Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

एक हजार आठ सय ८२ खुड्किला उक्लिदा...

खबरडबली संवाददाता

नवलपरासी । ऐतिहासिक महत्व बोकेको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–१ मा अवस्थित मौलाकालिका मन्दिरमा माता कालीको दर्शनसँगै व्यायाम गर्नका लागि मानिस जाने गरेका छन् । पूर्व–पश्चिम राजमार्गको गैँडाकोट स्थित नारायणी नदीको पुलबाट उत्तरतर्फ करिब चार किलोमिटरको दूरीमा रहेको यस मन्दिरमा स्थानीयवासी दैनिक व्यायाम गर्न आउने गरेका छन् । 

टाढा–टाढाबाट देवीको दर्शन गर्न श्रद्धालु आउने उल्लेख गर्दै ‘धार्मिक सेवा समिति मौलाकाली’का अध्यक्ष शालिकराम सापकोटाले स्थानीयवासी पूजाआजासँगै दैनिक शारीरिक व्यायमका लागि आउने बताए। 

“ऐतिहासिक शक्तिपिठका रूपमा रहेको यस मन्दिरमा नेपालबाट मात्रै नभएर भारतबाट समेत भक्तजन आउने गरेका छन्”, उनले भने, “स्थानीय युवा भने व्यायाम गर्नका लागि दैनिकरूपमा मन्दिरमा आउने गरेका छन् ।” अध्यक्ष सापकोटाले सामान्य दिनको तुलनामा बिदाको दिनमा मन्दिरमा भक्तजन उपस्थित बढी हुने बताए ।

“मन्दिरमा दैनिकरूपमा दुई हजारभन्दा बढी श्रद्धालु आएर दर्शन गर्नुहुन्छ”, उनले भने, “शनिबारसहित बिदाको दिन तथा चाडपर्वमा भने यहाँ भक्तजनको अत्यधिक भीड हुने गरेको छ ।” मन्दिरमा विशेषगरी नवदुर्गा (ठूलो दशैँ), माघे सङ्क्रान्ति, सरस्वती पूजा, चैते दशैँ, नयाँ वर्षजस्ता विशेष अवसरमा भक्तजनको उल्लेख्य उपस्थिति हुने गरेको सापकोटाको भनाइ छ । 

“दशैँ र नयाँ वर्षमा यहाँ देवीको दर्शनका लागि आउने मानिस पाँच–छ घण्टासम्म लाइन बसेर दर्शन गर्नुपर्ने अवस्था छ”, अध्यक्ष सापकोटाले भने, “विशेष पर्वमा हामीलाई यहाँको व्यवस्थापनमा निकै कठिन हुँदै आएको छ । 
 
समुद्री सतहबाट पाँच सय ६१ मिटर उचाइमा पहाडी वनको धुरीमा मौलाकालिका भगवतीको मन्दिर अवस्थित छ । सोह्रौँ शताब्दीमा पाल्पा राजा मणिमुकुन्द सेनले देवी कलिकाको नाममा ‘प्रतीक’ को प्रतीकात्मक प्रस्तुतिस्थल सिर्जना गरेपछि यस पर्वत (मौला पहाड)को नाम रहन गएको ऐतिहासिक महत्व भएको मन्दिरका मूल पुजारी क्षेत्रप्रसाद पराजुलीले बताए । 

“सोह्रौँ शताब्दीमा यस ठाउँ पाल्पा राज्यको रूपमा अवस्थित थियो । राजा मणिमुकुन्द सेनले आफ्नो सुरक्षाका निम्ति सेनाको ब्यारेक स्थापना गरेका थिए”, उनले भने, “राजा यस ठाउँमा आएर स्नान र पूजा गर्थे । सेनाले भगवान्को आस्थास्वरुप देवीको स्थापना गरेर पूजा गर्ने गरेका थिए ।” 

विसं १९९० को भूकम्पमा सबै सखाप भएर मौलाकालिका माताको पूजा गर्ने ठाउँ जङ्गल हुन पुगेको उनले बताए । “भूकम्पको करिब ४० वर्षपछि यसै ठाउँमा काशिनाथ पौडेल भन्ने ब्राह्मणले सपनामा सेतो कपडा लगाएकी महिलाले ‘म देवी हुँ मलाई उद्धार गर, म एउटा ठूलो डाँडाको सालको बुटामुनि अलपत्र छु’ भनेर गइन् भन्ने गरिएको छ”, उनले भने, “भोलिपल्ट ती ब्राह्मणले छिमेकीलाई भन्न जाँदा कुमारसिंह गुरुङले उनको कुरामा विश्वास गरेर उनको सहयोगमा हात हतियार बोकेर जङ्गल फडानी गर्दा डाँडाको टुप्पामा ठूलो सालको रुख भेट्टाए ।” रुखको तल खोस्रिएर हेर्दा खिया लागेको घण्टी, ओखलको ढुङ्गा, कालिकाको शिला भेटाएपछि पूजा गर्ने ठाउँ बनाइएको पराजुलीले बताए । 

“त्यहाँ उत्पत्ति भएको कालिकाको प्रभावले विभिन्न ठाउँबाट भक्तजनहरू आउन लागे”, पुजारी पराजुलीले भने, “आस्था र भक्तिको प्रभावले विभिन्न ठाउँबाट आएका भक्तजनले मनकामना पूरा हुने बताउन थालेपछि भक्तजन निरन्तर आउने क्रम बढेको छ ।” 

“हिन्दू पौराणिक कथाअनुसार देवी काली वा कलिका माईलाई ऊर्जा, शक्ति र नयाँ सुरुआतको प्रतीक मानिन्छ”, उनले भने, “मन्दिरलाई स्थानीयस्तरबाट धेरैपटक पुनःस्थापित गरिएको छ ।” थप आगन्तुक समायोजन गर्न आधार क्षेत्र विस्तार गरिएको उनले बताए । पहिला मन्दिरमा बलि दिने प्रचलन रहेको भए पनि मन्दिर व्यवस्थापन समितिले अहिले जनावरको बलि प्रथामा रोक लगाएको पराजुलीको भनाइ छ । 

सहरी क्षेत्रबाट नजिक भएकाले पनि यहाँ दर्शन गर्न तथा शारीरिक व्यायम गर्न आउनेहरुको सङ्ख्या दिनानुदिन बढेको हो । “रनिङ बढाउन तथा विभिन्न एक्सरसाइजहरू गर्न हामी नियमितरूपमा मन्दिरमा आउने गरेका छौँ”, गैँडाकोटका शङ्कर श्रेष्ठले भने, “ब्रिटिस लाहुरेको तयारीका लागि पनि फिजिकल फिटनेस आवश्यक हुने भएकाले नियमित मन्दिर ओहोरदोहोर गर्छु ।” नेपाली सेना, भारतीय सेना तथा ब्रिटिस आर्मीमा भर्ती हुनका लागि तयारी गरेका युवाहरू दैनिकरूपमा मन्दिरमा आउजाउ गर्छन् । 

गैँडाकोटको जनक माविमा कक्षा १२ मा अध्ययनरत भरत सापकोटाले आफू शनिबार र बिदाको दिन मौलाकालिका मन्दिर पुग्ने गरेको बताए । “ब्रिटिस लाहुने बन्ने इच्छा छ, त्यसैले मेहेनत गर्ने गरेको छु”, उनले भने, “हामी समूहमा मन्दिर उक्लन्छौँ, दौडेर मन्दिर पुग्नका लागि करिब २२ मिनेट लाग्ने गरेको छ ।” गर्मीमा भारी बोकेर मन्दिरको उकालो उक्लने गरेको भए पनि जाडो महिनामा रित्तै दौडिने गरेको सापकोटाको भनाइ छ । 

विराटनगरबाट शनिबार बिहानै मौलाकालिका दर्शन गर्न आएकी सीता शर्माले मन्दिरको उकालो उक्लन निकै कठिन भएको बताइन् । “मौलाकालिका माताको महिमा सुनेर दर्शन गर्न आयौँ”, उनले भनिन्, “निकै उकालो बाटो हुँदा ठाउँ–ठाउँमा बसेर मन्दिर आउनै एकघण्टा भन्दा बढी लाग्यो ।” उकालो बाटो चढेर मौलाकालिका मन्दिर पुग्न कठिन भए पनि मन्दिर पुगेर माताको दर्शन गर्दा र त्यहाँको वातावरणले आफूलाई छुट्टै प्रकारको खुसीको अनुभूति भएको उनको भनाइ छ ।

स्वदेश तथा विदेशका विशिष्ट व्यक्तित्वले मन्दिरको दर्शन तथा सो क्षेत्रको भ्रमण गरेका छन् । सिँढीमार्ग हुँदै मन्दिर पुग्न करिब एक हजार आठ सय ८२ खुड्किला उक्लनुपर्छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पाँच महिनामा थपियो सवा खर्ब सार्वजनिक ऋण

काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिना (साउन–मंसिर) मा करिब सवा खर्ब रुपैयाँ सार्वजनिक ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार सार्व...

रवि–बालेन अब ‘एउटै गाडी’मा

काठमाडौं । जेन–जी आन्दोलनपछि विकसित नयाँ राजनीतिक परिस्थिति र आसन्न निर्वाचनलाई केन्द्रमा राखेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठ...

दरवाङ–मुना–ढोरपाटन सडकः धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा

म्याग्दी । यहाँको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–७ धारापानी–ताकम–शिवाङ–झिनडाँडा खण्ड स्तरोन्नति योजनाको ७१ प्रतिशत भौतिक प्र...

रवि र बालेनबीच ‘वान–टु–वान’ वार्ता, निवासमा भेट गराएका आशिफले भने : कथाको सुखद् सुरूआत भएको छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र स्वतन्त्र निर्वाचित काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच करिब ६ घण्टा ‘वान–टु–वान’ ...

मेची भन्सार कार्यालयः पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

मुस्ताङ । माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ । हिउँदयामको समय माथिल्लो मुस्ताङको जनजीवन चिसोका कारण प्रभावित बनेको छ । माथिल्लो मुस्...

बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ निर्माणको तयारी

गोरखा। गोरखामा बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ बन्ने तयारीमा छ । एक सय ३ दशमलव ४ मेगावाट क्षमताको बूढीगण्डकी ‘क’ र २२६ मेगावाट क्षमताको बूढीगण्...

चलचित्र जाँचसम्बन्धी कार्यविधिप्रति चलचित्रकर्मी असन्तुष्ट

काठमाडौँ। केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) द्वारा गएको पुस २ गतेदेखि कार्यान्वयनमा ल्याइएको ‘चलचित्र जाँचसम्बन्धी कार्यविधि २०८२’ को सातौँ ...

शीतलहर र चिसोका कारण रौतहटको जनजीवन प्रभावित, विद्यालयमा बिदा

रौतहट। विगत चार दिनदेखि बढेको चिसोका कारण रौतहटको गौर नगरपालिकाले गौर नगर क्षेत्रभरिका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा आउँदो शुक्रबारसम्मका...

निर्वाचन ७२ दिन बाँकी: यस्तो अवस्थामा हुनेछ समानुपातिकतर्फको सूचीबाट अयोग्य

काठमाडौँ । सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेका कुनै पनि व्यक्ति राजनीतिक दलका तर्फबाट समानुपा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending