Khabar Dabali १५ असार २०८३ सोमबार | 29th June, 2026 Mon
Investment bank

गैरआवसीय नेपाली सङ्घले भन्यो– सामाजिक सुरक्षा कार्यान्वयनमा सरकारको सहयात्री बन्छौँ

खबरडबली संवाददाता

काठमाडौ ।गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेत सामाजिक सुरक्षा योजनामा सहभागी गराउने सरकारको प्रयासको सराहना गरेको छ । 

सङ्घका उपाध्यक्ष एवं वैदेशिक रोजगार विभागका प्रमुख डिबी क्षेत्रीले आज एक वक्तव्य जारी गर्दैै योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार गरी अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारीमा रहेका श्रमिकसमक्ष पु¥याइएकामा आभार प्रकट गरेको छन् । 

वैदेशिक रोजगारीमा रहेका लाखौँ नेपाली श्रमिक पनि सामाजिक सुरक्षा योजनामा औपचारिकरुपमा जोडिने बाटो खुलेको जनाउँदै उनले गैरआवासीय नेपालीका लागि यो गौरवको विषय भएको उल्लेख गरे । नेपालमा सामाजिक सुरक्षाकोषको स्थापना हुनुअघिदेखि नै सङ्घले विदेशमा रहेका नेपालीलाई पनि सामाजिक सुरक्षा कोषको दायरामा समेट्नुपर्छ भनेर वकालत गर्दै आएको उनले बताए । 

“सङ्घले जिम्मै लिएर सरकारसँग विभिन्न चरणमा छलफल, समन्वय गर्दै आएको थियो”, उपाध्यक्ष क्षेत्रीले भने, “विशेष गरी भारतसहित, मध्यपूर्वलगायत श्रम बजारमा रहेका रहेका नेपाली श्रमिकको आवाजको प्रतिनिधित्व सङ्घले गरेको थियो । एक दशकभन्दा बढी समयपछि त्यो छलफल र सङ्घको पहलले मूर्तरुप लिएको छ ।”

आगामी दिनमा नेपाल सरकारसँग सहकार्य र समन्वय गरी यस योजनाको प्रचारप्रसार र कार्यान्वयनमा लाग्ने प्रतिबद्धता व्यक्त गर्दै उनले सामाजिक सुरक्षालाई सबै श्रमिकसमक्ष पु¥याउन सरकारको सहयात्रीका सङ्घले महत्वपूर्ण भूमिका खेल्ने बताए । “गैरआवासीय नेपालीका लागि एउटा उपलब्धिको दिन र समग्र नेपाली आप्रवासीका लागि नयाँ अध्ययनको सुरुआत पनि हो”, उनले भने, “यस कार्यलाई सफल बनाउन भूमिका खेल्ने सबैमा सङ्घ धन्यवाद दिन चाहन्छ ।”

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको सङ्घीयता सम्बन्धी प्रस्ताव अवसरवादी र अपरिपक्व: वर्षमान पुन

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सङ्घीयताका सन्दर्भमा अघि सारेको पछिल्लो प्...

हतारोमा एकता गर्ने र फुर्सदमा रोएर बस्ने दिन नआओस् : संयोजक प्रचण्ड

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हतारोमा पार्टी एकता गर्ने र फुर्सदमा फेरि विभाजन भएर रोएर बस्ने दिन नआ...

हामी मरेका छैनौँ, प्रतिक्रियावादी शक्तिलाई परास्त गर्दै फेरि उठ्छौँ: ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशविरुद्ध प्रतिक्रियावादी शक्तिहरू सक्रिय भएको दाबी गर्दै त्यस्ता शक्तिला...

देश बर्बाद पार्‍यौँ भन्ने भाष्य गलत हो, हामीले देशलाई अगाडि बढाएका छौँ: ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूहरूविरुद्ध फैलाइएका आरोप र आलोचनालाई अस्वीकार गर्दै देश बर्बाद पारिएको भन्ने धारणा गलत भएको बता...

मैले ‘क्रमभंग’को कुरा गर्दा अनावश्यक रूपमा अतिरञ्जित गरियो: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विभिन्न कोणबाट व्याख्या गरिने गरेको भन्दै त्यसप्रति असन्तुष्टि व्...

वामपन्थी शक्तिहरूबीच सहकार्यमा ढिलाइ गर्नु ठूलो गल्ती: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड ले वामपन्थी तथा देशभक्त शक्तिहरूबीच सहकार्यमा ढिलाइ गर्नु ठूलो गल्ती हुने...

व्यक्तिगत स्वार्थ र भ्रष्टाचारजस्ता कारणले कम्युनिस्ट आन्दोलन कमजोर भयो: माधव नेपाल

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (नेपाली कम्युनिस्ट पार्टी)का सहसंयोजक माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनका कमजोरीहरूको गम्भीर आत्मसमीक्षा गर...

चुनावअघि एकता भएको भए वामपन्थीले करिब १ सय सिट जित्थ्यो: झलनाथ खनाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रमुख दुई कम्युनिस्ट शक्ति एक भएको भए निर्वाचनमा वामपन्थीले करि...

मदन भण्डारीको हत्याबारे सत्य पत्ता लगाउन नसक्नु हाम्रो कमजोरी हो: झलनाथ खनाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले जननेता मदन भण्डारीको हत्याबारे सत्य तथ्य पत्ता लगाउन नसक्नु आफ्न...

केही समयभित्र पेट्रोलियम पदार्थको मूल्य घट्छ: अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयभित्र घट्ने बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मध्यपूर्वमा द...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending