Ntc summer Offer
Khabar Dabali २ जेष्ठ २०८१ बुधबार | 15th May, 2024 Wed
NIMB

आहा ! रारा पोखरा गोल्डकप पुस दोस्रो सातादेखि

खबरडबली संवाददाता

सहारा क्लब पोखराको आयोजनामा यही पुस १४ देखि २३ सम्म पोखरा रङ्गशालामा हुने सो प्रतियोगिताको यसपालि पुरस्कार राशिमा समेत वृद्धि गरिएको छ । प्रतियोगिताको विजेताले रु १२ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्दा उपविजेताले रु छ लाख प्राप्त गर्ने छन्

पोखरा । राजधानी बाहिरको चर्चित र प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २२औँ संस्करणमा १० टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।

सहारा क्लब पोखराको आयोजनामा यही पुस १४ देखि २३ सम्म पोखरा रङ्गशालामा हुने सो प्रतियोगिताको यसपालि पुरस्कार राशिमा समेत वृद्धि गरिएको छ । प्रतियोगिताको विजेताले रु १२ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्दा उपविजेताले रु छ लाख प्राप्त गर्ने छन् । गत वर्षको तुलनामा विजेतालाई रु दुई लाख र उपविजेतालाई रु एक लाख पुरस्कार वृद्धि गरिएको आयोजक सहारा क्लबका महासचिव रामजीप्रसाद अधिकारीले बताउनुभयो ।

यसअघि पुस १२ देखि २३ सम्म प्रतियोगिता सञ्चालन गर्ने भनी एन्फाबाट समयतालिका प्राप्त भएकामा पोखरामा हुने १३ गतेको मैत्रीपूर्ण खेलका कारण दुई दिनपछि प्रतियोगिता सरेको हो । प्रतियोगितामा नेपालका ‘ए’ डिभिजनका क्लबहरू नेपाल एपिएफ क्लब, मनाङ मस्र्याङ्दी, त्रिभुवन आर्मी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, अमेरिकाको बिवाइएससी, मच्छिन्द्र फुटबल क्लब, नेपाल प्रहरी फुटबल क्लब, सङ्कटा, धरान फुटबल क्लब र आयोजक सहारा क्लब पोखराले भाग लिनेछन् । गत वर्ष एपिएफ च्याम्यिन बन्दा उपविजेता मनाङ मस्याङ््दी क्लब भएको थियो ।

विसं २०५८ मा क्याराभान गोल्डकपलाई गणना गर्दै २२औँ संस्करणबाट आहा १ रारा पोखरा गोल्डकप नामकरणमा प्रतियोगिता सञ्चालन हुन लागेको हो । प्रतियोगिताबाट बचत रकम क्लबबाट सञ्चालित सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीका लागि खर्च गरिँदै आएको छ । सो एकेडेमीमा हाल तेस्रो व्याचको १३ बालक आश्रित रहेका सहारा क्लब पोखराका अध्यक्ष हरिराम गुरुङले बताउनुभयो । प्रतियोगिताका लागि सहारा क्लब हङकङले रु तीन लाख सहयोग उपलब्ध गराउने छ ।

प्रतियोगिताबाट आम्दानी रु एक करोड ५९ लाख ५० हजार र  खर्च रु एक करोड १३ लाख ५६ हजार हुने अनुमान गरिएको छ । ‘खेलकुदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन सहरको रूपमा स्थापित गरौँ’ उद्देश्यका साथ मोफसलको चर्चित सहारा क्लब पोखराले सञ्चालन गर्ने यो प्रतियोगितामा विगतमा जस्तै यसपटक समेत हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजन छ ।

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

देशैभरका ८ शहरहरुमा ‘ग्राण्ड एजुकेशन कन्क्लेभ’ आयोजना गर्दै राइटपाथ

काठमाडाैं । राइटपाथ करियर काउन्सिलिङले यहि आउदाे वैशाख २९ गतेदेखि जेठ ८ गतेसम्म देशका प्रमुख सहरहरूमा 'ग्राण्ड एजुकेशन कन्क्लेभ' आयाेजना गर्ने...

महासंघ अध्यक्ष ढकाल कर्पोरेट एक्सिलेन्सी अवार्डद्वारा सम्मानित

काठमाडौं । नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई कर्पोरेट एक्सिलेन्सी अवार्डबाट सम्मानित गरेको...

सुचना प्रविधि दिवसको अवसरमा टेलिकमले ल्यायो यस्तो अफर

काठमाडौं । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ भन्ने मूल नारा सहित आगामी वैशाख २० गते मनाउन लागिएको राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस ...

काभ्रेपलाञ्चोककी श्रद्धा: मेडिकल अध्ययनदेखि मिस्टर एण्ड मिस नेशनलसम्म

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका, रिठ्ठेमा जन्मिएकी श्रद्धा अधिकारी ‘मिस्टर एण्ड मिस नेशनल २०२४’ मा प्रतियोगी नम्बर २३ हुन् । गत...

दुर्गा प्रसाईमाथि कुटपिट

बागलुङ । बागलुङमा व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ ।  बागलुङमा आयोजित सभालाई सम्बोधन गर्न पुगेका उनलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो ।...

भुटानी शरणार्थी प्रकरण : रायमाझि पुर्पक्ष थुनाको फैसला, खाँडका विषयमा राय बाझियो

काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोप बहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लागी थुनामा राख्ने आदेश सदर भएको छ ।  उच्च अदालत पाटनका...

एमालेको मेची–महाकाली अभियान सुरु

बैतडी । नेकपा एमालेले आजबाट मध्य पहाडी लोकमार्ग केन्द्रीत विशेष अभियान सुरु गरेको छ । एमालेका अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा झन...

ल्यार्काल लामा आइविसिको सभापतिमा निर्बाचित

काठमाडौं। मंसिर ११ देखि भारतको नयाँ दिल्लीमा सुरुभएको विश्व बौद्ध शिखर सम्मेलनको तेस्रो महाधिवेशनबाट संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक...

दुर्गा प्रसाईको महंगो गाडीमा केपी ओली चढ्दै

काठमाडौं । राजतन्त्र फर्काउने अभियानका अभियान्ताका रुपमा चिनिएका दुर्गा प्रसाईले चढ्ने गरेको करिब ५ करोड रुपैँयाको ल्याण्डक्रुजर भि ८ गाडी केपी ओलीले ...

बल्खुमा फेरि तनाव : प्रहरीमाथि हातपात गरेपछि दुर्गा समथर्थकमाथि अश्रुग्याँस प्रहार

काठमाडौं । काठमाडौँको बल्खुमा प्रहरी र दुर्गा प्रसाईंको समूहबिच झडप भएको छ । प्रसाईका समर्थकले ब्यरिकेटमा बसिरहेका प्रहरीलाई हातपात गरेपछि  प्रहरीले प...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies