Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

वालिङको एउटै गाउँबाट एक करोडको सुन्तला बिक्री

खबरडबली संवाददाता

स्याङ्जा । स्याङ्जाको एउटै गाउँबाट रु एक करोडभन्दा बढीको सुन्तला बिक्री भएको छ । वालिङ नगरपालिका वडा नं ४ सुन्तलाबारीबाट यसवर्षमात्रै रु एक करोडभन्दा बढीको सुन्तला बिक्री भएको हो । 

सुन्तलाबारी गाउँका २२ घरधुरीले सुन्तलाको ठेक्का तथा खुद्रा बिक्रीबाट राम्रो आम्दानी गर्न सफल भएको सुन्तलाबारी सामुदायिक ‘होमस्टे’ अन्तर्गत सुन्तला बगैँचा व्यवस्थापन समितिका अध्यक्ष खेमराज गुरुङले बताए।

“अहिले ठूला बगैँचाको सुन्तला ठेक्कामार्फत् एक करोडको बिक्री भइसकेको छ”, उनले भने, “अब साना बगैँचाका करिब रु सात लाख बराबरका सुन्तला बिक्री हुन बाँकी छ ।”

यहाँ उत्पादन भएका सुन्तला पोखरा, बुटवल, मुग्लिनलगायतका ठाउँबाट ठेकेदार आइ बोट वा बगैँचा नै खरिद गर्छन् । तौल गरी बेच्दा प्रतिकेजी रु ६ देखि ७० मात्रै पर्ने भएकाले किसानले बोट नै ठेक्का दिने गरेका छन् ।

“गतवर्ष कति मूल्य थियो र अहिले कस्तो फलेको छ भन्ने आधारमा  मूल्याङ्कन गर्छौ”, उनले भने, “अन्दाजी ४०र५० हजार फाइदा हुने गरी ठेक्का दिइने भएकाले बजार खोज्नुपर्दैन, ढुवानी तथा टिप्नका लागि कामदार पनि चाहिन्न ।”

गाउँमा रहेका २२ घरले न्यूनतम एक लाख ५० हजारदेखि बढीमा १३ लाखसम्म सुन्तला बिक्रीबाट आम्दानी गरेको उनको भनाइ छ । सुन्तला बिक्रीबाट पाँच लाखभन्दा बढी आम्दानी गर्ने घरधुरीको सङ्ख्या धेरै छ । 

गतवर्ष यस गाउँबाट रु ८७ लाख ७४ हजार बराबरको सुन्तला बिक्री भएको थियो । यसवर्ष सुन्तला गतवर्षको तुलनामा धेरै र बाक्लो फलेकाले आम्दानी पनि बढेको उनले बताए ।

गत वर्ष एघार हजार सुन्तलाका बोट रहेपनि यस वर्ष तीन हजार तीन सय सुन्तलाका नयाँ बोट थपिएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला सुपरजोनले यस गाउँलाई पनि समेटेपछि बगैँचा विस्तार गरिएको हो ।

“यहाँ उत्पादन भएको सुन्तला सबै बिक्री हुँदैनन्” उहाँले भन्नुभयो, “गाउँमा होमस्टे सञ्चालनमा रहेकाले यहाँ आउने पाहुना तथा आफन्तलाई कोसेलीस्वरुप सुन्तला दिने गरिएको छ ।”  यो गाउँको नाम पनि सुन्तालासँगै जाडिएको छ । अन्य समयको तुलनामा यस समयमा होमस्टेमा आउने पाहुनाको सङ्ख्यामा बढी हुनेगरेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धरानमा स्कुल बसको ठक्करले अटो चालकको मृत्यु, एक जना घाइते

धरान। धरान उपमहानगरपालिकामा स्कुल बस र अटो दुर्घटना हुँदा अटो चालकको मृत्यु भएको छ । दुर्घटनामा अटोमा सवार एक जना घाइते भएका छन्  ।  बुधबार धरान–१९...

अमेरिकाले जनवरीदेखि ८५ हजारको भिसा रद्द गर्दे

वासिङ्टन डीसी। अमेरिकी विदेश विभागले आप्रवासन नियम र सीमा सुरक्षामा कडाई गरेपछि सन् २०२५ जनवरीदेखि ८५ हजार भिसा रद्द गरेको घोषणा गरेको छ । सामाजिक सञ्...

आयोगको बोलावटलाई अवज्ञा गर्नु उचित हुँदैन, ओलीले बयान दिनैपर्छ: ईश्वर पोखरेल

काठमाडौं। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जाँचबुझ आयोगले बोलाएपछि अध्यक्ष केपी शर्मा ओलीले अनिवार्य रूपमा बयान दिन जानुपर्ने बताएका छन्।...

एलिमिनेटरमा काठमान्डुले लुम्बिनीविरुद्ध ब्याटिङ गर्दै

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत इलिमिनेटर खेलमा अहिले काठमान्डु गोर्खाज र लुम्बिनी लायन्सबिच प्रतिस्पर्धा हुँदैछ ।  त्रिभुवन अन्तर्र...

अफगानिस्तानमा ब्वाँसोको आक्रमणबाट सात जना घाइते

काठमाडौँ । पूर्वी अफगानिस्तानको नङ्गरहार प्रान्तको एउटा गाउँमा मङ्गलबार राति भएको दुर्लभ ब्वाँसोको आक्रमणबाट सात जना घाइते भएको प्रान्तीय जनस्वास्थ्य ...

खानेपानीको महसुल भुक्तानीसहित सबै सेवा तीन दिनसम्म बन्द हुने

काठमाडौँ । सफ्टवेयर मर्ज गर्न लागिएकाले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का महसुल भुक्तानीसहित सबै सेवा तीन दिनसम्म बन्द हुने भएका छन् । ...

अध्यक्ष लिङ्देनको प्रस्ताव: विगतका उपलब्धि सुरक्षित गर्दै नयाँ मौलिक व्यवस्था निर्माण गरौं

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको नाममा कांग्रेस र कम्युनिस्टहरूले ...

उच्च शिक्षाको क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकता छ: प्रधामन्त्री कार्की

बनेपा । प्रधानमन्त्री सुशिला कार्कीले गुणस्तरीय उच्च शिक्षा, सीप, रोजगारी र समृद्धिको सपना मुलुकमै सम्बोधित हुने राष्ट्रिय आकाङ्क्षा जेनजी आन्दोलनबाट ...

डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँ : सञ्चारमन्त्री खरेल

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै गम्भीरतापूर्वक लाग्नुपर्नेमा जोड दिएको छन्।  ...

उच्च शिक्षामा राजनीतिक हस्तक्षेप रोक्न विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्था हटाउँछौँ : प्रधानमन्त्री कार्की

धुलिखेल । प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति नहुने व्यवस्था गर्न आफू लागेको बताएकी छन्। बुधबार धुलिखेलमा आयोजित काठमाड...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending