Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

‘सेवाग्राहीलाई झर्केर होइन, सम्मान गरेर बोल्नुपर्छ’

खबरडबली संवाददाता

दाङ । सेवाग्राहीसँग मीठो बोली, सम्मानजनक व्यवहार र छिटो सेवाप्रवाह । यही विशेषताले लोकप्रिय छवि छ– दाङ राप्ती गाउँपालिका । गाउँपालिकामा गएपछि सेवाप्रवाहलाई चुस्त, दुरुस्त र सेवाग्राहीमैत्री वातावरण दिइन्छ । 

सेवाग्राहीसँग झर्केर होइन, सम्मान गरेर बोल्नुपर्छ भन्ने मान्यता स्थापित गर्दै आफूले मात्रै होइन, पालिकाका सबै जनप्रतिनिधि र कर्मचारीलाई सेवाग्राहीमा गरिने व्यवहार परिवर्तन भएको गाउँपालिका अध्यक्ष प्रकाश विष्टले बताए ।

“हाम्रो एउटा काम भनेको प्रभावकारी सेवाप्रवाह हो”, उनले भने, “हामीले सेवाग्राहीमैत्री सेवा प्रवाह गर्न बोली वचनमा सुधार गरेका छौँ ।”

सेवग्राही बोलीबचनले पनि धेरै खुसी हुने भन्दै सुरुआतीमा सबैको बोली, बचनमा सुधार गरेको उनको भनाइ थियो । स–साना कुरा सुधार गरेमा त्यसले ठूलो उपलब्धि हासिल गर्ने बताए । “पहिले हाम्रो व्यवहार परिवर्तन गर्नुपर्छ”, उनले भने, “विकास आफैँ हुन्छ”, सडक, विद्युत्मात्रै विकास नभएको भन्दै सुशासनयुक्त, सभ्य, मर्यादित र स्वस्थ समाज निर्माण गर्नु पनि विकास भएको पालिका अध्यक्ष विष्टको भनाइ छ ।

पालिकाले सुरुआतमै विद्यालय क्षेत्रभित्र जङ्कफुडमा प्रतिबन्ध लगाउने निर्णय ग¥यो । त्यो निर्णयको चौतर्फी स्वागत भयो । सरकारी तथा गैरसरकारी कार्यालयमा कोल्ड ड्रिङ्स, प्लास्टिकका खादा र मालामा पनि प्रतिबन्ध लगाइयो । यसको उद्देश्य नागरिकको स्वास्थ्यमा सुधार ल्याउने र स्थानीय कृषि उत्पादनलाई प्रवद्र्धन गर्नु रहेको अध्यक्ष विष्टले बताए ।

अहिले विद्यालयमा जङ्कफुड पनि प्रयोग हुँदैन भने प्लास्टिकका खादा, माला केही पनि प्रयोग हुँदैनन् । जङ्कफुड नियन्त्रण अभियानका लागि भास्कर तेजश्री प्रतिष्ठानसँग सहकार्यका लागि पनि प्रक्रिया अगाडि बढाइएको अध्यक्ष विष्टले बताए ।

राप्ती गाउँपालिकाले लुम्बिनी प्रदेशको स्थायी राजधानी तोकिएको स्थानमा संरचना निर्माणदेखि व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलेको छ । अध्यक्ष विष्टका अनुसार राप्ती गाउँपालिका–३ स्थित प्राविधिक शिक्षालयलाई स्थानान्तरण गरेर त्यहाँका संरचना निर्माणमा समन्वय गर्न महत्वपूर्ण भूमिका खेलेको बताए ।

संरचना निर्माणपछि अहिले स्थायी राजधानी नै राप्ती उपत्यका (भालुवाङ) आएको छ । गाउँपालिकाले मन्त्रालयका भवन भाडामा खोज्नेदेखि लिएर सांसदलाई कोठाभाडा खोज्ने काम पनि भएको छ । त्यसको समन्वय पनि कार्यापालिका बैठकबाट निर्णय गरेर राप्ती गाउँपालिकाले नै गरेको छ । 

विकास र सेवामा जोड

पालिकाले विकास र सेवामा पनि जोड दिएको छ । गरिब, विपन्न विद्यार्थीलाई निःशुल्क शिक्षा तथा छात्रबृत्ति प्रदान गर्नका लागि निःशुल्क शिक्षासम्बन्धी कार्यविधि, २०७९ तथा राप्ती गाउँपालिकाको छात्रवृत्ति वितरणसम्बन्धी कार्यविधि २०७९ स्वीकृत गरेको छ । 

 त्यस्तै राप्ती गाउँपालिका–२ बाहुनीपाटामा सोलार लिफ्टिङ गरी सिँचाइको व्यवस्था गरिएको छ । जसले गर्दा त्यहाँ सिँचाइ सुविधा विस्तार भएको छ । त्यस्तै भालुवाङमा ५० शय्याको अस्पताल सञ्चालन गर्न चारकोठे प्रि–फ्याब भवन निर्माण गरिएको छ । सोही अस्पतालमा  साइमन इन्स्टिच्युटसँगको सहकार्यमा एमडिजीपीबाट विषेशज्ञ सेवा प्रदान गरिएको छ ।

राप्ती –५ सिसहनीयामा १५ शय्याको अस्पतालको निर्माणकार्य सुरुआत भएको छ । पालिकामा आँखा स्वास्थ्यको सेवा विस्तार प्रक्रिया अघि बढेको छ । तिलगङ्गा आँखा अस्पतालको शाखा राप्ती गाउँपालिकामा खोल्ने गरी प्रक्रिया अघि बढेको अध्यक्ष विष्टले बताए । 

कोभिड–१९ तथा अन्य महामारीलाई लक्षित गरी कम्पार्टमेन्ट बेड र अक्सिजन सिलिन्डरसहितको मल्टिप्रपोज सेल्टर १६ बेडको सञ्चालन गर्ने तयारी छ । त्यसका लागि राप्ती गाउँपालिका वडा नं ८ मा जग्गा छनोट गरिएको छ ।

पालिकाले भूमिहीन सुकुम्वासीलाई जग्गा उपलब्ध गराउनका लागि निस्सा वितरण गरेको छ । नागरिकका गुनासो सुन्नका लागि टोल फ्रि नम्बर सञ्चालनमा ल्याइएको छ । अध्यक्ष विष्टका अनुसार पालिकाभित्र उत्पादन भएको कुहिने र नकुहिने फोहर व्यवस्थापन गर्ने गरी सरसफाइ केन्द्र स्थापनाका लागि जग्गा छनोट गरी जग्गाधनीसँग सम्झौता  गरिएको छ ।

पालिकाभित्र कम भोल्जेटको समस्याले विद्युतीय उपकरणमा समस्या देखिएको छ । यसलाई समाधान गर्नका लागि राप्ती गाउँपालिका–२ मा स्थान छनोट गरी विद्युत्को सबस्टेशन निर्माणको प्रक्रिया अघि बढेको अध्यक्ष विष्टले बताए । 

त्यस्तै नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र राप्ती गाउँपालिकाबीच स्वास्थ्यसम्बन्धी अनुसन्धानका विविध क्षेत्रमा  अध्ययन–अनुसन्धान गर्ने गरी सम्झौतापत्रमा हस्ताक्षरसमेत भएको छ । किसानले उत्पादन गरेको तरकारीलाई बजारीकरण गर्नका लागि सिसहनिया बजारमा तरकारी सङ्कलन केन्द्र निर्माणकार्य अघि बढेको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending