्न नहुने बताए ।

 अहिलेको गठबन्धन मुलुकको आवश्यकताको हिसाबले बनेको उनको भनाइ थियो । उनले थपे “मुलुकमा स्थिरता र स्थायित्व कायम राख्दै मुलुकको स्वाधिनताको रक्षाका निम्ति बढीभन्दा बढी दलको आपसी सहमति र सद्भावकासाथ अघि बढ्ने समय आएको छ ।”

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चितवन–३ मा सोविता गौतमको अग्रता कायम, रेनु दाहालले मतान्तर घटाइन्

काठमाडौं । चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०की उम्मेदवार सोविता गौतमले अग्रता कायम राखेकी छन्। मतगणनाको पछिल्ल...

चितवन–२ मा रवि लामिछानेको फराकिलो अग्रता कायमै

भरतपुर । चितवन निर्वाचन क्षेत्र नम्बर २ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले फराकिलो अग्रता कायम राखेका छन्। ...

चितवन–२ मा रवि लामिछाने फराकिलो मतान्तरले अगाडि

भरतपुर । चितवन निर्वाचन क्षेत्र नम्बर २ मा जारी मतगणनाको प्रारम्भिक परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने फराकिलो ...

झापा–५ को प्रारम्भिक मतगणना : बालेन ओलीभन्दा दोब्बर बढी मतले अगाडि

काठमाडौं । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा सुरु भएको प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन शाहले अग्रता बनाएका छन्। प्राप्त ...

कञ्चनपुरमा रास्वपाका उम्मेदवार अगाडि

कञ्चनपुर। कञ्चनपुरमा बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना जारी रहेको छ । निर्वाचन क्षेत्र २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार...

झापा–५ मा मतपेटिका संकलन हुँदै, सर्वदलीय बैठकको निर्णयपछि मतगणना सुरु

काठमाडौं । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा मतदान सकिएसँगै मतपेटिका संकलनको काम भइरहेको छ। निर्वाचन कार्यालयका अनुसार आजै सर्वदलीय बैठक बस्नेछ र बैठकक...

प्रतिनिधिसभा निर्वाचनः छिटपुट घटनाबाहेक शान्तिपूर्ण रूपमा मतदान सम्पन्न

काठमाडौं । निर्वाचन पर्यवेक्षण समिति, नेपालले प्रतिनिधि सभा निर्वाचन देशभर छिटपुट घटनाबाहेक शान्तिपूर्ण, व्यवस्थित र उत्साहजनक रूपमा सम्पन्न भएको जनाए...

दोलखाको तामाकोशी–४ मा रोकिएको मतदान पुन: सुरु

दोलखा । दोलखाको तामाकोशी गाउँपालिका–४, मालुस्थित मतदान केन्द्रमा रोकिएको मतदान केहीबेर अघि पुन: सुरु भएको छ। प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेका ...

दाङमा ५१ प्रतिशत मतदान

घोराही। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दाङ ५१ प्रतिशत मतदान भएको छ । दिउँसो ४ बजेसम्म ५१।५ प्रतिशत अर्थात दुई लाख २२ हजार १२ मत खसेको हो । जसमा  ...

अपरान्ह ४ बजेसम्म ४५ प्रतिशत मतदान

काठमाडौँ। निर्वाचन आयोगका अनुसार बिहीबार अपरान्ह ४ बजेसम्म ४५ प्रतिशत मतदान भएको छ ।  आयोगका अनुसार उपत्यकामा अपरान्ह ४ बजेसम्म ५४ प्रतिशत मत खसेको...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE