कास्की । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीले सङ्घीय संसद् र प्रदेशसभामा उत्कृष्ट प्रतिपक्षीको भूमिका निर्वाह गर्ने बताएको छन् ।
पोखरामा आज सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले पार्टीलाई विधानसम्मत ढङ्गबाट सञ्चालन गर्न प्रयास गर्ने र पार्टीको शुद्धीकरण र सुदृढीकरणमा लाग्ने बताए।
महामन्त्री थापाले निर्वाचनअघि तालमेल गरेपछि तालमेल गर्ने दलहरूले पाँच वर्ष अन्य पार्टीसँग मिलेर सरकार बनाउने कुरा जायज नभएको स्पष्ट पारे। उनले भने, “निर्वाचनअघि तालमेल गरेपछि तालमेल गर्ने दलहरूले धर्म निर्वाह गर्नुपर्दछ । कांग्रेसले पनि अन्य विकल्प सोच्न पाउँदैन अन्यले पनि पाउँदैनन् । यही गठबन्धन भित्रबाट कुनै न कुनै निष्कर्ष निकाल्नुपर्दछ भन्ने पक्षमा हामी थियौँ ।”
महामन्त्री थापाले सरकार गठनका लागि भएको गठबन्धनका बैठकहरूमा पार्टीका महामन्त्रीहरूको सहभागिता अनिवार्य हुने भए पनि आफूहरूलाई समावेश र बोलावट नगरिएको बताए । उनले धेरै विषय सञ्चारमाध्यमबाट जानकारी हुने गरेको उल्लेख गरे।
थापाले आफूले निर्वाचनअघि कुनै पनि दलसँग चुनावी तालमेल गर्नुहुँदैन भन्ने विचार पार्टीमा राखेको बताए। आगामी दिनमा नेपाली कांग्रेसलाई आफ्नै तागत र बलमा निर्वाचन लड्नसक्ने गरी पार्टी पुनःनिर्माणको अभियान सुरु गरिने उहाँले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १४ गते, २०८३ - १७:५९
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सङ्घीयताका सन्दर्भमा अघि सारेको पछिल्लो प्...
आषाढ़ १४ गते, २०८३ - १७:२७
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हतारोमा पार्टी एकता गर्ने र फुर्सदमा फेरि विभाजन भएर रोएर बस्ने दिन नआ...
आषाढ़ १४ गते, २०८३ - १७:१५
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशविरुद्ध प्रतिक्रियावादी शक्तिहरू सक्रिय भएको दाबी गर्दै त्यस्ता शक्तिला...
आषाढ़ १४ गते, २०८३ - १६:५६
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूहरूविरुद्ध फैलाइएका आरोप र आलोचनालाई अस्वीकार गर्दै देश बर्बाद पारिएको भन्ने धारणा गलत भएको बता...
आषाढ़ १४ गते, २०८३ - १६:४७
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विभिन्न कोणबाट व्याख्या गरिने गरेको भन्दै त्यसप्रति असन्तुष्टि व्...
आषाढ़ १४ गते, २०८३ - १६:३२
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड ले वामपन्थी तथा देशभक्त शक्तिहरूबीच सहकार्यमा ढिलाइ गर्नु ठूलो गल्ती हुने...
आषाढ़ १४ गते, २०८३ - १५:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (नेपाली कम्युनिस्ट पार्टी)का सहसंयोजक माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनका कमजोरीहरूको गम्भीर आत्मसमीक्षा गर...
आषाढ़ १४ गते, २०८३ - १५:३४
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रमुख दुई कम्युनिस्ट शक्ति एक भएको भए निर्वाचनमा वामपन्थीले करि...
आषाढ़ १४ गते, २०८३ - १५:१७
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले जननेता मदन भण्डारीको हत्याबारे सत्य तथ्य पत्ता लगाउन नसक्नु आफ्न...
आषाढ़ १४ गते, २०८३ - १४:५६
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयभित्र घट्ने बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मध्यपूर्वमा द...



प्रतिकृया लेख्नुहोस्: