Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

एक हजार आठ सय ८२ खुड्किला उक्लिदा...

खबरडबली संवाददाता

नवलपरासी । ऐतिहासिक महत्व बोकेको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–१ मा अवस्थित मौलाकालिका मन्दिरमा माता कालीको दर्शनसँगै व्यायाम गर्नका लागि मानिस जाने गरेका छन् । पूर्व–पश्चिम राजमार्गको गैँडाकोट स्थित नारायणी नदीको पुलबाट उत्तरतर्फ करिब चार किलोमिटरको दूरीमा रहेको यस मन्दिरमा स्थानीयवासी दैनिक व्यायाम गर्न आउने गरेका छन् । 

टाढा–टाढाबाट देवीको दर्शन गर्न श्रद्धालु आउने उल्लेख गर्दै ‘धार्मिक सेवा समिति मौलाकाली’का अध्यक्ष शालिकराम सापकोटाले स्थानीयवासी पूजाआजासँगै दैनिक शारीरिक व्यायमका लागि आउने बताए। 

“ऐतिहासिक शक्तिपिठका रूपमा रहेको यस मन्दिरमा नेपालबाट मात्रै नभएर भारतबाट समेत भक्तजन आउने गरेका छन्”, उनले भने, “स्थानीय युवा भने व्यायाम गर्नका लागि दैनिकरूपमा मन्दिरमा आउने गरेका छन् ।” अध्यक्ष सापकोटाले सामान्य दिनको तुलनामा बिदाको दिनमा मन्दिरमा भक्तजन उपस्थित बढी हुने बताए ।

“मन्दिरमा दैनिकरूपमा दुई हजारभन्दा बढी श्रद्धालु आएर दर्शन गर्नुहुन्छ”, उनले भने, “शनिबारसहित बिदाको दिन तथा चाडपर्वमा भने यहाँ भक्तजनको अत्यधिक भीड हुने गरेको छ ।” मन्दिरमा विशेषगरी नवदुर्गा (ठूलो दशैँ), माघे सङ्क्रान्ति, सरस्वती पूजा, चैते दशैँ, नयाँ वर्षजस्ता विशेष अवसरमा भक्तजनको उल्लेख्य उपस्थिति हुने गरेको सापकोटाको भनाइ छ । 

“दशैँ र नयाँ वर्षमा यहाँ देवीको दर्शनका लागि आउने मानिस पाँच–छ घण्टासम्म लाइन बसेर दर्शन गर्नुपर्ने अवस्था छ”, अध्यक्ष सापकोटाले भने, “विशेष पर्वमा हामीलाई यहाँको व्यवस्थापनमा निकै कठिन हुँदै आएको छ । 
 
समुद्री सतहबाट पाँच सय ६१ मिटर उचाइमा पहाडी वनको धुरीमा मौलाकालिका भगवतीको मन्दिर अवस्थित छ । सोह्रौँ शताब्दीमा पाल्पा राजा मणिमुकुन्द सेनले देवी कलिकाको नाममा ‘प्रतीक’ को प्रतीकात्मक प्रस्तुतिस्थल सिर्जना गरेपछि यस पर्वत (मौला पहाड)को नाम रहन गएको ऐतिहासिक महत्व भएको मन्दिरका मूल पुजारी क्षेत्रप्रसाद पराजुलीले बताए । 

“सोह्रौँ शताब्दीमा यस ठाउँ पाल्पा राज्यको रूपमा अवस्थित थियो । राजा मणिमुकुन्द सेनले आफ्नो सुरक्षाका निम्ति सेनाको ब्यारेक स्थापना गरेका थिए”, उनले भने, “राजा यस ठाउँमा आएर स्नान र पूजा गर्थे । सेनाले भगवान्को आस्थास्वरुप देवीको स्थापना गरेर पूजा गर्ने गरेका थिए ।” 

विसं १९९० को भूकम्पमा सबै सखाप भएर मौलाकालिका माताको पूजा गर्ने ठाउँ जङ्गल हुन पुगेको उनले बताए । “भूकम्पको करिब ४० वर्षपछि यसै ठाउँमा काशिनाथ पौडेल भन्ने ब्राह्मणले सपनामा सेतो कपडा लगाएकी महिलाले ‘म देवी हुँ मलाई उद्धार गर, म एउटा ठूलो डाँडाको सालको बुटामुनि अलपत्र छु’ भनेर गइन् भन्ने गरिएको छ”, उनले भने, “भोलिपल्ट ती ब्राह्मणले छिमेकीलाई भन्न जाँदा कुमारसिंह गुरुङले उनको कुरामा विश्वास गरेर उनको सहयोगमा हात हतियार बोकेर जङ्गल फडानी गर्दा डाँडाको टुप्पामा ठूलो सालको रुख भेट्टाए ।” रुखको तल खोस्रिएर हेर्दा खिया लागेको घण्टी, ओखलको ढुङ्गा, कालिकाको शिला भेटाएपछि पूजा गर्ने ठाउँ बनाइएको पराजुलीले बताए । 

“त्यहाँ उत्पत्ति भएको कालिकाको प्रभावले विभिन्न ठाउँबाट भक्तजनहरू आउन लागे”, पुजारी पराजुलीले भने, “आस्था र भक्तिको प्रभावले विभिन्न ठाउँबाट आएका भक्तजनले मनकामना पूरा हुने बताउन थालेपछि भक्तजन निरन्तर आउने क्रम बढेको छ ।” 

“हिन्दू पौराणिक कथाअनुसार देवी काली वा कलिका माईलाई ऊर्जा, शक्ति र नयाँ सुरुआतको प्रतीक मानिन्छ”, उनले भने, “मन्दिरलाई स्थानीयस्तरबाट धेरैपटक पुनःस्थापित गरिएको छ ।” थप आगन्तुक समायोजन गर्न आधार क्षेत्र विस्तार गरिएको उनले बताए । पहिला मन्दिरमा बलि दिने प्रचलन रहेको भए पनि मन्दिर व्यवस्थापन समितिले अहिले जनावरको बलि प्रथामा रोक लगाएको पराजुलीको भनाइ छ । 

सहरी क्षेत्रबाट नजिक भएकाले पनि यहाँ दर्शन गर्न तथा शारीरिक व्यायम गर्न आउनेहरुको सङ्ख्या दिनानुदिन बढेको हो । “रनिङ बढाउन तथा विभिन्न एक्सरसाइजहरू गर्न हामी नियमितरूपमा मन्दिरमा आउने गरेका छौँ”, गैँडाकोटका शङ्कर श्रेष्ठले भने, “ब्रिटिस लाहुरेको तयारीका लागि पनि फिजिकल फिटनेस आवश्यक हुने भएकाले नियमित मन्दिर ओहोरदोहोर गर्छु ।” नेपाली सेना, भारतीय सेना तथा ब्रिटिस आर्मीमा भर्ती हुनका लागि तयारी गरेका युवाहरू दैनिकरूपमा मन्दिरमा आउजाउ गर्छन् । 

गैँडाकोटको जनक माविमा कक्षा १२ मा अध्ययनरत भरत सापकोटाले आफू शनिबार र बिदाको दिन मौलाकालिका मन्दिर पुग्ने गरेको बताए । “ब्रिटिस लाहुने बन्ने इच्छा छ, त्यसैले मेहेनत गर्ने गरेको छु”, उनले भने, “हामी समूहमा मन्दिर उक्लन्छौँ, दौडेर मन्दिर पुग्नका लागि करिब २२ मिनेट लाग्ने गरेको छ ।” गर्मीमा भारी बोकेर मन्दिरको उकालो उक्लने गरेको भए पनि जाडो महिनामा रित्तै दौडिने गरेको सापकोटाको भनाइ छ । 

विराटनगरबाट शनिबार बिहानै मौलाकालिका दर्शन गर्न आएकी सीता शर्माले मन्दिरको उकालो उक्लन निकै कठिन भएको बताइन् । “मौलाकालिका माताको महिमा सुनेर दर्शन गर्न आयौँ”, उनले भनिन्, “निकै उकालो बाटो हुँदा ठाउँ–ठाउँमा बसेर मन्दिर आउनै एकघण्टा भन्दा बढी लाग्यो ।” उकालो बाटो चढेर मौलाकालिका मन्दिर पुग्न कठिन भए पनि मन्दिर पुगेर माताको दर्शन गर्दा र त्यहाँको वातावरणले आफूलाई छुट्टै प्रकारको खुसीको अनुभूति भएको उनको भनाइ छ ।

स्वदेश तथा विदेशका विशिष्ट व्यक्तित्वले मन्दिरको दर्शन तथा सो क्षेत्रको भ्रमण गरेका छन् । सिँढीमार्ग हुँदै मन्दिर पुग्न करिब एक हजार आठ सय ८२ खुड्किला उक्लनुपर्छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending